लोकतान्त्रिक वाम गठबन्धनको प्रतिबद्धतापत्र

आदरणीय धरानवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु,
संघीय गणतान्त्रिक नेपालको संविधान कार्यान्वयनपछि जनताको घरआँगनमा सिंहदरवारको अधिकार पु¥याइ त्यसको पहिलो परीक्षण सफलतापूर्वक सम्पन्न भई दोस्रो कार्यकालका लागि यही २०७९ साल बैशाख ३० गते स्थानीय तहको निर्वाचन हँुदैछ । गठबन्धनमा सहभागी दलहरूकै अगुवाइमा नगरपालिकामा सीमित धरानलाई उपमहानगरपालिका बनाउने प्रस्ताव र त्यसपछि अधिकार सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् सिंंहदरवारमा केन्द्रित अधिकारलाई जनताको पहुँचमा ल्याई त्यसको परीक्षणको एक चरण पूरा भएको छ । जनताका यस्ता धेरै अधिकारको निर्वाध उपयोग गर्न पाउनु नेपाली आमाका सयौँ वीर सपुतहरूको बलिदानको उपज हो । गठबन्धनमा आबद्ध दलहरूका पटक पटकका वाचा र जनताका समस्याको समाधान गर्ने प्रतिवद्धता अनुरूप धराने जनतालाई खानेपानी समस्या समाधान गर्न गरेका कवुलहरू र प्रतिबद्धताहरू केही हदसम्म पुरा भएपनि प्राविधिक व्यवस्थापनमा ढिला भएकाले अपेक्षाकृत रूपमा खानेपानी समस्याको पूर्ण समाधान भइसकेको छैन । तर कार्यान्वयनको चरणमा रहँदा देखिएका केही समस्याको समाधानपछि यसको सफल कार्यान्वयनको अर्को चरणमा हामी छिट्टै जानेछौँ । हिजो खानेपानी अभावले काकाकुल बनी मृत सहर बन्न आँटेको धरानलाई जीवनको आशा भर्न सफल भएका छौ । पर्यटनका पर्याप्त संभावना रहेको, खेलकुदको तिव्र विकासमा सहयोगी सहर धरानमा एउटा राष्ट्रिय स्तरको रंगशाला निर्वाधिन अवस्थामा छ । अझै पनि यहाँका जनताका सयौं आवश्यकताको समाधान हुन सकिरहेको छैन । देशभरका नगरपालिकाहरू मध्ये पुराना नगरहरूको सूचीमा रहेको यो ऐतिहासिक नगरीलाई देशका अन्य ठुला नगरहरूको दाँजोमा लान सकिएको छैन । जनताका सयौं आवश्यकता धरानको उचित गन्तव्य तय गर्ने बिषयमा केही ढिलाइ भइरहेको अवस्थामा गठबन्धनमा आवद्ध दलको नेतृत्वमा अल्पकालीन कार्यकाल समापन हुँदा जनताका धेरै इच्छा आकाङ्क्षा पूरा हुन सकिरहेको छैन । पाँच दलीय संयुक्त गठबन्धनको नेतृत्वमा जारी समृद्ध धरान निर्माणको अभियानलाई पूरा गर्न दृढ प्रतिबद्धतासहित धरान उपमहानगरपालिका गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट नगर प्रमुख पदमा नेपाली काँग्रेसका किशोर राई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम वेघा नेतृत्वमा सवै वडामा वडाको आवश्यकताका आधारमा उम्मेद्वार घोषणा गर्दै समृद्ध धरान स्थापना गर्ने लक्ष्यसहित निम्नअनुसार प्रतिबद्धता सार्वजनिक गर्दछौँ ।
हाम्रो दूरदृष्टी ः समुन्नत धरान

कार्यक्रम ः
 शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, व्यापारिक, पुर्वाधार, बहुसाँस्कृतिक, आवासीय
सुन्दर एवम् समृद्ध शहरका रूपमा विकास गरिने ।
 धरान उपमहानगरपालिकाबाट नगरवासीलाई सबै सेवाहरू चौबीस घण्टाभित्र
प्रदान गर्ने वातावरणको सुनिश्चिता गरिने ।
 स्थानीय तहको एकल अधिकार पूर्ण उपयोग गरी नगरवासीलाई अधिकतम सेवा
स्थानीय तहबाटै प्रदान गरिने ।

क. दीर्घकालिन योजनाहरू
 धरानलाई महानगर बनाउन पहल गरिनेछ ।
 राज्यको सबै सेवा तथा सुविधा जनतालाई सम्भव भएसम्म वडातहबाटै उपलब्ध गराइनेछ ।
 धरानको विकासलाई व्यवस्थित गर्न धरानभित्र तथा बाहिर रहेका विभिन्न विधाका
दक्ष जनशक्तिलाई धरान विकासको नीति निर्माण गर्ने कार्यमा सहयोग गर्न नीति
तथा अनुसन्धान केन्द्र स्थापना गरी धरान विकासको मोडालिटी तयार पारी
राष्टिूय अन्तराष्ट्रिय रूपमा यस्ता अभ्यासहरूको अध्ययन गरी सोहीअनुरूप नीति
बनाइनेछ । विभिन्न बिषयका विद्वानहरूलाई धरानको विकासमा प्रत्यक्ष सहभागी
गराइनेछ । धरानको विकास र समृद्धीका लागि नीति तथा योजना निर्माणमा
संलग्न गरिनेछ ।
 धरानका ठुला विकासका आयोजनाहरूलाई नगर गौरवको आयोजनाका रूपमा
घोषणा गरिनेछ । यसका लागि आवश्यक बजेट तथा प्राविधिक सहयोग विभिन्न
राष्ट्रिय तथा अन्तराष्टिूय दातृ निकायहरूको सहयोग जुटाइनेछ ।
 धरानलाई उत्तर दक्षिण तथा पूर्व पश्चिमको केन्द्र (टूान्जीट प्वाइन्ट)का रूपमा
विकास गरिनेछ ।
 धरानलाई भाषिक साूस्कृतिक शहरका रूपमा विकास गरिनेछ ।
 धरानलाई भ्रष्टचाररहित नगरका रूपमा विकास गरिनेछ ।
 धरानलाई मिडिया तथा आईटीको १ नं. प्रदेशको केन्द्रीय हवका रूपमा विकास गरिनेछ ।
 धरानलाई शैक्षिक, स्वास्थ्य, खेलकुद, पर्यटन एवं आवासीय शहरका रूपमा
विकास गरिनेछ ।

ख. धरानको विकास लक्ष्य प्राप्त गर्न रणनैतिक योजनाहरू
 सङ्घीय तथा प्रदेश सरकार साथै छिमेकी नगरपालिकाहरूसँग समन्वय गरी
जोगवनी–विराटनगर–धरान–किमाथाङका सडक छिटो सम्पन्न गर्न पहल गरिनेछ ।
 धरान–मुलघाट–तमोर करिडोर हुदै ओलाङचुङगोला सडक सम्पन्न गर्न विशेष
पहल गरिनेछ । धरान–लेउती सुरुङ्गमार्ग निर्माणको लागि पहल गरिनेछ ।
 धरान–चतरा–हेटौडा मेचि–महाकाली चुरे राजमार्ग सडकलाई छिटो सम्पन्न गर्न
पहल गरिनेछ ।
 धरान–भेडेटार–रवी सडकको निमार्णका लागि छिटो पहल गरिनेछ ।
 धरान–विष्णुपादुका–आहाले–छिन्ताङ–घोडेटार सडकलाई विषेश पहल गरिनेछ ।

ग. भौतिक पूर्वाधार विकास
 धरानको भौतिक पूर्वाधार विकासको गुरूयोजना बनाइनेछ ।
 धरानको गौरवको योजना मानिएको धरान विमानस्थल स्विकृती प्राप्त भइसकेको र
यसका लागि उचित व्यवस्थापन गरी तत्काल निर्माण कार्य अगाडि बढाउन पहल गरिने
छ । नगरका गौरवका आयोजनाहरूको छनौट सार्वजनिक सूुनुवाई मार्फत् गरिनेछ ।
 नगर क्षेत्रमा निर्माण हुने भवन लगायतका संरचनाहरूको उपयुक्त र विकसित
निर्माण संहिता बनाई सो कार्यान्वयन गरिनेछ ।

तटबन्ध ः
 धरानको सर्दू तथा सेउती खोलामा तटबन्धन बनाई वैकल्पिक सडक निर्माण गरिनेछ ।
 नगर क्षेत्रभित्र रहेका सेरा,अँधेरी, कोकाहा, पखेरा, सनीबोटे, बसन्त खोला, पट्नाली
लगायतका सानातिना खहरे खोलाहरूमा समेत तटबन्धन निर्माण गरी यसमा
पर्यटक आवागमनका लागि पूर्वाधारको विकास गरिनेछ ।
 अँधेरी खोला किसान चोक–ठिंगावारी, देउराली–खैरनी, शेरा खोलाको ठिंगाबारी–
राजारानी, साउने लामिछाने सतीघाट, कोकाहा–भञ्ज्याङ, बिष्णुपादुका मन्दिर,
खैरेनी–पटनाली, जोरसखुवा, शिवजट्टा, शिवधारा खाकरडाँडा, खारखोला,
सुपाने खोला, देवीखोला, श्यामचोक देउराली, आधारभूत देउराली लगायतका
स्थानमा पक्की पूल निर्माण गरिनेछ ।

सडक ः
 धरान १,२,३,५,६,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९ का सम्पूर्ण बाँकी
सडकहरूमा कालोपत्रे गरिनेछ । साथै व्यवस्थित ड्रेनको समेत व्यवस्था गरिनेछ ।
 ४ र २० नं. वडाका मुख्य सडकहरू कालोपत्रे गरिनेछ । अन्य ठाउँहरूमा ट्रयाक
खोलिनेछ ।
 मंगलबारे–सर्दू–भञ्ज्याङ सडकलाई नगर गौरवको आयोजनाको रुपमा राखी यसै
आर्थिक वर्षदेखि कालोपत्रेको काम शुरू गरिनेछ ।

लिङक रोड ः
 देवीगाउ–हर्दिया–कन्या पोखरी कालोपत्रे गरी यसलाई मध्य पहाडी सडकको लिङक
रोडका रूपमा विकास गरिनेछ ।
 धरानको मंगलबारे–विष्णुपादुका–आहाले सडक निर्माण गरिनेछ । देवीमार्ग–चिण्डेडाँडा–
भञ्ज्याङ्ग–चतरा बाटो कालोपत्रे गरिनेछ ।
 धरान–विष्णुपादुका–सूर्यकुण्ड–बराहक्षेत्र सडक बनाइनेछ । धरान–महादेवचोक–
देउराली–चोक्टीको वांकी भाग सडक कालोपत्रे गरिनेछ ।
 धरान १९ देखि बक्लौरी, धरान १७ उदय वन भरौल,पानवारी–इटहरी, सुलीकोट–
धारापानी, श्रीगाउँ याङशिला, ठिंङगाबारी, याङशिला केराबारी, लिङ्क रोड बनाइनेछ ।
 धरान १७ बराहक्षेत्रको महेन्द्रनगर जोडने रणनैतिक सडक निर्माण कार्य तत्काल
शुरू गरी दुई बर्ष भित्र सञ्चालनमा ल्याउन दवाव दिइनेछ ।बराहक्षेत्रको वागखोलामा
पूल बनाउन पहल गरिनेछ ।

भित्री रिङरोड ः
 तिनकुने–सप्तरंगी पार्क ,सर्दूखोला किनार–फुस्रे सारङ्गा डाँडा, शिवधारा–सेउती–
बसन्टार–देउराली वा सेउती किनार हँुदै महादेव चोैक तिनकुनेसम्म लामो भित्री
चक्रपथको निर्माण गरिनेछ ।
 तिनकुने पटनाली–भालुढुङ्गा विष्णुपादुका–चिण्डेडाडा–तामाखाम–फुस्रे–सारंगा डाँडा–
शिवधारा–बसन्तटार–पत्रङ्बारी–निसानडाडा–मनुबाटार वा शिवजटा–दानावारी हर्दिया
–मनुबाटार, ठिङ्गावारी–चोक्टी–तिनकुने जोड्ने बाहिरी चक्रपथ निर्माण गरिनेछ ।

बसपार्क तथा पार्कीङ स्थल ः
 धरान–८ मा रहेको तिनकुने वसपार्क छिटो सम्पन्न गरी आधुनिक वसपार्क
सञ्चालनमा ल्याइनेछ ।
 भविष्यमा हुने आवश्यकतालाई समेत ध्यान दिई सप्तरङ्गी क्षेत्रमा बृहत होल्डिङ
क्षेत्र बनाईनेछ ।
 पानमारा, देउराली, विष्णुपादुका, पत्रङबारी, भेडेटार, शिवधारा, दानावारी लगायतका
ठाउँहरूमा व्यवस्थित बसपार्क तथा पार्किङ क्षेत्र बनाईनेछ ।
 धरानको डूूेनको एकीकृत दीर्घकालिन मापदण्ड र योजना बनाई लागू गरिनेछ ।
क्लोज ड्रेनको समेत निर्माण गरिनेछ ।

सामुदायिक भवन ः
 धरानका विभिन्न ठाउँमा विभिन्न प्रयोजनका लागि आवश्यक सामुदायिक भवनहरू
निर्माण गरिनेछ । निर्माण भएका निर्माणाधिन भवनहरुको संरक्षण र विकास गरिनेछ ।

वडागत बजेटः
 सवै वडामा निश्चित मापदण्ड र आधारमा बजेट रकम छुट्याइनेछ र सोको योजना
छनौट गरी पेश गर्ने योजनाहरूको प्रारम्भिक अनुगमन अधिकार वडालाई नै दिइनेछ ।
 वडाको आफ्नै भवन नभएका वडामा सबै खालका सेवाहरू त्यहीँबाट उपलब्ध
गराइने गरी सुविधासम्पन्न भवन निर्माण गरिनेछ ।
 धरानका विभिन्न स्थानमा आवश्यकताका आधारमा आकासे पूल बनाइनेछ ।
धरानका विभिन्न स्थानमा कृतिम तालहरू बनाई जलक्रिडास्थल र आवश्यकता
पर्दाका लागि पानीको जोहो गरिनेछ ।
 सेउती, सर्दू, सेरा, पोखेरा, कोकाहा शनिबोटे खोला, देवीखोलाको दीर्घकालिन
व्यवस्थापन पर्यटकीय महत्वको अध्ययन गरी सोही अनुसार योजना बनाइनेछ ।
 चारकोसे जङ्गललाई सिमसार क्षेत्रका रूपमा संरक्षण तथा विकास गरिनेछ ।
 धरानका सडकहरू मर्मत सम्भारका लागि नगरपालिकामा छुटै इकाई बनाई
नियमित रूपमा ममर्त सम्भार गरिनेछ । सोका लागि आवश्यक मर्मत संभार कोष
र आवश्यक उपकरणहरू र जनशक्तिको समेत व्यवस्था गरिनेछ ।
 धरानलाई आवासीय शहरको रूपमा विकास गरिनेछ । यसका लागि आवश्यक
भौतिक पूर्वाधार तथा सामाजिक वातावरण निर्माण गर्न आवश्यक नीति तथा
कार्यक्रम तय गरिनेछ ।
 ५ वर्षभित्र धरानको नयाँ नापी गरिनेछ ।
 संयुक्त आवास परियोजनाहरू सञ्चालन गरिनेछ ।
 सार्वजनिक जमीनको संरक्षण गरिनेछ ।
 पार्कलगायत पूर्वाधारको विकास गरिनेछ ।

घ. खानेपानी, फोहोरमैला व्यवस्थापन तथा सरसफाई
 धरानको मुख्य समस्याका रूपमा रहेका खानेपानी समस्याको दीर्घकालिन रूपमा
समाधान खोजिनेछ । हाल सञ्चालनमा रहेको खानेपानी व्यवस्थापनमा देखिएको
प्राविधिक लगायतका समस्याहरुलाई विज्ञहरूको सल्लाहबाट समाधान गर्ने र
विभिन्न वैकल्पिक उपायहरू (चतरा कोसी, तमोर लगायत अन्य श्रोतहरू)
पहिचान गरी यो समस्याको दीर्घकालिन समाधान खोजिने छ । हाल धरान सहर
भित्र कायम रहेको खानेपानी समस्याको समाधानका लागि वितरण प्रणालीमा
सुधार गरिनेछ । धरान खानेपानी बोर्डलाई आधुनिकीकरण गरी डिजिटल प्रविधिमा
लगिनेछ । अपूर्ण रूपमा बुझाइएको धरान खानेपानी आयोजनालाई पूर्णता दिई
दिगो र भरपर्दो रूपमा खानेपानी आपूर्तिको तत्काल व्यवस्था मिलाउन संघीय
सरकारबाट थप बजेटको व्यवस्था गरिनेछ । संघीय एवम प्रदेश सरकारबाट
आयोजनाका लागि बजेट आउन नसक्ने अवस्था भएमा नगरपालिका आफैले
नागरिक शेयर निष्कासन गरी आयोजनालाई सम्पन्न गरिनेछ । शेयरधनीलाई
खानेपानी शुल्कमा विषेश सहुलियत उपलब्ध गराइनेछ ।
 खानेपानी आयोजना सञ्चालनमा रहेका बाहेकका अन्य क्षेत्र, विष्णुपादुका, पाँचकन्या,
पटनाली, देउराली बसन्तटार, देवीगाउँ लगायतको खानेपानी समस्या सामाधान
गरिनेछ ।
 धरान खानेपानीको मुख्य स्रोत सर्दू जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिनेछ ।
सर्दुजलाधार क्षेत्रको गुरुयोजना बनाई यसको सीमाङ्कन गरिनेछ । धरानमा रहेका
अन्य जलाधार क्षेत्र सेरा, सेउती, कोकाहा, खत्रीधारा, तिनधारे, सरस्वती सरोवर,
चारकोशे जङ्गल भित्र रहेको जलाधार लगायतको संरक्षण तथा विकास गर्न
गुरूयोजना बनाई लागु गरिनेछ । तत्काल संरक्षण कार्यका लागि आवश्यक
बजेटको व्यवस्था गरिनेछ ।
 सामुदायिक वन क्षेत्रमा पानी पोखरीहरू बनाउन पहल गरिनेछ ।
 धरानका सबै परिवारलाई मासिक ५ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध
गराइनेछ । धरानको सवै घर परिवारमा खानेपानीको धारा पु¥याईनेछ ।
 फोहोर व्यवस्थापनका लागि दीर्घकालिन डम्पीङ साईटको व्यवस्था गरिनेछ ।
 निजी क्षेत्रहरूसंग सहकार्य गरी हाल सञ्चालनमा रहेको फोहरबाट विद्युत,ग्यास
उत्पादन केन्द्रलाई विस्तार गरी फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ ।
अन्य नीजि संघसंस्थाहरूलाई यस्ता गृहहरू निर्माण गर्न प्राविधिक लगायत अन्य
सुविधाहरू उपलब्ध गराइनेछ । साथै आग्र्यानिक मल बनाई सुपथ मुल्यमा विक्री
वितरण गरिनेछ ।
 फोहोर तथा फोहोर पानी प्रशोधन ट्रिटमेण्ट प्लाण्ट स्थापना गरिनेछ ।
 समुदायसंगको सहकार्यमा सार्वजनिक क्षेत्र, सडक, धार्मिकस्थल, पर्यटकीय स्थल
तथा पानीको मुहानको नियमित सरसफाई गरिनेछ ।
उज्यालो धरान
 धरानलाई उज्यालो धरानको रूपमा विकास गरिनेछ । यसका लागि धरानका सवै
सडकमा सौर्य बत्ती जडान गरिनेछ ।
 धरानका विद्युत नपुगेका क्षेत्रहरूमा विजुली विस्तार गरिनेछ ।
 विद्युतमा आत्मनिर्भर बन्ने योजना ल्याइनेछ । कम भन्दा कम ऊर्जामा धेरै
कार्य गर्ने नीति ल्याइनेछ । फोहोरबाट ग्यास र विजुली निकाली उर्जाका रूपमा
प्रयोग गरिनेछ ।

ङ .सामाजिक विकास
१. शिक्षा
 धरानलाई शैक्षिक केन्द्रको रूपमा विकास गरिनेछ ।
 धरानमा सबै शैक्षिक सस्थाहरुको शिक्षण गुणस्तरको मापदण्ड तयार गरिनेछ ।
 राज्यको बहुभाषिक नीति अनुसार नै धरानमा पनि बहुभाषी नीति अबलम्वन
गरिनेछ ।
 बालविकास केन्द्रहरूलाई आवश्यक बजेट व्यवस्थापन गरी आधुनिक वाल सिकाइ
केन्द्रका रूपमा विकास गरिनेछ ।
 मातृभाषा शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
 सरकारी कार्यालयहरूमा आवश्यकता अनुसार अनुवादकको पनि व्यवस्था गरिनेछ ।
 नगरले छुट्टै प्राविधिक शिक्षालय स्थापना र सञ्चालन गर्नेछ ।
 धरानमा भएका क्याम्पस तथा विद्यालयहरूको समन्वय गरी अत्याधुनिक शैक्षिक
गतिविधि निर्माण गर्न एक समन्वयकारी शिक्षा समिति गठन गरिनेछ ।
 उच्च शिक्षाका लागि प्रमाणपत्र धितो राखी शैक्षिक ऋणको व्यवस्था गर्न पहल
गरिनेछ ।प्राविधिक र आत्मनिर्भरमुखी शिक्षानीति ल्याइनेछ ।
 प्राविधिक शिक्षामा महिलाहरूलाई आकर्षित गरिनेछ । त्यसकालागि छात्रवृत्ति
सहितका कार्यक्रमहरूको व्यवस्था गरिनेछ ।
 सामुदायिक तथा नीजी शैक्षिक संस्थाका शिक्षकहरूलाई तालिम तथा अवलोकन
भ्रमणमा सहभागि गराईनेछ ।
 स्थानीय पाठ्यक्रमलाई नगरभित्र रहेका सबै विद्यालयहरूमा अनिवार्य रूपमा
लागू गरिनेछ । सो पाठ्यक्रम संचालन तथा व्यवस्थापनका लागि आवश्यक
बजेटको व्यवस्था गरिनेछ ।
 धरानलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न आवश्यक नीति तर्जुमा गरिनेछ ।
शैक्षिक प्रयोजनका लागि निर्माण गरिने पुर्वाधारमा विशेष सुविधा दिईनेछ ।
 धरानमा सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने नीजी विद्यालयहरूलाई प्रोत्साहन
गर्ने नीति लिइनेछ ।
 धरानको सवै विद्यालयमा ई–लाईब्रेरीका लागि अनुदानको व्यवस्था गरिनेछ ।
 सामुदायिक विद्यालयमा सञ्चालन गरिएको खाजा कार्यक्रमहरूलाई थप
प्रभावकारी बनाउन थप अनुदान रकमको व्यवस्था गरिनेछ । अतिरिक्त क्रिर्याकलाप
सञ्चालनका लागि प्रशिक्षकहरूको व्यवस्था गरिनेछ । एक स्वास्थ्यसेविका एक
विद्यालय अवधारणालाई अगाडि बढाइनेछ ।
 बालविकासका शिक्षकहरूलाई दक्ष बनाउन तालिम तथा प्रशिक्षणको व्यवस्था
गरिनेछ ।
 हरेक वर्ष उत्कृष्ट विद्यालय, विद्यार्थी तथा शिक्षक र प्रअ , व्यवस्थापन समितिलाई
पुरस्कृत गरिनेछ ।
 धरानमा रहेको वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल क्याम्पस,
केन्द्रिय प्रविधि क्याम्पस हात्तीसार, महेन्द्र बहुमखी क्याम्पस लगायतका शैक्षिक
संस्थाहरूमा आवश्यकताका आधारमा थप नयाँनयाँ बिषयहरूको पठनपाठनको
व्यवस्था र सबैको पहुँच योग्य बनाउन विशेष पहल गरिनेछ ।
 पिण्डेश्वर विद्यापीठलाई बहुभाषिक विश्वविद्यालय बनाउन पहल गरिनेछ ।
 धरानमा रहेका निजी विद्यालयहरूसंग सहकार्य गरी शैक्षिक विकासका कार्यक्रमहरू
सञ्चालन गरिनेछ ।
 गरिब, विपन्न, सुकुम्बासीका छोराछोरीलाई नगरपालिकाका तर्फबाट छात्रवृत्ति
प्रदान गरिनेछ । यसका लागि छुट्टै छात्रवृत्ति कोष खडा गरिनेछ ।
 प्राविधिक शिक्षामा जोड दिइनेछ । धरानका विभिन्न शैक्षिक संस्थामा प्राविधिक
तथा व्यवहारिक शिक्षाको अध्ययनको व्यवस्था गरिनेछ । यसका लागि नगर
सरकारले अनुदान दिने व्यवस्था गरिनेछ ।
 धरानमा एक विज्ञान प्रविधी एकेडेमी गठन गरिने छ । साथै विज्ञान संङ्ग्राहलय
स्थापना गरिनेछ । नगरलाई सतप्रतिशत साक्षर नगर बनाइनेछ ।
 मठमन्दिर चैत्य, गुम्बा, चर्च, मदरसा आदिका विकास लागि बजेटको व्यवस्था
गरिनेछ ।
 ज्ञानचक्षु, सुस्तमनस्थिति, बहिरा लगायत विद्यालयको विकासका लागि दीर्घकालिन
योजना बनाइनेछ ।
 धरानमा रहेको वि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल क्याम्पस,
केन्द्रिय प्रविधि क्याम्पस हात्तीसार, महेन्द्र बहुमखी क्याम्पस जस्ता विद्यार्थी भर्नाका
लागि कोटा निर्धारण गरिएका शैक्षिक संस्थाहरूमा धरानका नगरवासीहरूका
छोराछोरीहरूको अध्ययनका लागि स्थानीय कोटाको व्यवस्थाका लागि पहल
गरिनेछ । नगरको कोटा वा नगर छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरूलाई नगर
क्षेत्रभित्रका सरकारी वा नगरपालिका कार्यालयहरूमा अनिवार्य रूपमा इन्र्टनसिप
गर्ने व्यवस्था गरिनेछ ।

२. स्वास्थ्य तथा खाद्य सुुरक्षा
 आधारभूत स्वास्थ्यलाई निःशुल्क गरिनेछ ।
 नगरपालिका कार्यलयबाटै नसर्ने दीर्घरोगहरू सुगर, प्रेसर, मधुमेह रोगबाट
पीडितहरूलाई र ६५ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई निःशुल्क औषधी उपलब्ध
गराउन स्वास्थ्य कोषको व्यवस्था गरिनेछ ।
 क्यान्सर, बोनम्यारो, मुटु, पक्षघात जस्ता खतरनाक रोगबाट पीडितहरूलाई
तीन लाख रूपैया उपचार वापत प्रदान गरिनेछ ।
 जेष्ठ नागरिरक उपचार कोषको व्यवस्था गरिनेछ ।
 महिला स्वास्थ्यका लागि नगरको बजेट विनियोजन गरी उपचार कोष बनाइनेछ ।
 सवै स्वस्थ, धरान स्वास्थ्य भन्ने नाराका साथ हरेक वडामा हेल्थपार्क वा क्लवको
स्थापना गरिनेछ । यसका लागी निजी क्षेत्रसंग समेत सहकार्य गरिनेछ ।
 वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा जेष्ठ नागरिक र बाल
बालिका तथा महिलाका लागि निःशुल्क स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
नगरका हरेक नागकिलाई स्वास्थ्य वीमा कार्यक्रममा सहभागी गराउने नीति
ल्याइनेछ । स्वास्थ्य विमा मार्फत प्राप्त हुने औषधी वितरण गर्ने व्यवस्था गरिनेछ ।
 ६५ वर्ष माथीका विपन्न एवम असाहय नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा
प्रदान गरिनेछ ।
 गरिब तथा असहायहरूका लागि विशेष उपचार कोषको व्यवस्था गरिनेछ ।
बिमामा अनुदान दिइनेछ ।
 स्वास्थ्य सेवासंग आवश्यक सवै प्राथमिक सेवा वडा कार्यालयबाट दिने व्यवस्था
मिलाइनेछ ।
 छाताचोैकको पुरानो अस्पताललाई विशेषज्ञको सेवा सहितको नगर अस्पतालका
रूपमा सञ्चालन गर्न तथा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा
ट्रमा सेण्टर बनाइ सञ्चालन गरिनेछ । दुर्घटना, प्राकृतिक प्रकोपमा परी
घाईतेहरूलाई सहज उपचारको व्यवस्था गरिनेछ । सवै वडामा नियमित रूपमा
स्वास्थ्य, शिविरहरू सञ्चालन गरिनेछ । स्वास्थ्य स्वम् सेविकाहरूको स्थायित्वका
लागि विशेष पहल गरिनेछ ।
 धरान आयुर्वेदिक औषधालयलाई विकास र विस्तार गरिनेछ । जडीबुटी प्रशोशन
केन्द्र स्थापना गर्न पहल गरिनेछ ।
 खाद्य सुरक्षाका लागि खाद्य तथा खानेपानीको नियमति परीक्षण तथा बजार
अनुगमनको व्यवस्थापनका लागि नगरपालिका र केन्द्रीय प्रविधि क्याम्पस
धरानका बीचमा सहकार्य गरिनेछ । खाद्य शुद्धताका लागि खाद्य परीक्षण प्रयोगशालाको
निर्माण गरिनेछ । खाद्य सचेतना अभियानहरू नियमित रूपमा सञ्चालन गरिनेछ ।
हरेक वार्डमा उपभोक्ता मञ्चको गठन गरिनेछ ।
 धरानमा रहेका सरोकारवाला निकाय तथा विज्ञहरूको सुझाव लिई आवश्यक
नीति तर्जुमा गरिनेछ ।
 धराने जनताको स्वास्थ्यलाई ख्याल राख्दै आधुनिक बधशाला निर्माण गरिनेछ ।
 वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आई सी. यू.लगायत विशिष्ट सेवा
विस्तार र क्षमता वृद्धि गरी स्वास्थ्य क्षेत्रमा अव्वल बनाइनेछ ।
 एच आई भी संक्रमितको संख्या शुन्यमा ल्याउने गरी योजना बनाइनेछ ।
संक्रमितहरूलाई सामाजिक वातावरणीय र उपचारको लागि सहयोग गरिनेछ ।
 सवै विद्यालयमा र हरेक वडा टोलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
नागरिकहरूको स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।
 सार्वजानिक स्थलमा ध्रुमपान र मद्यपान गर्न नपाईने नितीलाई कडाईका साथ
लागू गरिनेछ ।

३. आदीवासी जनजातीको विकास
 धरानलाई बहुजातिय पहिचानयुक्त शहर बनाईने छ ।
 अधिकार सम्पन्न जातीय संघसंस्था समन्वय समिति गठन गरिनेछ ।
 आदिवासी जनजातिको भाषा, सस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न बार्षिक कार्य
योजना बनाई लागू गरिनेछ ।
 धरानलाई बहुसाँस्कृतिक शहर घोषणा गरिनेछ ।
 बहुजातीय सङ्ग्राहलयको निर्माण कार्यलाई छिटो सम्पन्न गरी अविलम्ब सञ्चालनमा
ल्याइनेछ ।

४. कला साहित्य र सस्कृती
 धरानमा कला ,साहित्य, सङगीत सम्बन्धी सुविधा सम्पन थियेटर निर्माण गरिनेछ ।
 साहित्य, कला, सङगीतं क्षेत्रको विकासका लागि कोष स्थापना गरी गठित समितिलाई
चलायमान बनाइनेछ । निर्माणाधिन नाटकघर सम्पन्न गर्न आवश्यक बजेटकोलागि
पहल गरिनेछ ।
 बार्षिक कला साहित्य, सङ्गीत प्रवर्धन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछन ।
 धरान लाई १ नं. प्रदेशको कला सहित्यको राजधानी बनाउन पहल गरिनेछ ।
 धराने कलाकारहरूको सम्मान र प्रबद्र्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन
गरिनेछन ।
 धरानलाई चलचित्र निर्माणस्थलको रूपमा समेत विकसित गरिनेछ ।
५. भूपू सैनिक तथा सेनानी सम्बन्धी
 धरान पहिचानको रूपमा रहेको भुपु स्ैनिकहरूको योगदानको कदर गरिनेछ ।
 धरान २० माछामारामा बन्दै गरेको पार्क निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न
आवश्यक बजेट बिनियोजन गरिनेछ ।
 भूपू सैनिक प्रहरी स्मृती संग्राहलय बनाइनेछ । शहिद, बेपत्ता, घाइते योद्धा,
प्रजातन्त्रसेनानी, जनसेनानीको सम्मानमा आवश्यक योजना बनाई कार्यन्वयन
गरिनेछ ।

६. शान्ति सुरक्षा तथा मानव अधिकार
 नेपाल प्रहरी, नगरप्रहरी र नागरिकको प्रत्यक्ष सहभागीतामा शान्ति सुरक्षाको
व्यवस्था गरिनेछ ।
 धरानका सबै वडाहरूमा नगरप्रहरीको सेवा विस्तार गरिनेछ ।
 सहरको सवै ठाउमा सी.सी. क्यामेरा जडान गरिनेछ ।
 उद्योगी व्यावसायीहरूको सुरक्षाको ग्यारेन्टी गरिनेछ ।
 मानवअधिकारको सम्मान गरिनेछ ।

७. सुकुम्बासी तथा अव्यस्थित बसोबास व्यवस्थापन
 धरानको भूमिहिन,दलित,अव्यवस्थित तथा सुकुम्बासी बसोबासलाई व्यवस्थित
गर्न भुमि आयोगसंग सहकार्य गरी तुरून्त लालपूर्जा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
 सबै अव्यवस्थित वस्तीहरूमा आधारभूत आवश्यकताका वस्तुहरूको व्यवस्थापन
गरिनेछ ।
 घर नं.नपाएकाहरूलाई तत्काल दिईनेछ । धुरी कर लिईने छ र खानेपानी तथा
विजुली, टेलिफोन, इन्टरनेट लगायतका सुविधाहरू उपलब्ध गराउन पहल गरिनेछ ।
 सुकुम्बासी तथा अव्यस्थित बसोबासका छोराछोरीहरूलाई छात्रवृत्तिको
व्यवस्था,स्वास्थ्य उपचारका लागि विशेष सहुलियतको व्यवस्था,निशुल्क स्वास्थ्य
वीमा,जिविकोपार्जनका लागि उपयुक्त रोजगारमूलक तालिम र साना व्यवसाय
सञ्चालन गर्नका लागि विशेष आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
 सुकुम्बासी बस्तीमा भौतिक पूर्वाधार सडक कालेपत्रे, ड्रेन आदि निर्माणको कार्य
आगाडि बढाईनेछ ।
 जोखिम युक्त बस्तीहरूमा विशेष बजेटको व्यवस्थापन गरिनेछ । तटबन्धनको
व्यवस्था गरिनेछ ।
 सुकुम्बासी तथा अब्यवस्थित बसोबासमा रहनु भएका नगरवासीको हितको लागि
एउटा छुट्टै राहत कोषको स्थापना गरिनेछ ।

८. युवा विकास तथा स्वरोजगार कार्यक्रम
 युवाहरूको क्षमता विकासको लागि नगर युवा परिषद गठन गरिनेछ ।
 युवाहरूलाई रोजगारी प्रदान गर्न श्रम वैक स्थापना गरिनेछ ।
 धरानमा हुने विकास निर्माण लगायत कार्यमा श्रम बैङ्कमा रहेको बेरोजगार
युवाहरूलाई रोजगारी गर्ने निती बनाइनेछ ।
 धरानमा रहेका उद्योग व्यावसायमा श्रम वैङ्क कै श्रमिकलाई प्राथमिकता दिने
व्यवस्था गरिनेछ ।
 युवा तथा स्वरोजगार कोषलाई थप परिचालन गरिनेछ ।
 युवा स्वरोजगार कार्यक्रमका लागि शिपमूलक एवम वैदेशिक रोजगारका लागि
दक्ष जनशक्ति उत्पादन गर्न उनीहरूकै रूचिअनुसारको इलेक्ट्रिसियन, प्लम्विङ,
कार्पेन्टर, टेलरिङ, डकर्मी, सिकर्मी, नकर्मी, हाउसकिपिङ, कुक, गृल निर्माण,
ब्यूटिसियन, सिलाईबुनाई, बुटिक, स्थानिय सामाग्रीबाट बन्ने चप्पल, ब्याग,
अचार बनाउने,ढाकाका सामानहरू बनाउने लगायत अन्य सीपका लागि अल्पकालिन
तथा नियमित ट्रेनिङ कार्यक्रमहरू निःशुल्क सञ्चालन गरिनेछ ।

९. महिला विकास
 धरान नगरमा रहेको महिला महाशाखालाई थप कार्यमूखी बनाइनेछ ।
 महिला सशक्तीकरणका लागि वडातह सम्मको संयन्त्र बनाई आवश्यक सीप,
ज्ञान र अधिकारका बारेमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
 महिलालाई आत्मनिर्भरताका सीपहरू सिकाइनेछ ।
 महिलाहरूको नेतृत्व विकासको लागि अभियानकै रूपमा कार्यक्रमहरू सन्चालन गरिनेछ ।
 धरानमा कृयाशील आमा समूह, सङ्घसंस्थालाई संयोजन गरी शसक्त बनाउन
नीति ल्याइनेछ ।
 महिला प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

१०. दलित समुदायको विकास
 दलित समदायमाथि हुने सबै किसिमका भेदभाव अन्त्य गरी छुवाछुतमक्त धरान
सहर बनाइनेछ ।
 दलित समदायको संवैधानिक एवम मौलिक हकका रूपमा उल्लेखित अधिकार
स्थानीय तहमा प्रभावकारी कार्यान्वयण गरिनेछ ।
 जनता आवास कार्यक्रमलाई व्यवस्थित र निष्पक्ष रूपमा लागू गरी गुणस्तर वृद्धि
गरिनेछ ।
 संयुक्त आवास कार्यक्रम सञ्चालन गरिनेछ ।
 दलित समुदायको परम्परागत शीप र कलामा आधारित व्यवसाय प्रवर्धनका लागि
विशेष नीति लागू गरिनेछ ।
 स्थानीय विकास सम्वन्धी कार्यक्रममा महिला र दलित सहभागितालाई प्राथमिकतामा
राखिनेछ ।

११. खेलकुद
 धरानलाई खेलकुदको शहरको रूपमा स्थापित गरिनेछ । यसका लागि नगर
सरकार मातहत खेलकुद विकास समिति गठन गरिनेछ । धरानमा खेलग्रामको
स्थापना गरिनेछ ।
 धरान १५ को क्रिकेट मैदानलाई थप बजेट व्यवस्थापन गरी राष्ट्रिय तथा
अन्तराष्ट्रिय स्तरका खेलहरू सञ्चालन गर्ने अवस्थामा पु¥याइनेछ । धरानका
सबै वडामा खेल मैदान तथा खुल्ला ठाउँहरूको व्यवस्था गरिनेछ ।
 धरान ६ पानमारा, धरान १७ पटनाली , धरान २० खैरेनी लगायतका क्षेत्रहरूमा
रहेका ठुला खेल मैदानहरूको स्तरोन्नती गरिनेछ ।
 धरानमा रहेको सम्पुर्ण संघसस्था मातहत रहेको खेलमैदानहरूको एकीकृत विकास
गर्ने एक समन्वय समिति गठन गरिनेछ । यिनीहरुको सञ्चालनको लागि आवश्यक
बजेट व्यवस्थापन गरिनेछ ।
 धरान उपमहानगरस्तरको खेलकुद समितिलाई प्रभावकारी बनाइनेछ ।
 बार्षिक खेल क्यालेण्डर बनाई लागु गरिनेछ ।
 खेल क्षेत्रको विकासका लागि आवश्यक वजेट छुटयाईनेछ । खेल क्षेत्रमा योगदान
दिने खेलाडीहरू तथा प्रशिक्षकहरूलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कारको
व्यवस्था गरिनेछ ।
 राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलहरूमा पदक विजेता खेलाडीहरू तथा
प्रशिक्षकहरूलाई नगद पुरस्कार सहित सम्मान गरिनेछ ।
 धरान रङ्गशाला तथा एन्फा एकेडमीको स्तरोन्नती गरी रात्रीकालिन खेलकुद
सञ्चालन गर्न सक्ने रंगशालाका रूपमा निर्माण गरिनेछ ।
 धरानको गौरवको रूपमा रहेको बुढासुब्बा गोलकपलाई नियमित रूपमा सञ्चालनका
लागि बजेट छुट्टाइनेछ ।
 साहसिक खेलकुदलाई प्रवद्र्धन गरिनेछ । यस सम्बन्धी राष्ट्रिय, अन्तराष्ट्रिय खेल
आयोजना गरी आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गरिनेछ ।
 देशको एक मात्र हवाई रंगशालाको आवाश्यक पूर्वाधार निर्माणका लागि पहल गरिनेछ ।

१२. मधेसी, मुस्लिम एवम् अल्पसंख्यक समुदायको विकास
 मधेसी, मुस्लिम, तेश्रो लिङ्गी एवम् अल्पसंख्यक समुदायका हक अधिकारलाई
स्थानीय स्तरमा व्यवहारिक कार्यान्वयन गरी उनीहरूलाई सम्मानजनक
जीवनयापनको सुनिश्चितता गरिनेछ ।
 समाजमा रहेका विपन्न पछाडि पारिएका समुदाय र वर्गको उत्थानका लागि
आवश्यक नीति तथा कार्यक्रम बनाई लागू गरिनेछ । आवश्यक बजेटको व्यवस्था
गरिनेछ ।
 मधेसी, मुस्लिम, अल्पसङख्यक तथा सिमान्तीकृत समुदायलाई नगर सरकारमा
प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।

१३. सामाजिक सुरक्षा व्यवस्थापन
 स्थानीय तहमा महिला विकास तथा उत्थानको लागि विशेष बजेट छुटयाईनेछ ।
सबै बिद्यालय, सरकारी कार्यलय अपाङ्ग मैत्री बनाउने नीति बनाई लागू गरिनेछ ।
 जेष्ठ नागरिक सूरक्षा भत्ता दश हजार पु¥याउन नगरसभाबाट निर्णयगरी केन्द्रमा
प्रस्ताव गरिनेछ । नगर सरकारकातर्फबाट पनि थप जेष्ठ नागरिक भत्ताको
व्यवस्था गरिनेछ । जेष्ठ नागरिक क्लब,पार्क र बिश्रामालयहरूको व्यवस्था गरिनेछ ।
 अल्पसङख्यक नागरिकहरूको विकासको लागि आवश्यक नीति तथा कार्यक्रमहरू
सञ्चालन गरिनेछ ।
 जेष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिहरूmलाई सार्वजानिक यातायात
र स्वास्थ्य केन्द्रमा निशुल्क सेवाको पहल गरिनेछ ।
 जेष्ठ नागरिक समन्वय समिति गठन गरिनेछ ।
 जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता प्रकृयालाई सरल बनाइने छ । मृत्यु दर्तालाई
पूर्ण निःशुल्क गरिनेछ ।
 आधुनिक सुविधा सम्पन्न वृद्धाश्रमको निर्माण गरिनेछ ।
 वृद्ध, एकल तथा अन्य भत्ताहरू वडातहबाटै उपलब्ध गराइनेछ ।

च. पर्यटन तथा पूर्वाधार विकास
 धरानको सम्पत्तीको रूपमा रहेको बहुसस्कृतिलाई संरक्षण, विकास तथा विस्तार
गर्न विशेष योजना बनाइनेछ । यसका लागि धरान सरकारको बार्षिक साँस्कृतिक
पात्रो(क्यालेण्डर) बनाई आवश्यक स्थानीय विदा तथा सास्कृतिक समयहरू
निर्धारण गरिनेछ । सरोकारवाला, आदिवासी जनजाती महासंघ, खस आर्य,
दलित , विभिन्न धार्मिक सङ्घसंस्था, साँस्कृतिक , साहित्यिक सङ्घसंस्था समेतको
सभागितामा कार्यान्वयन गरिनेछ ।
 पर्यटन समितिलाई सँस्कृतिको पनि जिम्मा दिई थप सशक्त र कार्यमुखी बनाइनेछ ।
पर्यटन तथा संस्कृित विभाग बनाइनेछ ।
 धरानमा रहेका सवै जातीको संस्कतिलाई विषेश प्याकेज कार्यक्रमको रूपमा
अगाडि बढाइनेछ र यसको अवलोकन गर्नका लागि सबैलाई आह्वाहन गरिनेछ ।
 धरानमा खेल पर्यटनको रूपमा विकास गरिनेछ । शाहसिक खेल पर्यटनमा जोड
दिइनेछ । सो कार्य गर्नका लागि भेडेटार,चिण्डेडाँडा, दानबारी लगायतका ठाउमा
र अन्य ठाउँमा पुर्वाधारको विकास गरिनेछ ।
 विभिन्न ठाउँमा प्याराग्लाईडिङ, बञ्जिजम्प र रकक्लाइमिङ सेन्टर बनाउन
लगानीकर्तालाई प्रोत्साहन र सहयोग गरिनेछ ।
 नीजि क्षेत्रबाट बनेका त्यस्ता पूर्वाधारहरूमा प्राविधिक लगायत अन्य आवश्यक
सहयोग गरिनेछ ।
 भेडेटार, नाम्जे, कन्यापोखरी, साँगुरीगढी, सुलीकोट लगायत क्षेत्रमा पर्यटन
सम्बन्धी योजना बनाइ लागू गरिनेछ । होमस्टेलाई विशेष प्रवर्दन गरिनेछ ।
 धरानमा लगानी गर्न चाहने पर्यटन व्यवसायीहरूलाई विशेष सुविधा प्रदान गरिनेछ ।
 तारे होटल खोल्न चाहने व्यावसायीहरूलाई ५ वर्षसम्म कर मिनाह गरिनेछ ।
 निजी क्षेत्रलाई जंगल सफारीका लागि प्रोत्साहन गर्ने व्यवस्था गरिनेछ ।
 टुर प्याकेजमा यहाँको पर्यटनको व्यवसाय गर्ने नीजि क्षेत्रलाई विशेष सुविधा प्रदान
गरिनेछ ।
 चारकोसे जङ्गलको तल्लो भेगमा रहेको तालतलैया आदिलाई व्यवस्थित गरिनेछ ।
 विभिन्न क्षेत्रलाई समेटेर पद मार्गहरू बनाइनेछ ।
 धार्मिक पर्यटनमा जोड दिइनेछ ।
 पिण्डेश्वर, दन्तकाली, बुढासुब्वा, विष्णुपादुका लगायत शक्ति पीठहरूमा लाग्ने
मेला पर्वहरूलाई विशेष प्रवद्र्धन गरिनेछ । यसको प्रर्वद्धनका लागि आवश्यक
बजेटको व्यवस्था गरिनेछ । साकेला, चासोक, यमरी, लोसार लगायत पर्वहरूलाई
पर्यटनसंग पनि जोडेर विकास र प्रवद्र्धन गरिनेछ ।
 पिण्डेश्वर र यहाँको रूद्राक्षसहित यसको महिमालाई देश विदेशमा प्रचार गरेर
विभिन्न स्थानमा प्रबद्र्धन मेला लगाई त्यहाँका धार्मिक पर्यटकहरूलाई भित्र्¥याउन
विशेष कार्यक्रम ल्याइनेछ ।
 शक्तिपीठहरूको पनि विदेशका विभिन्न स्थानमा प्रचार गरी धार्मिक पर्यटन
प्रबद्र्धन गरिनेछ ।
 विष्णुपादुका मन्दिरको थप व्यवस्थापनका लागि बजेट व्यवस्था गरिरनेछ ।
 धरान ४ स्थित थाउजेण्ड विगबुद्धको निर्माणमा पहल गरिनेछ ।
 धार्मिक तथा पर्यटकीय स्थलहरूलाई लक्षित गरी यातायात सेवा सञ्चालन गरिनेछ ।
 धरानलाई कञ्चन जंगा, मकालु, हिमाल आरोहण गर्ने पर्यटकको द्धारको रूपमा
विकास गरिनेछ । यसका लागि पूर्वाधारको विकास गरिनेछ ।
 राजारानी ताल, बरको रूख, मिक्लाजोङ, रवि बजारसम्म र हिले, तिनजुरे मिल्के
लालाीगुराँस क्षेत्रसम्म जाने पर्यटकलाई धरानमा रेष्ट एण्ड रिफ्रेस सेन्टर बनाइनेछ ।
 पर्यटन सम्बन्धी व्यवसायीहरूलाई विशेष सुविधा प्रदान गरिनेछ ।
 धरान भेडेटार विष्णुपादुका बराह क्षेत्र केवुलकार संम्भाव्यता अध्यायन गरिनेछ ।
 निजी लगानीकर्ताहरूलाई लगानीको लागि विशेष छुटको व्यवस्था गरिनेछ ।
 राष्ट्रिय र अन्तराष्टिूय तहमा भएका सन्धिसम्झौता कार्यन्वयन गरिनेछ ।
 सप्तरङ्गी पार्कलाई पर्यटकीय स्थलका रूपमा विकास गरिनेछ । विजयपुर दरवार
क्षेत्र उत्खनन गरिनेछ र यसकोे पुनः निर्माण गरिनेछ ।
 पुरातात्विक वस्तुहरूको पहिचान गरी संरक्षण गरिनेछ । विजयपुर क्षेत्र विकास
कोष स्थापना गरिनेछ । बिजयपुर प्राचिन नगरीको पहिचान रहनेगरी विभिन्न
निती कार्यक्रमको गुरुयोजना बनाई कार्यन्वयन गरिनेछ ।
 ऐतिहासिक क्षेत्रहरू विजयपुरगढी, सुलिकोट, साँगुरी गढी, शिवजटा, दानबारी,
राजरानी, पञ्चकन्या, ठिंगेढुंगा, कोकाहा खोलाको शिर, सुर्युकुण्ड, आडा,
सरसस्वती सरोवर आदिको संरक्षण गरिनेछ । धरान प्रवेशद्वारहरू निर्माण गरिनेछ ।

छ. वन तथा वातावरण संरक्षण
 चारैतर्फ वनजंगलले ढाकिएको धरानलाई हरियाली धरानका रूपमा विकास
गरिनेछ । सामुदायिक बनहरूलाई पार्कका रूपमा विकास गरिनेछ । पर्यटन
प्रबद्र्धन लगायतका कार्य गर्नका लागि विशेष कार्यक्रम बनाइनेछ । सामुदायिक
वन वातावरण समूह संघसंस्था सहितको समन्वय समिति गठन गरिनेछ ।
 धरानका सबै घर आगनमा रूख रोप्ने अभियान चलाइनेछ । नगरपालिकाबाट
विरूवा उपलब्ध गराइनेछ ।
 जलधार क्षेत्रमा रहेको वनलाई संरक्षित वनको रूपमा विकास गरिनेछ ।
 विजयपुर दरवारको संरक्षण गर्न तथा क्षेत्रको वन संरक्षण गरिनेछ ।
 सहरको बाहिरी भागमा रहेको खाली क्षेत्र ऐलानी जग्गामा रूख रोपिनेछ ।

ज. आर्थिक विकास
 धरानको आर्थिक विकासको लागि सार्वजनिक, निजी र सहकारीलाई संगसंगै
अगाडि बढ्ने नीति लिईनेछ ।

१. उद्योग तथा व्यापार
औद्योगिक क्षेत्र विकास ः
 धरान औद्योगिक क्षेत्रको विकास र विस्तार गरिनेछ । पानवारीमा निर्वाणाधिन
औद्योगिक ग्रामलाई चाँडो सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
 नीजि क्षेत्रको सहभागीतामा लगानीकर्ताको लगानीको सुरक्षाको व्यवस्था
गरिनेछ ।
 व्यस्त वजारका सवै चोकहरूमा सी.सी. क्यामेरा राखिनेछ ।
 धराने कालो बङ्गुर, धराने लोकल रक्सी, खुकुरी, ढाकाका सामान, अदुवा र वेसार
उत्पादन तथा प्रशोधन गरी धराने ब्राण्डको रूपमा विकास गरिनेछ ।
 मजदुर वर्गको पेशागत हक हितको सुनिश्चितता गरिनेछ ।
 धरानको सभागृहको खाली जमीनमा हरेक औद्योगिक उत्पादनलाई प्रदर्शनी गरिनेछ ।
 धरानको भानुचौेकमा रहेको खाली जमीनलाई रात्री बजारको रूपमा विकास गरिनेछ ।
 धरानका सवै वडाहरूका तरकारी बजारको व्यवस्था गरिनेछ । यसका लागि
निजी क्षेत्रसंग समेत सहकार्य गरिनेछ ।
 धरानमा उत्पादन भएका साम्रगी प्रवद्र्धनका लागि बार्षिक प्रवद्र्धन कार्यक्रम गरिनेछ ।
 धरानमा होटल व्यवसाय सञ्चालन गर्नेलाई विशेष सुविधा प्रदान गरिनेछ ।
 सुन र चाँदीका गरगहना बनाउन खोलिने उद्योगलाई प्रवद्र्धन गरिनेछ ।
 युवा तथा महिलाहरूले खोल्ने त्यस्ता उद्योगलाई अनुदानको व्यवस्था गरिनेछ ।
 धरानलाई व्यापारको केन्द्र बनाइनेछ । यसका लागि धरानमा उद्योग खोल्न चाहने र
होलसेल व्यापार गर्न चाहनेलाई विशेष प्रोत्साहन कार्यक्रम ल्याइनेछ । यसका लागि
निजी क्षेत्र समेतको संलग्नतामा आवश्यक नीति तथा कार्यक्रमहरू तय गरिनेछ ।
 धरान नगरपालिकाले लिने व्यवसाय लगायत करको दायरा विस्तार तथा दर
निर्धाराण गर्न निजी क्षेत्र उद्योगी व्यवसायी समेतको प्रतिनिधित्व रहने गरी एक
कर निर्धारण आयोग गठन गरिनेछ । दोहोरो कर हटाइनेछ ।
 खाली सरकारी जमिन निजीक्षेत्रलाई लिज वा भाडामा दिई उत्पादनशिल तथा
व्यवसाहिक कार्यमा लगानी गर्न प्रोत्साहन गरिनेछ ।
 धरानलाई सामान होल्टेज गर्ने शहरको रूपमा पनि विकास गरिनेछ । यसका
लागि वृहत पार्किङ क्षेत्र बनाइनेछ । ठुला लरी र गाडीहरूले यहाँ पार्किङ गर्दा
सूरक्षा सहितको विशेष सुविधा दिइनेछ ।
 नगरपालिकाको आर्थिक श्रोतको व्यवस्थापनका लागि नगर बोण्ड जारी गर्ने र
त्यसबाट सङकलित पूूूंजीलाई लागत फाइदा विष्लेषण गरी परियोजना तयार गर्ने
र लगानी गर्ने नीति बनाइनेछ ।
 धरान सभागृहलाई व्यवस्थित गरिनेछ र प्रदर्शनी स्थलको रूपमा विकास गरिनेछ ।

२. सहकारी विकासः
 धरानका सवै नागरिकलाई सहकारीका आबद्ध गर्ने नीति लिइनेछ ।
 धरानको उद्योग, व्यापार, व्यवसाय ,कृषी क्षेत्रमा सहकारीलाई व्यवस्थित रूपमा
सञ्चालन गर्ने नीति लिइनेछ । सहकारी प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ ।
सुपथ मूल्य पसल र खाद्य गोदाम ः
 धरानका प्रत्येक वडामा कम्तिमा एउटा सुपथ मूल्य पसल सञ्चालन गरिनेछ ।
 धरानमा सुविधा सम्पन्न खाद्यगोदाम स्थापना गरी खाद्य आपूर्ति र अभावका
बेलाका लागि जोहो गरिनेछ ।

झ. कृषी
 धरान शहर नजिकका पानवारी, विष्णुपादुका, वसन्तटार, दानावारी क्षेत्रलाई अर्गानिक कृषि
जोनको रूपमा विकास गरिनेछ । यसका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
 हालको कृषी बजारको सुधार गरिनेछ । थप कोल्ड स्टोरको व्यवस्थापन गरिनेछ ।
 धरानमा नै कृषिजन्य वस्तुको प्रशोधन तथा प्याकिङ गरी धरान बाहिर पठाउने
व्यवस्था गरिनेछ । हालको कृषि बजारलाई विस्तार गर्दै बृहत कृषि बजारको
व्यवस्था गरिनेछ । कृषि तथा पशु वीमाको व्यवस्था गर्न पहल गरिनेछ ।
 धरानको २०, ४, ५ , ६ नंं. वडालाई कृषि तथा पशुपालन क्षेत्रका रूपमा विकास
गरिनेछ । अग्र्यानिक खेतीलाई प्रोत्साहन गरिनेछ । तरकारी तथा नगदे वालीलाई
प्रवद्र्धन गरिनेछ । आवश्यक सिचाईको व्यवस्था गरिनेछ । कृषिलाई
आधुनिकीकरण गरिनेछ ।
 उन्नत जातका पशुपालन, वंगुरपालन,तरकारी खेती, अदवा र बेसार खेतीमा लाग्ने
किसानलाई ५० प्रतिशतसम्म अनुदानकोे व्यवस्था गरिनेछ ।
 स्थानीय स्तरका उत्पादन गरिने वस्तुको उत्पादन प्रशोधन,र बजारीकरणका लागि
अनुदान सहयोग उपलब्ध गराइनेछ ।
 पाँचकन्या र विष्णपादुका क्षेत्रका कृषिजन्य वस्तुको सङ्कलन तथा विक्रिवितरणका
लागि यी दुवै क्षेत्रमा कृषिबजारको स्थापना गरिनेछ ।
 नगरवासी किसानले उत्पादन गरेका तरकारी, खाद्यान्न लगायतका उपभोग्य
वस्तुहरूको समर्थन मूल्य तोकिनेछ र सो मूल्यका आधारमा किसान र उपभोक्ताबीच
क्रयविक्रयको व्यवस्था मिलाइनेछ ।
 एभोकाडो र ड्रागन फ्रुट जस्ता नँया नगदे फलफूल खेतीका लागि प्रोत्साहन गरिनेछ ।
ञ. कर तथा राजश्व परिचालन
 २०५६ सालमा बनेको अवैज्ञानिक एकीकृत सम्पत्तीकरलाई वैज्ञानिक बनाइनेछ ।
 नगरको आन्तरिक आयलाई पारदर्शी र व्यस्थित गरिनेछ ।
 दोहोरो कर प्रणली खारेज गरिनेछ ।ठुला परियोजनामा धरानवासीलाई रोजगारीको
व्यवस्था गर्ने वातावरण मिलाइनेछ ।
 धरानवासी ,उपभोक्ता समिती, नीजि क्षेत्र, धरान वाहिरका धरानवासी र विदेशमा
रहेका धरानेहरू सहितका धरान लगानी परिषद् गठन गरिनेछ ।
 धरान नगरमा अधिकार सम्पन कर निधार्रण आयोग गठन गरिनेछ ।

ट. सार्वजानिक सेवा
यातायात व्यवस्थापन तथा मजदुर सुविधा
 धरान विमानस्थल निर्माण कार्यलाई अगाडि बढाइनेछ ।
 धरानमा रहेका सवारी साधनको पार्किङका लागि उपयुक्त स्थानमा पार्किङ स्थल
बनाइनेछ ।
 नगरवासीको सेवाकालागि स्थानीयवासीकै सहभागितामा सुलभ यातायात सेवा
व्यवस्थापन गरिनेछ ।
 धरानमा हाल संचालनमा रहेका टेम्पो, ई रिक्सालाई सहज सञ्चालनका लागि
पूर्णरूपमा व्यवस्थित गरिनेछ ।
 नगरपालिकाले टेम्पो, ई–रिक्सालाई लिने वार्षिक शुल्क रू ५०० र कालो नम्वर
प्लेट भएका कार, जिप जस्ता साना सवारी साधनलाई लिने वार्षिक शुल्क
रू १००० मात्र कायम गरिनेछ ।
 नगर स्तरमा यातायात व्यवस्थापन समिति बनाइने छ । यसै समितिले सवै
व्यवसायी, मजदुर समेतको समन्वयमा ,नगर स्तरीय भाडादर निर्धारण गर्र्नेछ ।
 यातायतमा जेष्ठ नागरिक अपांग, असाहयलाई निशुल्क गर्ने योजना ल्याइनेछ ।
 सार्वजनिक शौचालहरूको व्यवस्था गरिनेछ । घुम्ती शोैचालय समेतको व्यवस्था
गरिनेछ ।
 मजदुरहरको हक हितको लागि पहल गरिनेछ । सवै मजदुरहरूको पहिचान खुल्ने
परिचय पत्र रोजगारदाताबाट दिनुपर्ने व्यवस्था गरिनेछ ।
 कामको प्रकृति हेरी मजदुरहरूलाई सुरक्षा सामग्री उपयोगलाई अनिवार्य गरिनेछ ।
 जोखिमपूर्ण क्षेत्रमा कामगर्ने सवै मजदुरहरूको अनिर्वाय जिवन बिमाको व्यवस्था
गरिनेछ । मजदुर राहत कोषको स्थापना गरिनेछ ।
ठ. सुशासन तथा पारर्दशिता
 धरान नगरपालिकालाई भ्रष्टचाररहित र पादर्शिताको नमूना नगर बनाइनेछ ।
 भ्रष्टचारमा शुन्य सहनशिलताको नीति लिइनेछ । कसैले भ्रष्टाचार गरेको आरोप
आएको २४ घण्टाभित्र प्रारम्भीक अनुसन्धान गरिनेछ । अनुसन्धानले छानविन गर्नु
पर्ने देखिए २४ घण्टाभित्र निलम्बन कारवाही गरिनेछ । भ्रष्टाचार गरेको
प्रमाणित भए २४ घण्टाभित्र निश्कासन गरिनेछ । यस्तै जनप्रतिनीधिहरूले
समेत भ्रष्टचार गरेको प्रमाणित भएमा सोही अनुसार कारबाही गरिनेछ । यस
प्रयोजनको लागि उपमेयरको नेतृत्वमा एक समिति गठन गरिनेछ ।
 नागरिक तहबाट समेत भ्रष्टचार सुशासन कायम गर्न भूमिका खेल्न आवश्यक
हुने हुँदा भ्रष्टचार तथा सुशासन सम्बन्धी कार्यहरू अनुगमन तथा कारवाही
सिफारिस , खबरदारी गर्न एक नागरिक संयन्त्र गठन गरिनेछ । सो सन्यन्त्रले
दिएको सुझावलाई नगरकार्यपालिकाले पालन गर्नुपर्नेछ । यस समितिले नगर
कार्यपालिकाले जनताको हित विपरित कार्य गरेको ठहर गरी आम जनतालाई
सुसूचित गर्न समेत सक्नेछ । यसका लागि आवश्यक कानून बनाइनेछ ।
 नगरकार्यपालिकाको काम कारबाहीलाई बिद्युतीकरण गरिनेछ ।
 दक्ष जनशक्तिको व्यवस्था गरिनेछ ।
 प्रविधिमैत्री चुस्तदुरूस्त सेवा उपलब्ध गरिनेछ ।

ड. सूचना तथा सन्चार
 धरानलाई मिडीया हवका रूपमा विकास गरिनेछ ।
 नगर स्तरीय सूचना सञ्चार समिति गठन गरिनेछ ।
 श्रमजिवी पत्रकारलाई आवश्यक सुविधा दिइनेछ ।
 सञ्चार माध्यमलाई अनुदानको व्यवस्था गरिनेछ ।
 सुविधा सम्पन्न सञ्चार कम्प्लेसरूग्राम निर्माण गरिने छ ।
 पत्रकारहरूलाई पे्रात्साहन गर्न पुरस्कारको व्यवस्था गरिनेछ ।
 बर्षमा पाँच जना पत्रकारलाई पत्रकारितामा उच्चशिक्षा अध्यायनका लागि
छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
 श्रमजिवी पत्रकारका परिवारलाई स्वास्थ सुविधा प्रदान गरिने छ । छोराछोरीको
निशुल्क पठन पाठनमा सम्बन्धित शैक्षिक संस्थाहरूरूसंग समन्वय गरिनेछ ।
 सञ्चार संग्रहालयको व्यवस्था गरी अग्रज पत्रकारहरूको प्रोफाइल तयार
गरिने छ । आधुनिक डिजिटल लाइब्रेरीको व्यवस्था गरिनेछ ।
 नगर क्षेत्र भित्र रहेका बंैक तथा बित्तीय संस्थाहरू र नगरमा सञ्चालित संघ
संस्थाहरूले स्थानीय सञ्चार माध्यमहरूमार्फत् अनिवार्य त्रैमासिक, बार्षिक,
अर्धवार्षिक वासलात प्रकाशित गर्नु पर्ने व्यवस्था गरिनेछ ।
 धरान नगरपालिकाको सम्पूर्ण सुचना पारदर्शी रूपमा विद्युतीय प्रविधीबाट
प्रकाशित गरिनेछ ।
 धरानमा उपमहानगरको सम्पूर्ण काम काम कारवार्ही लाई विद्युतियकरण
गरिनेछ ।

ढ . नगरको सौन्दर्य र डिजिटल शहर
 धरान आसपासका वन जंगलको सौन्दर्य कायम राख्न नयाँ आर्कषक र उपयोगी
रूख विरूवाहरू लगाइनेछ ।
 पहाड र डाँडाहरूको सौन्दर्य बनाइराख्ने योजना ल्याइनेछ । टाढाबाट देखिने
पहाडी क्षेत्रका जंगलका बीचमा नया प्रजातीका फूल रोपिनेछ ।
 सुन्दर वडा ,सुन्दर पालिकाको परिकल्पना साकार पार्न प्रत्येक वस्तीमा सामुदायिक
पार्क, प्रत्येक घरमा फूलवारी, विद्यालय, सडक किनाराको सौन्दर्यीकरण गरिनेछ ।
 धरानको बजार एरिया भित्र विजुली र टेलिफोनको तार भूमिगत गराउने कार्यलाई
सम्बन्धित निकायहरूसँग समन्वय गरी व्यवस्थित गराउने कामलाई प्राथमिकताका
साथ अगाडि बढाइनेछ ।
 सार्वजनिक सेवा विद्युतीय माध्यमबाट गरी पारदशिर्ताको सुनिश्चितता गरिनेछ ।
 शहरका अति संवेदनशील व्यापारिक क्षेत्र, वसपार्क, अस्पताल, पर्यटकीय क्षेत्र
जस्ता स्थानहरूलाई फ्रि वाईफाई जोनका रूपमा विकास गरिनेछ ।
 सूचना प्रविधीको अधिकतम प्रयोगरी धरानलाई डिजिटल सिटीका रूपमा विकास
गरिनेछ ।

 

निर्वाचन परिचालन मुल समिति
लोकतान्त्रिक बाम गठबन्धन, धरान

तपाईको प्रतिक्रिया