धरान । वैसाख ३० गते हुने धरान उपमहनगरपालिकाको वडा नं. १ र १४ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यासी बनेका लोकप्रिय युवाद्वय रोशन अधिकारी र कृष्णप्रसाद भट्टराई मतदाताको पहिलो रोजाइमा देखिएका छन् ।
वि.सं. २०७४ सालको स्थानीय निकाय अन्तर्गत भएको पहिलो निर्वाचनमा अधिकारी र भट्टराई नेपाली काँग्रेसको तर्फबाट प्रत्यासी भई अत्याधिक वहुमतले विजयी भएका थिए । राज्यले प्रदान गर्ने कुनै प्रकारको सेवा सुविधा नलिई वडाबासीको हितमा समर्पित अधिकारी र भट्टराईलाई यसपटक नेपाली काँगेसले राम्रालाई भन्दा हाम्रालाई उमेद्वार बनाएपछि दुवै युवाहरुले नेपाली काँग्रेस परित्याग गरी राप्रपाबाट उमेद्वारी दिएका हुन् ।

अन्य दलबाट उमेद्वार बनेकाहरु युवाद्वयको उमेद्वारी मतदाता बीचमा फिक्का देखिएका छन् । वडामा भएका चुनावी गतिविधिमा लामो समयदेखि कुनै न कुनै दललाई मतदान गदै आएकाहरु स्वस्फूर्त रुपमा अधिकारी र भट्टराईको पक्षमा खुलेर हिडेका छन् । घरदैलो, कोणसभा, वडाका जुलुसहरुमा वडाबासीको अत्याधिक सहभागिताले उनीहरुको जित सुनिश्चित देखिएको छ । निर्वाचनको पूर्व सन्ध्यामा वैसाख २६ गते अधिकारीले वडा नं. १ मा आयोजना गरेको जुलुस र वडा नं. १४ मा भट्टराईले आयोजना गरेको जुलुससँगै कोणसभामा हजारौ वडाबासीहरुको सहभागिताले उनीहरुको विजय सुनिश्चित भएको नेपाली काँग्रेस वडा नं. १४ का सक्रिय कार्यकर्ता पञ्कज घिमिरेको प्रतिक्रिया छ ।
यता वडा न.ं १ का नेपाली काँग्रेसका क्रियाशील सदस्य विभिषण साहको प्रतिक्रिया पनि घिमिरेको भन्दा पृथक छैन । उहाँ भन्नुहुन्छ काँग्रेसको स्थानीय नेतृत्वले टिकट वितरणमा पूर्वाग्रह राख्दा वडा न. १ मा अब अधिकारीको विजयलाई कसैले रोक्न सक्दैन । म लगायत सैयौ साथीहरु अधिकारीलाई जिताउन खुलेर लागेको उहाँले बताउनुभयो । विगतमा पनि अधिकारीले अत्याधिक मतले जित्नु भएको थियो । विकास निर्माणदेखि लिएर विपन्न परिवारको आफ्नै खर्चले स्वास्थ्य वीमा गर्ने, डेंगो र कोभिडको महामारीका समयमा आपैm औषधि छर्केर हिँडने, घर घरमा औषधि खाद्यान्न पु¥याउने, अति विरामीलाई अस्पताल पु¥याउने जस्ता दर्जनौ कामले अधिकारी वडा नं १ का मतदाताका मनमा बसेका छन् साहले भन्नुभयो । नेपाली काँगेसले अधिकारीलाई प्रत्यासी नबनाएपछि प्रभावशाली युवाहरु मदन ढकाल, नविन रेग्मी लगायतका दर्जनौ युवाहरु निस्कृय बस्नुले पनि अधिकारीको विजय सुनिश्चित देखिएको राम औतार शर्मा बताउनुहुन्छ ।
उता वडा नं. १४ का नेपाली काँग्रेसका क्रियाशील कार्यकर्ता प्रेम खत्रीले त दन्तकाली चाँैकमा आयोजित वृहत कोणसभाको सभापतित्व नै ग्रहण गर्नुभयो । उहाँले भन्नुभयो राप्रपाबाट प्रत्यासी बन्नु भएका कृष्णपसाद भट्टराइको चुनावी माहोल अत्यन्तै राम्रो छ । उहाँले ठोकुवा गर्नुभयो भट्टराईले एक हजार भन्दा बढी मतले चुनाव जित्छन् । सोमबारको ¥याली र कोणसाभमा आउनेलाई नेपाली काँग्रेस र एमालेले बीचबीचमा छेक्दाछेक्दै रोक्दारोक्दै हजारौ वडाबासी स्वस्फूर्त रुपमा भट्टराईको पक्षमा नारा जुलुस गर्दै सहभागी भएका थिए । यसैगरी नेपाली काँग्रेसका क्रियाशील सदस्य पञ्कज घिमिरेले भन्नुभयो कोणसभामा १ सय ५० वटा टेम्पो, सैयौ मोटर साइकलमा मानिस आएका थिए । पैदल आउनेको संख्या पनि त्यतिकै थियो । उहाँले भन्नुभयो जुलुस र कोणसभामा आएका भन्दा चार गुणा बढी घरमै बसेकाहरुले भट्टराईलाई मतदान गर्छन् ।
धरान १४ का मतदाताहरु कृष्णप्रसाद भट्टराईप्रति आकर्षित हुनुको प्रमुख कारण उहाँले पाँच बर्षको अवधिमा विजयपुरमा गरेका विकास निर्माण र स्थानीयलाई गरेको हर प्रकारको सहयोग नै हो, घिमिरे भन्नुहुन्छ । उहाँका अनुसार कोरोना कालमा ज्यानको प्रर्वाह नगरी प्रत्येक घर घरमा गएर दवाई, पानी, अक्सिजन, अक्सिमिटर दिने, मैले के सहयोग गर्नुपर्छ भनेर सोध्ने गरेको काम वडाबासीले बिर्सिएका छैनन् । विजयपुरमा पानीको अभाव छ उहाँले निजी पानीको स्रोतको व्यवस्था गरिसक्नु भएको छ, राति १२ बजे कोही विरामी भएमा हस्पिटल लाने, आइसियुको व्यवस्था गरिदिने, औषधिका लागि आफै खर्च उपलब्ध गराइदिने गरेको वडाबासीले भुलेका छैनन्, घिमिरे भन्नुुहुन्छ । उहाँले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरिसक्नु भएको छ । जसमा विजयपुरका एक सय परिवारलाइ प्रत्येक बर्ष निःशुल्क स्वास्थ्य विमा गरिदिने, वडाका गरिबलाई स्वरोजगार दिलाउन आफ्नै लगानीमा १० लाखको मूलपूँजी राखेर विना व्याज डोको बाकेर गुजरा गर्नेहरुलाई रकम उपलब्ध गराउने, महिलाहरुलाई सीपमुलक तालिम, युवाहरुलाई स्वरोजगारमा संलग्न गराउन मोवाइल बनाउने, ड्राइभिङ तालिम, गृल तालिम जुन युवाहरुको रोजाइमा पर्छ त्यसको तालिम दिने, दन्तकाली माविमा प्राविधिक शिक्षाको शुरुवात गर्ने, सँस्कृत माविको स्तरोन्नति गर्ने प्रतिबद्धता गर्नुभएकैले मतदाताहरु भट्टराई जिताउ अभियानमा लागेको घिमिरेको कथन छ ।
