बेकामे सरकार र नालायक दलका नेताहरु आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर अनावश्यक ढंगले अरुका टिकाटिप्पणी गर्नमै व्यस्त भएका छन् ।
भर्खरैमात्र युरोपियन युनियनले नेपालमा दोस्रो संविधानभाबाट पनि संविधान बन्न नसक्ने निष्कर्षमा पुगेका छन् । एसिया मामिला हेर्ने प्रतिनिधि मण्डलले सभामुख सुभाष नेम्बाङ्गसागको भेटमा अब नेपालमा तेस्रो संविानसभाको निर्वाचन सम्भव छ कि छैन ? दोस्रो संविधानसभाबाट संविधान बन्न सक्ने देखिएन भनेर जिज्ञासा राखेका थिए । प्रत्युत्तरमा सभामुख नेम्बाङ्गले तेस्रो संविधानसभाको निर्वाचन हुनै सक्दैन । यो कल्पनाभन्दा पनि बाहिरको कुरा हो भनेका थिए ।
विगतमा पनि युरोपियन युनियन र विदेशीहरुले यस्तै प्रकारका जिज्ञासा राखेका थिए । पहिलो निर्वाचनको समय सीमा दुई बर्षको थियो । दुई बर्षमा हामी नेपालमा नयाा संविधान जारी गर्छै भनेर दलका नेताहरुले सानो डिङ्ग हााकेका थिएनन् । दुई बर्षमा त संविधान दिएनन दिएनन् अझ दुई बर्ष आफू खुशी समय थप्दा पनि संविधान जारी गर्न सकेनन् । अहिले दोस्रो संविधान सभाको अवस्था पनि पहिलो संविधानसभाको भन्दा फरक छैन । पहिलो संविधानसभामा दलहरुबीच जुन जुन कुरामा विमति भयो आज पनि तिनै कुरामा विमति छ । जसका कारण संविधान बन्ने कुनै आधार तयार भएकै छैन । यी यावत कुराको सुक्ष्म अधययन गरेर बसेका देशी तथा विदेशीहरुकै प्रश्न त युरोपेली युनियनले गरेका हुन् । त्यसभन्दा बाहिर उनीहरु गएकै
छैनन् ।
युरोपियन युनियनको यही जिज्ञासाप्रति प्रधानमन्त्री सुशिल कोइराला, एमालेका केही नेताहरु निर्लज्जतापूर्वक हाम्रो आन्तरिक मामालमा अरुले बोल्न जरुरी छैन, तेस्रो संविधानसभाको कुरा किन गरेको भन्न थालेका छन् । युनियनले जे देख्या त्यही कुरा गर्यो । हुति भए त पहिले संविधानसभबाट संविधान बनाई हाल्थे नि । अरुले भन्दा जिस्क्याएको सम्झने, लाज हुने हो भने आफैले कमिटमेन्ट गरेको कुरा किन पूरा गर्न सक्दैनन् । युरोपियन युनियन मात्र हैन साह्रा नेपालीहरु यतिबेला भन्न थालेका छन् यिनले संविधानसभाबाट कहिल्यै संविधान बनाउादैनन् । कोइरालासाग भएको युरोपियन युनियनको भेटमा कोइरालाले समेत सभामुख नेम्बाङ्गको जस्तै जवाफ दिएका थिए तेस्रो संविधानसभाको निर्वाचनको कल्पना नगरे हुन्छ । हुन त दोस्रो संविधानसभाको समेत कल्पना कसैले गरेका थिएनन् । तर भयो गरे । अब तेस्रो संविधानसभाको समेत कल्पना कसैले नगर्नेै हैन त्यो हुन्छ ।
सहमति, सहकार्य, अधिक्तम सहमति प्रक्रियाजस्ता नेताहरुको भाषणमा सुुनिने शब्दले नेपालीहरुको कान टट्याए जस्तै युरोपियन युनियनको समेत कान टट्याएको हुनुपर्छ । युरोपियन युनियनले यसो भन्यो र उसो भन्यो भनेर वित्थामा गफ गर्नु, भाषण गर्नु भन्दा संविधान लेख्न जुट्नु पर्दैन । संविधान लेख्न छाडेर भ्रष्टाचारमा लिप्त हुने, माफियाहरुको संरक्षण गर्ने, जनहित विपरीतका काम गर्ने, भएका संघ संस्थाहरुलाई कमिशनको मोहमा निजीकरण गर्ने, कार्यकर्ताको नाममा हत्याराहरुलाई छुटाउने, विभिन्न वहानामा राज्यको ढुकुटी
रित्याएर विदेश भ्रमण जाने, आफन्तहरुलाई आकर्षक स्थानमा
नोकरी लगाउने, जस्ता कार्यमा मात्र सरकार अल्झिएको छ । संविधानसभाको वैठक महिनौसम्म बस्न सक्दैन, यहााभन्दा घटिया चरित्र अरु के हुन सक्छ ? अनि यसै संविधानसभाले संविधान बनाउछ भन्ने के ग्यारेन्टी ? त्यसै युुरोपियन युनियनले तेस्रो संविधानसभाको कुरा गरेका हैनन ।
