पुत्रीलाई भोट नहाल्नेलाई धम्की
अस्तिका दिन पञ्चतत्वको साँढेहरु चितौन पुगेछन् । चितौन पुगेर ती साँढेहरु निककै डुक्रिएछन् । चितौन निवासी काँग्रेसहरुलाई प्रचण्डाउ पुत्रीलाई भोट हाल्न सुझाएछन् । आफ्नो पार्टीका मान्छेलाइ हसिया हतौडामा भोट हाले भन्ने त सोह«ैआना अन्तरघाती भैहाले । त्यसमाथि प्रचण्डाउले आफ्नी पुत्रीलाई भोट नहाले देशै दुर्घटनामा जान्छ भनेर दह«ैसँग डुक्रिएछन् । राजनैतिक खोल ओढेर काँग्रेसले भोट हाल्दा आफ्नी छोरीले जित्ली भनेर प्रचण्डाउले कम्ता ठूलो सपना देख्या छैनन् । स्वतन्त्र उमेद्वार जगन्नाथलाई गलाउन नसकेसी थुतुनोमा जे आयो त्यही बक्न थाल्या छन् । कस्ता कस्ताले हार्दा त देश दुर्घनामा प¥या छैन प्रचण्डाउकी पुत्रीले हार्दा फुइøयाँ पर्छ ? हैन हौ आफ्नाले त मति विग्रेर थर्काए पराइले थर्काउँदा चितौनका काँग्रेसले कसरी चित्त बुझाउँछन् हँ ? नरहे बाँस न बजे बाँसुरी । जे होस् पञ्चधातुका साढेहरुको डुक्र्याइपछि चितौनका कँग्रेसहरुको बल्ल चेत खुल्या छ, एनिहाउ अभियान नै सञ्चालन भा’छ अहिले । देश कसरी दुर्घटनामा पर्दो रै’छ सबै हेर्न आतुर छन् ।
बजेट नै नपठाउने रे

वाल्वाटारे मुखिनी व्युटी त हुन तर थुतुनो ज्यादा चल्न थाल्या छ भनेर यतिबेला मुलुकैभरि गाइगुई चल्न थाल्या छ । होला पनि हौ । अस्तिका दिन वाल्वाटरे मुखिनीले आफ्नै पतिको गृह नगर पुगेर बडो गहन कुरा गरिछन् । काँग्रेसले चुनाव नजितेका पालिकाहहरुमा केन्द्रबाट बजेट नै पठाउँदिन भनिछन । हैन हौ मुखिनीले बजेट पठाउँदा पालिका पाउने नपठाउँदा नपाउने हो र ? घण्टाघर पनि बडो कन्Ïयुजमा प¥या छ । नियेम कानून प्रक्रिया अनुसार पालिकामा बजेट जान्छ होला भन्ठान्या थ्यो घण्टाघरले । तर बजेट मुखिनीको निगाहमा जाँदो रै’छ अर्थमन्तरी त विचरा भान्सेमात्र रै’छन् । जसलाई दिनु भन्यो त्यसलाई दिने । अको कुरा पनि मुखिनीले वडो गज्जबसँग फलाकिछन् । फ्रि भिसा, फ्रि टिकेटमा बेरोजगार युवाहरुलाई मलेसिया पठाइदिने भनेर । तिनले मलेसिया युवा पठाउने मेन पावर खोलेकी छन् कि क्या हो ? मुखिया वाको आडमा कतिदिन राइदाई गर्ने हुन कुन्नि ?
अन्तर्राष्ट्रिय जगतले के भन्ला
वाल्वाटारे मुखिया वालाई यतिबेला एउटा कुराले साह«ै टेन्सिन हुन थाल्या छ । भरतपुरमा प्रचण्डाउकी पुत्रीले हारिन भने वाल्वाटरबाट बुढानिलकण्ठ बसाई सर्नुपर्ने अनि काठमाण्डौमा प्रकाशमानकी जोइले हार्दा अन्तर्राष्ट्रिय जगतले के भन्लान् भनेर विचरालाई यी दुई वटा कुराले रातभरि ऐठन हुन्छ । पहिला पहिला गणेशमानकी धर्मपत्नी र पुत्रलाई काठमाण्डौले हराएकै हो । त्यसबेला अन्तर्राष्ट्रिय जगतले वास्तै गरेन, केही भनेन । अब अहिले प्रकाशकी जोई आच्या सिर्जनाले हार्दा अन्तर्राष्ट्रिय जगतले के भन्ला रे । यसो सर सुआउँदो गफ पो गर्नुपर्छ त । सिर्जनालाई काठमाण्डौकै मान्छेले चिन्दैनन् । सासु ससुराको विरासत भँजाएर त कसैले थपक्क भोट त दिँदैनन् । अधिवेशनमा भेडेमान सिंहले गरेको गुनको बदला मेयरका टिकट दिएको न हो । टिकट दिएसी सिद्धि गो । वित्थामा किन टेन्सिन लिनु ?
मुलुकै डुब्छ रे
मान्छे बुढो भएपछि होस् हावास गुम्छ्, बोलीको ठेगान हुदैन भन्थे हो रै’छ । घरमा नाति नातिना खोलाएर बस्न छोडेर पिण्ड खाने बेलामा पनि नेता भै टोपलेर हिडेसी वातै खलास । अब हेरम न पिँध बिनाको लोटा भन्ने उपनाम पाएका तनहुँका लुईरे बाजे रामचन्द्रेले अस्तिका दिन चितौनतिर पुगेर प्रचण्डाउ पुत्रीको सानो प्रशंसा गरेनन् । भाषन पनि क्या राम्रो गर्दिरैछिन् सररर…. बाउ जस्तै रे । प्रचण्डाउकी पुत्रीले चिनौनमा हारिन भने मुलुकै डुब्छ रे । हैन हौ कति साह«ो चाकडी बजाएको हँ ? न जात मिल्छ न धर्म मिल्छ बुढाले त्यति साह«ो चाकडी गर्नु त रहस्यमय नै छ । अबको राष्ट्रपति बनाइदिमला भनेर प्रचण्डाउले बनारसको लड्डु खुवाइदिएका होलान् ? त्यही ल्डुको स्वाद सम्झेर प्रचण्डाउ पुत्रीको चाकडी ग¥या होलान् बा’ले ।
प्रतिगमन बलियो
एक्लै चुनावमा जान नसकेर एक अर्काको लगौटी अँठ्याएर कुत्तीको छाउरा छाउरी जोल्ठिए झै जोल्ठिएका गठबन्धन र एमाले यति एक अर्कालाई घोर प्रतिगामी भन्दै भाषन ठोकी रा’छन् । एमालेको नजरमा गठबन्धन प्रतिगामी, गठबन्धनका नजरमा एमाले प्रतिगामी । क्या वात † हुँदा हुँदा जनमोर्चाका विचित्रबहादुर केसीले नि गठबन्धन भन्दा प्रतिगामी बलियो भनेर फलाक्न भ्याए । संगठन गर्नु छैन कोठे बैठक ग¥यो, कस्लाई खदार्ने, कस्लाई चिप्ल्याउने, कस्लाई चाडी लगाउने भन्ने मै व्यस्त भएका त्यसमाथि अपवित्र गठबन्धन गर्नेले अरुलाई प्रतिगामनकारी देख्नु स्वभाविक हो । पहिला पहिला संघीयता चाहिँदैन भनेर विचित्रबहादुर केसी खुब डुक्रन्थे । संघीयताले देश टुक्रन्छ, देशले धान्न सक्दैन भन्थे । अहिले गठबन्धनमा छिरेपछि चाइचुई बोल्दैनन् । गठबन्धनको स्वाद बुढाले राम्रेसँग चाखेछन् । एकपटक स्वाद पाएपछि छोडेर हिँड्नै मन लाग्दैन । कि कसो हौ वा †
हप्काए धम्काए रे
खै केजातिलाई बढी लिÏट दियो भने टाउकामा टेक्छ भन्ने उखान यतिबेला नेप्लिज लाँगेसका मुखिया, गठबन्धनका डाइरेक्टर, वालुवाटारे काजीसँग ठ्याक्कै मिल्न पुग्या छ । खप्रओले पार्टीबाट घुएँत्रो हानेर मिल्काएपछि वाफके दुहाई हुँदै काजीसँग शरण माग्न पुग्या थे रे माकुने र प्रचण्डाउ यो वात काजीले आफ्नै थुतुनोले बकेका । आफ्नै थुतुनाले बकेपछि पत्याउनै प¥यो । हाम्लाई खप्रओले सिध्याए, हामी घर न घाटका भयौ तपाई जे भन्नुहुन्छ हामी थप थप मान्छम भनेर काजीकोमा पुगेका थिए रे लड्डु बोकेर । तर अहिले आएर माकुने, प्रचण्डाउ हप्काउने र धम्क्याउने गर्न थाल्या छन् रे । ठीकै पनि गरेछन् । टाउकामा टेकाएसी हप्काउने र धम्क्याउन गर्नु त स्वभाविक हो । काजीलाई वाल्वाटार छिर्न सिंहदरबारमा विराजमान हुन पाए पुगिहाल्छ । बरु हप्काई धम्क्याइ सहन्छन् ।
माका फुई हो रे
एउटी पुत्रीका लागि प्रचण्डाउले सम्पूर्ण चितौनबासीलाई धम्क्याउनु माका फुई हो रे, खप्रओले भन्या । माकाफुई भन्या रुखको हाँगामा बसेर बाँदरले अरुलाई तर्साउन धम्क्याउन जोड जोडले रुखका आँगो हल्लाउँछ रे । तर हाँगोबाट तल उत्रिएर केही लछारपाटो लगउन सक्दैन रे । बात त खप्रओसँग कस्ले सक्ने । हजार जिब्रा भएको शेष नागले पनि खप्रआसँग वात गर्न सक्दैनन् । प्रचण्डाउको माकाफुईले कोही पनि चितौनबासी डराएका छैनन् रे । हिङ्ग जति सिद्धिएर दिङ्ग बाँधेका टालो सुघाएर अब कोही चितौनबासी डराउँदैनन् रे । कुरो त खाँटी नै ग¥या हुन् । टालोबाट गन्धै आउन छोडेसी काँग्रेसको शरणमा पुगेका प्रचण्डाउले जोड जोडले बाँदर झै हाँगो हल्लाउने काम मात्र गरे ।
अन्तेमा
राप्रपाका अध्येक्षे राजेन्द्र लिंगदेनले अस्तिका दिन भन्या काँग्रेस, एमाले र माउवादीलाई भोट हाल्नु भन्या साँढेको टाङमुनि बाल्टिन थाप्नुजस्तै हो रे । साँढेको टाङमुनि बाल्टिन थाप्दा दूध झर्दैैन मूत मात्र झर्छ भन्ने कुरा त सबैलाई थाहा छ । हुन त यतिका बर्ष देखि नेप्लिज जन्ताले यिनै दललाई मात्र भोट हाल्दै आएका छन् तर यिनीहरुबाट जनताकालागि केही झरेन । तिन्का आफन्त छोरी, बुहारी,भाई, भतिजा श्रीमति, साला, सालीका लागि मात्र गठबन्धनले यानी काँग्रेस माउवादी, एमालेबाट झ¥यो । अब जनताका लागि केही नझर्नेलाई किन भोट हाल्ने भनेर लिंगदेनले राम्रैसँग फलाक्न थाल्या छन् । हेरम यसपटक जन्ताले साँढेको टाङमुनी बाल्टिन थाप्छन् नि थाप्दैनन् ?
