आसन्न स्थानीय निर्वाचनमा मुलुकका अधिकांश स्थानीय निकायमा नेपाली काँग्रेसका तर्फबाट स्वतन्त्र, बागी उमेद्वारहरु मनोनयनसँगै निर्वाचन प्रक्रियामा होमिएका छन् ।
यतिबेला त्यस्ता बागी विद्रोही उमेद्वारहरुमाथि नेपाली काँग्रेसले कार्वाहीको डण्डा चलाएको छ तर अधिकांश स्थानमा बर्षौ पार्टीमा रगत पसिना लगाएका घर परिवार बिल्लीबाँठ बनाएकाहरु नै बागी र विद्रोही वा स्वतन्त्र उमेद्वार बने भन्ने कुराको सामान्य हेक्का समेत कथित नेतृत्वले मनन गर्न सकेन । उसले केवल हदैसम्मको अहिष्णु भए पार्टीको साधारण सदस्यता नै नरहने गरी निष्काशनको सूचना जारी गरेको छ ।
नेपाली काँग्रेस आजको अवस्थामा त्यस्तै आइपुगेको होइन । यसका लागि हजारौले बलिदान दिएका छन् । प्रजातन्त्र आएपछि उनीहरु उत्साहित भए र वर्तमान अवस्थासम्म आइपुग्दा उनीहरुमा घोर निराशा उत्पादन भएको छ । कैयौ इमान्दार कार्यकर्ता नेतृत्वको प्रवृत्तिबाट वाक्क भएर बीच बीचमा पलायन भए । न उनीहरुको पलायनको कारण नेतृत्वले खोज्ने घृष्टता ग¥यो न आज बागी, स्वतन्त्र वा विदोह गर्ने नेतृ कार्यकर्ताको सवालमा मनन ग¥यो । स्थानीय निकायको निर्वाचनमा एउटा बागी, विद्रोही वा स्वतन्त्र उमेद्वारमाथि कार्वाही हुँदा उसका पछि रहेका सौयौ कार्यकर्ता, समर्थक समेत स्वत ः पयालयन हुँदैछन् । यस कुराको हेक्का नेतृत्वले कहिल्यै राख्न सकेन ।
कार्वाहीको डन्डा चलाउँदा नेपाली काँग्रेस सशक्त बलियो हुने होइन । यसले झन झन कजमोर बन्दै जान्छ । बर्षौदेखि स्थानीय स्तरमा बसेर संगठन गर्ने तर अवसर आउँदा मनि, मसलवालाहरुको हालीमुहाली हुने नेतृत्वले उनीहरुलाई नै काखी च्याप्ने प्रवृत्ति विगतदेखि नै चल्दै आएको थियो । इमान्दार कार्यकर्ताले त्यसलाई सहन गर्र्दै पनि आएका थिए । तर यतिबेला स्वयम् नेतृत्वले आफ्ना कार्यकर्ताहरुलाई अन्य चुनाव चिन्हमा मतदान गर्न निर्देशन दिएपछिको परिणाम हो आजको अवस्था । नेपाली काँग्रेसको रुख र चारतारे झण्डा बाहेक अन्य सोच्नै नसक्ने काँग्रेसका इमान्दार कार्यकर्ता यतबेला बागी, स्वतन्त्र भएर काँग्रेस बचाउ अभियानमा लागेका हुन् । न उनीहरुलाई केन्द्रीय नेतृत्वको जस्तो पदलोलुपताको चाहना छ । हिजो पनि थिएन आज पनि छैन र भोलि पनि रहँदैन ।
चारतारे झण्डा बोकेका हातले कलंकपूर्ण विगत भएको पार्टीको झण्डा बोक्न इमान्दार कार्यकर्ताको आत्माले मनेन र मान्ने कुरा पनि हुँदैन । तर जबरजस्ती त्यस्ता झण्डा बोक, फरक निर्वाचन चिन्हमा मतदान गर भन्नु सर्वथा गलत हो । नेतृत्वको त्यस्तो निर्णयका विरुद्धमा पार्टीका सच्चा र इमान्दार कार्यकर्ताहरुरुले नेतृत्वको निर्देशन सिरोपर राखेर हिँड्न सक्दैन । तसर्थ नेतृत्वले अब सुझबुझपूर्ण निर्णय लिनुपर्ने बेला आएको छ । नेपाली काँग्रेस ध्वस्त नहोस् छिन्नभिन्न नहोस्, कार्यकर्ता लाखापाखा नलागून भन्ने सोच राख्नैपर्छ । इमान्दार कार्यकर्ता अन्यत्र कही जाँदैनन् । आगामी दिनमा फेरि पनि नेतृत्वले गल्ति नगरोस् भनेर सबक सिकाउन आपूmले उमेद्वारी दिएका हुन् । वर्तमान नेतृत्वले विगतमा पनि यस्तै गल्ति गरेको थियो । नेतृत्व सुध्रिन्छ कि भनेर पर्खिएका थिए । तर बारम्बार एउटै गल्ति दोहो¥याउँदै गएपछि सहनुले सीमा पार ग¥यो । अवसरवादी चरित्र भएका आफ्नो अघि पछि लाग्नेबाटै वर्तमान नेपाली काँग्रेसको नेतृत्व सन्तुष्ट हुने हो भने अब नेपाली काँग्रेसका इमान्दार कार्यकर्ताको वहिर्गमनलाई कसैले रोक्न सक्दैन । कार्यकर्ता पलायन रोक्न वर्तमान नेतृत्व सक्षम छैन ।
