धरान/नेपाल परिवार नियोजन संघ सुनसरी शाखाको आगामी तीनबर्षे कार्यकालका लागि शनिवार श्यामा
रेग्मीलाई निर्विरोध सभापतिमा चयन गर्दै सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघको अनुसूचि १६ बमोजिम यस भन्दा अगावै युवा सदस्यमा मिलन बुढाथोकी, किशोरी युवा सदस्यद्वयमा सविना ढुंगेल र हलिमा खातुन निर्विरोध निर्वाचित हुनुभएको थियो ।
शनिवार भएको निर्वाचनमा पााच जना महिला सदस्यका लागि सात जना र पााचजना पुरुष सदस्यका लागि ११ जनाले चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए । झण्डै चार सय मतदाता रहेको संघको निर्वाचनमा महिला सदस्यतर्फ सन्ध्या श्रेष्ठले २ सय ८६, निर्मला शाक्यले २ सय ६१, निर्मला अधिकारीले २ सय ५४, सरिता लिम्बुले २ सय २१ र सन्जुला बजगाईले २ सय ७ मत प्राप्त गर्नुभएको थियो । यसैगरी पुरुष सदस्यतर्फ विनोद थापाले २ सय ३३, माधवगोविन्द श्रेष्ठले २ सय २०, श्यामकुमार श्रेष्ठले २ सय १६, द्वारिकानाथ श्रेष्ठले २ सय र उत्तम राईले १ सय ६५ मत प्राप्त गर्नुभएको थियो ।
