घण्टाघरबाट हेर्दा

पोथी बास्दा चिलिम
पोथी बास्दा अलञ्छिन लाग्छ भनेर हाम्रा गामघरतिर त्यसै भन्या होइन रै’छ । बास्ने काम भालेको हो । पोीले त कोरको¥याउने मात्र हो । भालेको आवरणमा पेथी बास्न थलेपछि यतिबेला वाल्वाटारे मुखियाको गाम त्यसमा पनि आफनै वडामा घोर अलछिनी लाग्या छ । भाले हुँदाहुँदे चुनावकै बेलामा किन जान्ने पल्टिर मुखिनी आमै बास्न पुग्या हुन् ? तित्राको आवाज जस्तो थुतुनो जथाभावि नचलाइदिएको भए मुखिया बाको नाक काटिने त थिन । पाथेीका कारण भालेले इज्जतै गुमाउनु त राम्रो हैन । कुन मुखले अब आफनो घर जानु मुखिया बाले । काँग्रेसले हा¥यो भने हारेका ठाममा बजेटै पठाउदिन, फ्रि भिसा र फ्रि टिकटमा रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनेर मुखिनी आमैले बासेपछि चौपट्टै भयो ।हैन है देशको बजेट मुखिनीको माइतीबाट पेवामा ल्याएको हो कि क्या हो ? तिन्ले मनलाग्दा दिने मन नलाग्दा नदिने ? फेरि बुढेसकालमा मुखिया बाँको बुद्धिले पनि काम नगरेकै हो कि मुखिनीको ग्रायन्ड डिजाइन हो ? कण मल जस्ता सिपाहीको हुर्मत लिएपति थप अलच्छिनी नलागेर अथोक के हुन्छ ?


बागीले हुर्मतै लिए
आफूलाई यो दशेको बडेमानको साँढे सम्झने राजनैतिक दलका सत्तासीन नेताहरु स्थानीय निकायको निर्वाचनमा खडा भएका बागी उमेदरका अघिल्तिर स्खलित भएका छन । जता जाउ बागी हाइहाई । अझ अपवित्र गठबन्धनकाट गर्भाधान भएरु जन्मिएकाहरुको देशैभरि रोइलो मच्चिएको छ । जनकपुर जाउ बागी नै हाइहाई, धुलिखेल गयो बागी नै हाइहाइ धनगढी गउो बागी नै हाइहाई भएपनि साँढहरुमा छट्पटाहट शुरु भएका छ । ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु भनेझै भोक, प्यास, निन्द्र घाम पानी नभनी सगठन गने एएटा अनि वाल्वाटारको अँध्यारो कोटामा बसेर कोटा सिस्टम लागू गरेपपछि बागी मेमेद्वारको लर्को लाग्ने नै भयो । अहिले अएर छाती पिटेर भुत्रो हुन्छ ? अब देशैभरिका बागी र स्वतन्त्र उमेदवारले बागी पार्टी ोले साँड राजनैतिक दलका ैरेहरुको पत्ता साफ हुने निश्चित छ । बागीवालाहरुले यतितिर ध्यान दिन हो कि ?
लठ्ठीको कमाल
लठ्ठी भन्या लठ्ठी नै हो । लठ्ठीले कसैका पिँधमा सुम्लो पनि उठाउँछ अशक्तहरुलाई टेवा पनि पु¥याउँछ । अझ भनौ लठ्ठीको महिमा अपम्परा छ । निर्वाचन आयोगले लठ्ठीलाई स्वतन्त्र उमेद्वारका लागि चुनावचिन्ह बनाएर बेसै गरेछ । मुलुकभरि यतिबेला लठ्ठी चुनाव चिन्ह भएकाहरु चम्किएका छन । काठमाण्डौमा बालेन साह, धरानमा हर्क साम्पाङ लठ्ठीकै कारण चक्केका हुन् । आफूलाई तीसमार खाँ सम्झने न थुतुनोको टुंगो छ न त्यो खै के जातिको टुंगो छ भनेझैका झालेमालेका केशव स्थापित, नाममात्रकी सिर्जना सिहहरु यतिबेला लठ्ठीको चोट सहन नसकेर कोलाहल मच्चाइरहेका छन् । लठ्ठीका अगाडि कसैको केही गररी चदैन । जे होस् लठ्ठी भन्या लठ्ठी नै हो ।
माकुनेको हरिविजोग
पुतली जुँगे एस पार्टीैका अध्येक्षे माकुनेको जताततै अपमानै अपमान हुन थाल्या छ । आफ्नै गाउँदेखि देशैभरि अपमानै अपमान सहेर यतिबेला माकुने बाँच्न बाध्य छन । वाल्वाटरे काजीलाई धाक, धम्की, रोइ कराई गरेर देशका विभिन्न ठाममा उमेद्वारी त लिए तर क्यार्नु बोकाको मुखमा कुभिन्डो भनेझै । तिनका न संगठन छ न कार्जेकर्ता छन् । गठबधनबाट माकुनेको पार्टीबाट उठेकाहरु जहाँतहीँ हण्डर खाएर पछारिदै छन् । चारतैतिर आफ्ना पछारिएपछि विचाराको छाती कति भत्भत्ती पोल्या होला ? मनको वह सकैलाई नकह भनेझै यतिबेला बोल्नै छाडेका छन् । कोटेशवरतिर डलो परेर बया छन् रे । अब बाकुने र तिनका अवैध सन्ताले राजनीतिमा डल्लो नै पर्ने हो । तंग्रिने छाँटकट कतै छैन । सिद्धिएउ माकुने आफ्नै ढंगले भन्या यही हो ।
बाउरामको हरिविजोग
दल बदलुमा सर्वाधिक चर्चित पूर्व जनमोर्चा, पूर्व माउवादी, पूर्व नयाँ शक्ति र हाल जसपाका नेता बाउरामको यतबेला हरिविजोग भएको छ । दलबदलुमा त बाउरामले छलाङ्गै मारेका छन् । जसपामा भित्रिएपछि के के न लछारपाटो लगाउँला झै गरेर मच्चिएका विचरा यबिेला थच्चिएका छन् । किन न नथिच्उन त ? ोरखाको पालुङ्गटारमा गठबन्धनबाट आफ्ना मान्छेलाई उमेद्वार बनाएका थिए । तर तिन्नका आफन्त नराम्रोसँग चिप्लिएपछि विचाराको हरिजिोग भा’छ । आफनो जिलको आफ्नै गाउँ समेत जिताउन नसकेसी आगामी संसदको चुनाउमा बाउराम चिप्लिने खड्गो देखिएको छ । आफूलई राष्टिय स्तरको नेता भनाउने तर गाउँमै जिताउन नसकेसी वातै खलास भैगयो नि । अब बाउराम के गर्दा हुन् ? पक्कै तिनले दल बदल्छन् । बर्मा गए नि कर्मसँगै भनेझै जता छिरे नी अब तिन्को केही गरी चल्ला जस्तो छैन ।
धुलिखेलमा गठबन्धन धुलो
पाँच दलीय गठबन्धन माने पञ्चधातुले धुलिखेलमा इज्जतै जोगाउनसकेन । गठबन्धनको भागमा परेको माकुन्याउ तर्फका उमेद्वारे यति साह«ो व्यइजत होला भन्ने कुरा सपनामा पनि सोच्या थिएनन् । माकुन्याउको भागमा परेको धुलिखेल नगरपालकाका मेयरका प्रत्यासी दयासागर श्रेष्ठ उत्तानोेटाङ लगाएर पछारिरएका छन् । यति साह«ो पछारिएका त ती कहिल्यै थिएनन् होला । हजारौ मत गणना गर्दा जाबो सौ सम्म कटाउन नसक्नु ेलाजमर्दो हो । कँग्रेसका स्वतन्त्र उमेद्वार विदुर बस्नेत धुलिखेलबासीका हाइहाई भएका छन् । उनले ल्याएको मत देख्दा वाल्वाटारे मुखिालाई नकाम गरिएछ भनेर थकथक लाग्न थाल्या छ । गु र गोवर चिन्न नसक्ने ल्याकत भएका मुखियाबाले अब भुत्भुताउनुबाहेक के रहयो र ? माकुने र प्रचण्डाउको मया जालमा परेका मुखियाको दिनगन्ती शुरु भए जस्तो छ ।
अन्तेमा
काठमणै महानगरालिकामा झालेमालेका केशव स्थापित विस्थापित हुने पक्का भएका छ । वडो फूर्ति र घमण्ड गर्थे । त्यो बालेन साह भन्या मधेशी हो, त्यसलाई काठमाण्डौ थाहै छैन जित्ने त मैले नै हो । अखिरी वालेनले तिन्का पिँधमा बत्ती बालिदिएको ह। मान्छे धेरै उम्लिनु हुँदैन भन्ने कुरा स्थाििपतले बुझैकै रहेनछन् । जता mर्कियो बालेन साह । युवाको मुखमा बालेन साह । वृद्धवृद्धाको मुखमा बालेन साह । तीस बर्ष अगाडि मेयर भएको धङधङ्ती अझै रहेछ स्थापितमा । तीस बर्षमा बागमतिमा धेरै पानी बगिसकेको छ भन्ने कुरा त स्थापितले बुझ्नु पर्ने थियो । थुतुनोमा जे मनलायो त्यही पालेको छ हाँ र हुँ गरेको छ । पदेशसभाबाट राजीनामा दिएर मेयरमा खडा भएका थिए । प्रदेश सांसदबाट पनि विस्थापित, मेयरबा पनि विस्थापित । अब स्थापित के गर्लान् ? भैरवनाथ नान पोख्त छन् क्यारे अब त्यही नाच्ने बस्ने । कि कसो हौ ?

तपाईको प्रतिक्रिया