भारतीय विदेश सचिवमा क्वात्रा

धरान । भारत सरकारको विदेश सचिवमा नियुक्ति हुनुभएका विनयमोहन क्वात्राले आइतबार देखि विधिवत रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिविन्द वाग्चीले आइतबार सामाजिक सञ्जाल ट्विटरमा टिव्ट गर्दै क्वात्राले विदेश सचिवको जिम्मेवारी सम्हाल्नु भएको बताउनु भएको थियो । सन २०२० जनवरीदेखि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी समेत सम्हालीसक्नु भएका क्वात्रालाई चैत्रमै अर्थात २०२२ अप्रिल ४ तारेखका दिन भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्ति दिए पनि जिम्मेवारी भने मे १ देखि सम्हाल्नु भएको छ ।


विदेशमन्त्री नियुक्ति हुनु भएका क्वात्रा सन् १९८८ देखि कुटनीतिक सेवामा प्रवेश गर्नुभएको हो । क्वात्राले यसभन्दा अगठाडि भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको जिम्मेवारी सम्हालीसक्नु भएको छ । सन् २०१० देखि सन् २०१३ सम्म अमेरिकको लागि भारतीय राजदूतवासमा काम गरिसक्नु भएका क्वात्राले सन् २०१३ देखि सन् २०१५ सम्म विदेश मन्त्रालयको निित योजना रअनुसन्धान विभाग अन्तर्गत अमेरिकी डिभिजनको प्रमुख भएर काम गर्नुभएको थियो । अमेरिका र क्यानाडासँगको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्नु भएका क्वात्रा ३० बर्ष भन्दा लामो समयदेखि विदेश नीतिको अनुभवि मानिनुहुन्छ ।

तपाईको प्रतिक्रिया