धरान । धरान उपमहनगरपालिका वडा न. ६ मा स्वतन्त्र उमेद्वार भुपेन्द्र भट्टराई आफ्ना प्रतिद्वन्द्वी गठबन्धन र एमाले भन्दा पाँच सय भन्दा बढी मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुनुभएका छ ।
लामो समयदेखि वडामा बसी नेपाली काँग्रेसको संगठन गर्दै आउनु भएको थियो । नेपाली काँगेस वडा समितिको सभापति समेत रहनु भएका भट्टराईलाई पार्टीले पूर्वाग्रह राखी टिकट नदिएपछि उहाँले वडाध्यक्षमा स्वतन्त्र उमेद्वारी दिनु भएको थियो । पाँच दलीय गठबन्धन र एमालेलाई फराकिलो मतान्तरले पराजित गर्नुभएका भट्टराईको जितले पार्टीमा टिकट वितरणमा कतिसम्म जालझेल र आर्थिक अपचलन भएको रहेछ भन्ने कुराको समेत पुष्टि गरेको छ ।

धारा चुनाव चिन्ह लिएर पाँच दलीय गठबन्धन र एमालेसँग प्रतिष्पर्धामा उत्रनु भएका भट्टराईले १६०२ मत ल्याउनु भएको थियो भने पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका प्रत्यासी भुपाल राईले २४४ मत र एमालेका हरि राईले ११९२ मत ल्याउनु भएको थियो । भट्टराईको विजयपश्चात वडा नं. ६ का सम्पूर्ण स्थानीयबासी उत्साहित भएका छन् । उनीहरुले भट्टराईको भव्य स्वागत गर्दै आफूहरुले विकासप्रेमी र जुझारु युवालाई जनप्रतिनिधि बनाएको बताएका छन् ।
