धरान । अघिल्लो स्थानीय तहको निर्वाचनमा २३ सय मत अन्तरले हार व्यहोरेको नेपाली काँग्रेसले यसपटक इटहरी उपमहानगरपालिकामा एमालेको बर्षौैेदेखिको विराशत भत्काउने देखिएको छ ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट संघर्ष गरेर नेपाली काँग्रेसको नेतृत्वमा स्थापित भएका सशक्त युवा नेता हेमकर्ण पौड्याललाई इटहरी उपमहानगरपालिकाको प्रमुखको प्रत्यासी बनाएपछि स्वयम् एमालेका स्थानीय नेतृत्व समेत यसपटक विरासत जोगाउन नसकिने निक्र्यौलमा पुगेका छन् ।
इटहरी उपमहानगरपालिकाको कुल मतदाता संख्या १ लाख ४ हजार ६ सय रहेको छ । पब्लिक रिलेशन अत्यन्तै राम्रो रहेका सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट प्रमुखको प्रत्यासी पौड्यालले आगामी दिनमा गर्नुपनेै दर्जनौ काममध्ये इटहरीको दुःखको रुपमा रहेको बर्षेनी डुवानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न टेंग्रा खेतिखोला डाइभर्सन, दुईसय शैøयाको हस्पिटल निर्माण गर्ने प्रतिबद्धता जनाएसँगै इटहरीका मतदाताहरु यसपटक नगर नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका छन् ।

इटहरी ४ हलगडाका गजेन्द्र ढकाल भन्नुहुन्छ, शेरा बाँध बनाउने मुख्य लक्ष्य नेपाली काँग्रेसको प्रमुखका प्रत्यासी हेमकर्ण पौड्यालले राख्नु भएको छ । इटहरीको दुःखको रुपमा रहेको शेराको बाँधलाई व्यवस्थित गर्दा सम्पूर्ण इटहरी जोगिन्छ । त्यसपछि इटहरीमा एउटा राम्रो हस्पिटल छैन । बर्षेनी इटहरीबासीले औषधोपचारका लागि लाखौ रुपैया धरान र विराटनगर गएर तिर्नु परेको छ । एउटा व्यवस्थित हस्पिटल भएमा यहाँका बासिन्दाले ठूलो राहत महसुस गर्नेछन् । हस्पिटल बनाउने प्रतिबद्धता पौड्यालले गर्नुभएको छ । यसैगरी इटहरीमा हजारौ अव्यवस्थित बसोबासका कुराहरु छन् । त्यसलाई पनि व्यवस्थित गर्ने, विगतमा इटहरी उपमहानगरपालिकाका प्रमुखले इटहरीका महिलामाथि गरेका दुव्र्यवहार, तुच्छ बचनलाई व्यवस्थित गर्ने कुरालाई पौड्याले अगाडि सार्नुभएको छ ।
यसैगरी युवाहरुलाई स्वरोजगारका कुरा पनि उहाँले सशक्त रुपमा उठाउनु भएको छ । ढकाल भन्नुहुन्छ, इहरीका गरिबका झुपडीमा गएर उनीहरुको सक्दो व्यवस्था गरिदिएका छन् । झुपडी झुपडीमा पुगेर गुनासो सुनेका छन् । हिजोको मेयर थारुहरुको बच्चा भएपनि झुपडीमा कहिल्यै पुगेनन् । इटहरीको विकासका लागि ठूलो चिन्ता पौडयालले पहिलादेखि नै गर्दै आएका थिए । काम गर्ने अवसर पाएमा उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्ने कुरामा ढकाल विश्वस्त हुनुहुन्छ । १ लाख ४ हजार ६ सय मतमध्ये ६० प्रतिशत मत पोलिङ भएमा नेपाली काँग्रेसका प्रत्यासी पौड्याललाई कति मत आउला त भन्ने सवालमा ढकाल भन्नुहुन्छ, १० हजार मतले काँग्रेसले चुनाव जित्छ भन्ने अनुमान सबैले गरेका छन् । नेकपा एमालेका इमान्दार कार्यकर्ताहरु भने ६ हजार देखि ७ हजार सम्मतेले जित्ने बताउँछन् । ३० औै बर्षदेखि इटहरीमा एमालेले राज ग¥यो । हामीले जे गर्दा पनि हुन्छ भन्ने अभिव्यक्ति दिँदै हिडेका एमाले हाम्रो यो लालकिल्ला हो यहा जे गर्दा पनि कसैले बोल्न सक्दैन भन्ने मनसायबाट एमालेहरु चुनाव लडेका छन् ढकालको कथन छ । तर नेपाली काँग्रेसचाहिँ इटहरीलाई व्यवस्थित बनाउन इटहरी बनाउन लडेको देखियो । अब दश बर्षमा भित्रमा महनगरपालिका बन्न सक्छ । इटहरीमा हाल १ लाख ४ हजार ६ सय मत ररहेको छ । पाँच बर्षमा यो मत बढेर १ लाख ५० हजारको हाराहारीमा जान्छ । महानगरपालिका बनाउदा राधुनी नगरपाकिालाई पनि जोड्न सकिन्छ । हिजो एकम्बा, पकली, हाँसपोसा, खनार जोडेर उपमहानगरपालिका बनाएको हो । भाषीलाई पनि जोड्दा २ लाख मतदाता थपिएपछि महानगरपालिका नबन्ने त कुरै भएन । यसका लागि हेमकर्ण पौड्याल भन्दा अर्को उपयुक्त पात्र अरु हुनै सकदैन ।
उता इटहरीका ६ का मतदाता दिपक गौतम भन्नुहुन्छ मेयरमा हेमकर्ण पौडयालको विजय सुनिश्चित जस्तै देखिएको छ । वडाहरुमा नेपाली काँगेसले टिकट वितरणमा केही कमी कमजोरी देखियो । अचानक त्यही दिन ढिलो गरी टिकट दिइयो मेयरमा पौड्याल र उपमेरमा एकीकृत समाजवादीका केशव विष्टलाई गठबन्धनले प्रत्यासी बनाएको छ । उपमेयरको सवालमा म ठ्याक्कै भन्न सक्दिनँ । यद्यपि उनी स्थानीय पनि हुन र कम पनि गरेका छन् ।
