धरानमा तीस बर्षको लालकिल्ला भत्कियो

धरान । धरान उपमहानगरालिका वडा नं. ३ जहान् कम्युनिस्टहरुले कुनै न कुनै रुपमा निर्वाचनमा आफ्नो एकलौटी वर्चस्व कायम गर्दै आएका थिए तर यसपटक भने तासको घर झै गल्र्यामगुर्लुम ढलेको छ ।
कम्युनिस्टको होनेहार नेता विकेटी, कलाकार जेवी टुहुरे, राम चा ,मोति ताम्राकार जस्ता कम्युनिस्टका द्विग्गज नेताहरु जन्माएको उक्त वडामा यसपटक नेपाली काँग्रेसले प्यानलसहित शानदार जित निकालेको छ । नेपाली काँग्रेसका तर्फबाट प्रत्यासी बन्नुभएका विद्याकुमार शाक्य सहित महिला सदस्य उषा लिम्बु, दलित महिला सदस्य शोभा विश्वकर्मा, खुल्ला सदस्य मनिष खड्की र अर्का खुल्ला सदस्य मिङ्मा भोटेले प्रतिद्वन्द्वीका रुपमा रहेका एमालेका प्रत्यासीलाई फराकिलो अन्तरले पराजित गर्नुभएको थियो ।


धरान उपमहानगरपालिका वडा नं. ३ नेपाली काँगे्रसले जित्ने कुरामा स्वयम स्थानीय नेतृत्वले समेत संशय व्यक्त गर्दै आएको थियो । नेपाली काँग्रेस वडा नं. ३ कार्यसमिति सभापति उमेश श्रेष्ठ लगायतको टोली प्रारम्भमै वडा नं. ३ मा नेपाली काँग्रेको झण्डा गाड्ने प्रण गर्नुुभएको थियो । अन्तत ः चुनावी परिणाम समेत सबैले आंकलन गरेभन्दा फरक आयो । यसै सम्बन्धमा वडा कार्यसमितिका सभापति श्रेष्ठले भन्नुभयो म लगयत मेरो टिमले एक महिनासम्म कडा परिश्रम ग¥यौ । बर्षौदेखिे वामपन्थीले वर्चस्व राखे पनि विकासको दृष्टिले सबैभन्दा पछि परेको, काँग्रेस निर्वाचित भएमा वडाको समग्र विकासका पूर्वाधारले गति लिने मतदातासँग गरेको प्रण र सांगठनिक सुदृढीकरणका कारण यसपटक वडा नं. ३ मा काँग्रेसले बाजी मारेको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया