अधिकारीको प्रतिवद्धतापत्र सार्वजनिक

धरान । नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धरान उपमहानरपालिकाको वडा नं. १ बाट अध्यक्षको प्रत्यासी बन्नु भएका निवर्तमान वडाध्यक्ष रोशन अधिकारीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।


सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा भनिएको छ, धरानको खानेपानीको लागि दीर्घकालीन समाधान गर्न नगर, प्रदेश र संघसँग सहकार्य गर्ने, वडाका जीर्ण सडक पुननिर्माण र विस्तार गर्ने, वडामा ज्येष्ठ नागरिक भवन निर्माण गर्ने, सिटी अस्पताल निर्माण लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, सार्वजनिक तथा घुम्ती शौचालयको व्यवस्था गर्ने, खहरे करिडोरलाई लक्ष्मीचौकसम्म पु¥याउने, बालमैत्री, अपांगमैत्री र वृद्धमैत्री पार्क निर्माण गर्ने जनाइएको छ ।
यसैगरी युवाहरुको लागि क्रियटिभ भवन, बाँदर आतंक नियन्त्रणका लागि हरसम्भव प्रयास गर्ने, वडाका मठ न्दिर तथा सर्वाजनिक सम्पत्तिको संरक्षण गर्ने, शिव मन्दिर पछाडिको भवनमा क्रियापुत्री भवन बनाउने, वडा तहमा रहेका व्यववाय विस्तारका लागि नीतिगत बहस गरी कार्यक्रम सञ्चालन गर्ने, लक्ष्मी वाचनालयलाई डिजिटल गर्ने, वडामा रहेका विभिन्न क्लबलाई स्तरोन्नति गर्ने, फोहोर मैलाको व्यवस्थापन वडास्तरबाटै गर्ने, स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी बनाउने, वहु सांस्कृतिक वडास्तरीय संग्राहालय निर्माण गर्ने, वडामा रहेको खाली जग्गा खेलकुदका लागि प्रयोजन गर्ने, सम्पत्ति माथिको अधिकारलाई सुनिश्चित गरी बाटो विस्तार गर्ने लगायतका बुँदाहरु प्रतिबद्धतापत्रमा समेटिएका छन् ।

तपाईको प्रतिक्रिया