रविन्द्रनाथ टैगोरको १६१ जन्म जयन्ति मनाइयो

राजधानी । विश्व प्रख्यात कवि, नोबेल पुरस्कार विजेता गुरुदेव स्व. रविन्द्रनाथ टैगोरको १६१ औ जन्म जयन्ति मनाइएको छ ।

नेपाल स्थित भारतीय राजदुतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयको संयुक्त आयोजनामा विवेकानन्द हलमा १६१ औ जन्म जयन्ति मनाइएको हो । उक्त कार्याक्रम भारत सरकारद्वारा जारी India@75 आजादीका अमृत महोत्सव अन्तरर्गत रहेको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । कार्यक्रममा दुतावासका प्रेस सूचना तथा संस्कृति विभागका प्रथम सचिव नविनकुमारले रविन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुका साथै आफूभित्र लुकेर रहेको क्षमतालाई उजागर गर्न सबैलाई आग्रह गर्नुभएको थियो । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीहरुले एकसाथ गुरु रविन्द्र संगीतको वाचन गरेका थिए । यसैगरी केन्द्रीय विद्यालय काठमाण्डौका विद्यार्थीहरुले टैगोरका रचनामा आधारित गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । जसलाई उपस्थित दर्शकहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
जारी विज्ञप्तीका अनुसार लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता वासु गौतमले ‘शान्ति निकेतन ः शिक्षामा टैगोरका विचार’ शिर्षकमा अन्तरक्रियात्मक प्रस्तुती दिनु भएको थियो । कार्यक्रममा संगीत कला र साहित्यका युवा विद्यार्थीहरु, सिविएसई विद्यालयका बालबालिकाहरु, भारतीय डायस्पोराका सदस्यहरु र विद्वानहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया