स्थानीय निकायको निर्वाचन सम्पन्न भएर त्यसको परिणाम आइसकको छ । निर्वाचनमा कुन दलले स्थानीय निकायमा आफ्नो वर्चश्व कायम ग¥यो वा कति प्रतिशत मत ल्यायो भन्नु भन्दा पनि निर्वाचतमा जनताका नजरमा मूलधारका हौ भन्ने राजनैतिक दलहरु अस्विकृत हुँदै गएका छन् । स्थानीय निकायको निर्वाचनमा मुलुकभरि ६० प्रतिशतमात्र मतदान भयो । ४० प्रतिशत मतदाा मतदान गर्न गएनन् । मतदानबाट ४० प्रतिशत जनता बाहिर बस्नु हालको लोकतान्त्रिक व्यवस्थाको लागि शुभसंकेत होइन ।
मूलधारका राजनीतिक दल हौँ भन्नेहरुमा आफूल जे गर्दा पनि हुन्छ भन्न उन्माद, आम जनजीविकाको समस्यामा कहिल्यै संवेदनशील नहुने, जनहितमा काम गर्ने भन्दा पनि अपवित्र गठबन्धन गरी सत्ता हत्याउने प्रयासमा मात्र केन्द्रित रहने, करनी र कथनीमा आकाश जमिनको फरक रहने दलका नेता सत्ता र शक्तिको चरम दुरुपयोग गरी लाभका पदमा आफन्त भर्ति गर्ने पवृत्ति जस्ता अनोनेक कारणले मूलधारका राजनैतिक दलहरु स्खलित हुँदै गएका छन् ।
स्थानीय निकायको निर्वाचने यस कुराको पुष्टि गरेको छ । कम मतदान हुनु र केन्द्रबाट उमेद्वार लादिँदा स्वतन्त्र उमेद्वारी दिएका उमेद्वारलाई मतदाताहरुले अत्याधिक मतदान गर्नुले मूलधारका राजनैतिक दलबाट विद्रोह गरी स्थानीय निकायको विभिन्न पदमा उमेद ्वारी दि एकाहरुले अस्वभाविक रुपमा दलका उमेद्वारलाई पराजित गरेका छन् । धरान र काठमाण्डौमा कुनै दलसँगको आवद्धता नदेखिएका उमेद्वारले पटक पटक सत्तामा बसेका राजनेतिक दलका उमेद्वारभ न्दा बढी मत ल्याएर प्रमुखको पद हात पारेका छन् । यी स्वतन्त्र उमेद्वारहरुको न दलका उमेद ्वारको जस्तो ५०÷६० बर्ष अघिदेखिको संगठन थियो, न यिनका कुनै सम्पर्क कार्यालय जिथए न निर्वाचनको अवधिमा निर्वाचन परिचालन समिति गठन गरिएको थियो न दलका उमेद्वाहरुले झै निर्वाचन प्रचार प्रसारमा मतदाता रिझाउन सम्पूर्ण शक्ति खर्चिए । तर पनि मतदाताले यिनलाई महानगर र उपमहानगर पालिकाको प्रमुखमा आशिन गराए ।
यतिमात्र होइन मुलुकैभरि सत्तासीन राजनैतिक दल र प्रमुख प्रतिपक्षले समेत उमेद्वारको सही चयन गर्न नसक्दा उक्त दल छोडेर स्वतन्त्र रुपमा उठेका उमेदरहरुले वडासदस्यदेखि लिएर वडाअध्यक्ष र प्रमुख, उपप्रमुख पदमा विजय हाँसिल गरेका छन् । यस्ता उमेद्वारहरुको संख्या ठूलेै रहेको छ । जनकपुर, डडेलधुरा, नगरपालिकामा काँग्रेसबाट विद्रोह गरी उमेद्वार भएर अत्याधिक वहुमतले विजयी समेत भए । उमेद्वारको टिकटमा यस पटक नेपाली काँग्रेसम सबैभनदा ठूलो त्रुटी भएको छ । स्थानीय परिवेशप्रति पूर्ण रुपले अनविज्ञ केन्द्रीय नेतृत्वले चाकडी, भनसुन, आर्थिक दोहन गरको भरमा टिकट वितरण गर्दा आज जनकपुर, धनगढीलगायतको ठाउँको प्रमुखमा स्वतन्त्रले जितेका छन् । बर्षौदेखि पार्टीमा सक्रिय भएका महाधिवेशनका समयम आन्तरिक प्रतिष्पर्धामा महत्वपूर्ण पद मा बसेकाहरु एकाएक केन्द्रीय नेतृत्वबाट उपेक्षित हुनुपरेपछि उनीहरु विद्रोहमा उत्रन बाध्य भएका थिए । बर्षौदेखि उनीहरुले गरेको मेहनत लगाव स्थानीयलाई गरकेो सहयोग मतदाताले नजिकबाट नियालेका थिए । नेतृत्वले गलत फैसला गरेकोप्रति मतदाताले मनन नगनेै कुरै भएन । फलत ः उनीहरुले दलका कथित उमेद्वारलाई छाडेर स्वतन्त्र, बागीलाई विजयी गराए । स्वतन्त्रमा बागी उमेद्वारको विजयले केन्द्रीय नेतृत्वलाई सच्चिने मौका दिएको हो । अझ पनि केन्द्रीय नेतृत्व नसच्चिने हो भने निकट भविष्यमा हुने प्रदेश र संघीय निर्वाचनमा हरेक ठाउँमा बागी उमेद्वार वा स्वतन्त्र उमेद्वारले उमेद्वारी दिनेछन् ।
