धरान/विभिन्न तीन सूत्रीय माग राखी कर्मचारी कल्याण समाज तदर्थ समितिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीको कार्यकक्षमा आठ दिनदेखि लगाइएको ताला दुई पक्षबीच भएको वार्तापश्चात आइतबार खुलेको छ ।
केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानभित्र भ्रष्टाचार सम्बन्धी उजुरी परेको भन्दै विभिन्न फााटका कागजपत्र उठाएर लगेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीले अनुसन्धानका लागि केही कागजपत्र उठाएर लगेपछि प्रतिष्ठानका उपकुलपति प्रा.डा. बीपी दाशको हवाला दिादै समाचार आएको भन्दै तदर्थ समितिले चारैजना पदाधिकारीको कार्यकक्षामा तालाबन्दी गरेको थियो ।
तालाबन्दीका कारण प्रतिष्ठानको दैनिक प्रशासनिक कार्यहरु बन्द मात्र भएनन् दलालहरुले प्रतिष्ठानमा आउने विरामीहरुलाई विराटनगरका निजी स्वास्थ्य केन्द्रमा पुर्यााउदा करोडौ घाटा समेत भएको छ । स–साना कुराहरुमा समेत दैनिक प्रशासन र प्रतिष्ठानले उपलब्ध गराउदै आएको सेवा सुविधामै राजनैतिक आडमा प्रतिष्ठानमा बन्द हड्ताल र तालाबन्दी हुने गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको नन्प्राक्टिसिङ्ग कलेज प्रतिष्ठानमा एक बर्ष यता झण्डै चारपटक बन्द हड्ताल र तालाबन्दी भएका छन् । यसैबीच प्रतिष्ठानका पदाधिकारीले आइतबार पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरेका थिए भने तदर्थ समितिसाग धरान स्वतन्त्र समाजले छलफल गरेको थियो । समाजका
संरक्षक विनोदकुमार राई, अध्यक्ष
गौरीशंकर अग्रवाल लगायतसागको छलफलपश्चात तदर्थ समिति ताला खोल्न सहमत भएको थियो ।
सर्वोच्च अदालतले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी गर्न नपाउने भन्दै एक बर्ष अगाडि फैसला गरिसकेको अवस्थामा राजनैतिक आर्शीवाद र बाह्य शक्तिको उक्साहटमा स–साना कुरामा समेत तालाबन्दी र बन्द हड्ताल गर्नेहरुसाग अब कुनै प्रकारको वार्ता नगर्ने मनस्थितिमा रहेको प्रतिष्ठानका पदाधिकारीले आइतबारै पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरेका थिए । सो अवसरमा बोल्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. बीपी दाशले भन्नुभयो, आन्दोलनको एउटा प्रक्रिया हुन्छ । तदर्थ समितिले पदाधिकारीलाई आफ्नो मागका सम्बन्धमा कुनै जानकारी नै नगराई भित्तामा माग टाासी आन्दोलन गरे, ताला बन्दी गरे । यो सरासर गलत हो । प्रतिष्ठानका पूर्व उपकुलपति तथा सभासद शेखर कोइरालाको संयोजकत्वमा बनेको उच्च स्तरीय तलबमान आयोगको रिपोर्ट आफूहरुले समेत हेर्न नपाएको र उक्त रिपोर्ट स्वास्थ्य मन्त्रालयमा थन्किाएको उपकुपति दाशले बताउनुभयो । यहाा स्मरणीय कुरा के छ भने तर्द समितिले २५ प्रतिशत प्रोत्साहन भत्ता, नेपाल सरकारद्वारा बृद्धि भई लागू गरिएको आव ०७०/०७१ को १८ पतिशत र आव ०७१/०७२ को १० प्रतिशत तलब कार्यान्वयन गर्न, उच्च स्तरीय तलवमान आयोगको प्रतिवेदन सार्वजनिक गर्न र भ्रष्टाचारी तथा प्रतिष्ठानको बद्नामी
गराउने उपकुलपति लगायत सम्पूर्ण पदाधिकारीको राजीनामा माग गरेका थिए ।
तदर्थ समितिले राखेका तीनवटै माग आफूहरुले पूरा गर्न नसक्ने उपकुलपति दाशले प्रष्ट पार्नुभएको थियो । आन्दोलन गर्नेले जे माग राखेका छन् त्यो हामी पूरा गर्न सक्दैनौं । तलबमान आयोगको प्रतिवेदनसागै मन्त्रालयले पैसा दिएमा हामी दिन्छौं अन्यथा हामी दिन सक्दैनौं दाशले भन्नुभयो । बारम्बार एउटा समूहले प्रतिष्ठानलाई बन्धक बनाउने काम भएकोमा उहााले आक्रोस पोख्नुभयो । ६ महिनाको अवधिमा गलत काम गर्ने १ सय जना कर्मचारीमाथि कारबाही भएको स्मरण समेत उहााले गराउनुभयो । उहााले थप्नुभयो प्रतिष्ठान आर्थिक रुपमा अब जर्जर छैन । सबै प्रकारको लनबाट हामी मुक्त भएका छौं । यसै सम्बन्धमा तदर्थ समितिका संयोजक राजन कोइरालासाग सम्पर्क राख्दा उहाले भन्नुभयो, हालसम्मको उपलब्धी नै गुम्ला जस्तो भएर नै हामीले ताला खोलेका हौें । हाम्रो एक जना मानिस तलबमान आयोगको प्रतिवेदन हेर्न काठमाण्डौ जाने सहमति भए बमोसजिम हामीले एक जना मानिस काठमाण्डौ पठाइसकेका छौं । उहाले स्विकार्नुभयो पदाधिकारीको राजीनामा माग्ने अधिकार हाम्रो हैन र छैन पनि ।
