कृष्णप्रसाद भट्टराइ । वैसाख ३० गते हुने स्थानीय निकाय अन्तर्गतको धरान उपमहनगरपालिका वडा नं. १४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट अध्यक्षका प्रत्यासी । वि.सं. २०७४ को पहिलो स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पदमा प्रत्यासी हुँदा आफना विपक्षीलाई दोब्बर मत अन्तरले पराजित गर्नुभएको थियो । वडाबासीहरुप्रति उहाँको सामिप्यता, सहयोगी हात नै उहाँको भारी मतको विजयको पहिलो कारण थियो ।
वडाध्यक्षमा निर्वाचित भएपछि धरानका अन्य वडाको तुलनामा वडा नं. १४ मा सबैभन्दा बढी जनहितका कामहरु भएका छन् । सडक निर्माण, महिला सशक्तिकण, तालिम, असाय विद्यार्थीलाई पठन पाठनमा पुस्तक, कपी कलम र आर्थिक सहयोग, धरान वडा नं. १४ मा रहेको बुढासुब्बा मन्दिर स्तरोन्नति, पञ्चकन्या मन्दिरमा आवश्यक पूर्वाधार निर्माणसँगै बर्षौदेखि विद्युत उपलब्ध हुन नसकेको अवस्थामा मन्दिर परिषरमा विद्युत जडान, दन्तकाली र पिण्डेश्वर मन्दिरमा आवश्यक भौतिक निर्माण, विजयपुर क्षेत्रमा समुचित फोहोरको व्यवस्थापन लगायत दर्जनौ काम भट्टराइले गर्नुभएको छ । यसका लागि नगरपालिकाबाट प्राप्त स्रोत साधन र आफ्नै नीजि सम्पत्ति समेत उहाँले खर्च गर्नुभएको थियो ।
वडा नं. १४ लाई धर्मिक पर्यटकको हव बनाउने, धरानमा देखिएको पानीको चरम अभावलाई ध्यानमा राखेर निजी स्रोतबाट वडाबासीका लागि पानीको दीर्घकालीन आपूर्ति गर्ने, विपन्न परिवारलाई वडा कार्यालयबाट निःशुल्क स्वास्थ्य वीमा गर्ने, दीर्घरोगीहरुलाई अैषधोपचारका लागि बार्षिक ५० हजार उपलब्ध गराउने, अव्यस्थित घर परिवारलाई
राज्यबाट उपलब्ध हुने सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने लगायतका दर्जनौ योजना अगाडि साुर्नभएका भट्टराईलाई दोस्रोे कार्यकालमा लागि नेपाली काँग्रेसले प्रत्यासी नबनाएपछि उहाँ राष्ट्रिय प्रजातन्त्रमा प्रवेश गरी आफ्ना योजना कार्यन्वयनका लागि वडाध्यक्षमा प्रत्यासी बन्नु भएको छ । वडा न. १४ का आम मतदाताको पहिलो रोजाईमा रहनु भएका विकासप्रेमी, जुझारु, युवा जोश भएका भट्टराई भन्नुहुन्छ म वडाको विकासमै समर्पित भएको मान्छे हुँ । वडाको सम्पूर्ण अग्रज, युवाहरुले पार्टी जुनसुकै भएपनि केही फरक पर्दैन आगामी वडाध्यक्ष तपाई नै हुनुपर्छ भनेर आग्रह गरेपछि आफू राप्रपाबाट वडाध्यक्षमा प्रत्यासी भएको बताउनुहुने भट्टराईँग यस पटक हामीले निर्वाचन केन्द्रित भएर वार्ता गरेका छौं । प्रस्तुत छन् भट्टराईसँग गरिएका वार्ताका सारसंक्षेप :
तपाईले वैसाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट वडा नं. १४ बाट वडाध्यक्षको उमेद्वारी दिनुभएको छ । किन होला ?
–जनताले रुचाएको मान्छेलाई पार्टीले उमेद्वार दिनुपर्छ । मैले पार्टी परिवर्तन गरेको भन्दा पनि मलाई २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसकै आस्थावान क्रियाशील वडा नं. १४ का जनताले अत्याधिक वहुमत दिएर विजयी गराउनुभयो । मैले काम गर्ने सिशलशिलामा मलाई एक बर्ष त सिक्नै लाग्यो । विस्तारै विस्तारै अगाडि बढ्दै जाँदाखेरि हामीलाई कोरोनाले थिलथिलो बनायो । त्यस्तो अवस्थामा पनि मैले हरेकको घरदैलोमा गएर जनतालाई परेका समस्यालाई निराकरण गर्न आफ्नो ज्यानको बाजी राखेर जनताका आधारभूत आवश्यकता जस्तै औषधि मजदुरहरुलाई राहत उपलब्ध गराएँ । काम गर्दे जाँदै धेरै काम गर्नु पर्ने अझै थिए । घोषणापत्रमा भएका कुरा मध्ये ७० प्रतिशत काम मैले पूरा गरेको थिएँ । धरान उपमहानगरपालिकामा अहिले २० वटै वडामा पानीको समस्या छ । यो पानीको समस्या समाधान गर्न म २० वटै वडामा सक्दिनँ । तर पनि वडा नं. १४ मा पानीको अभाव नहोस भनेर मैले वैकल्पिक व्यवस्था गर्न हामी अगाडि बढिसकेका थियौं । त्यहाँका मठमन्दिरलाई अन्र्ताष्ट्रिय लेवलमा कसरी लिएर जाने, कसरी स्तरोन्नति गर्ने भन्ने कुरा लिएर हामी अगाडि बढिरहेका थियौं । त्यति गर्दागर्दे पनि मैले धरान उपमहानगरपालिकाको सिलिङ बजेटले मात्र नभएर प्रदेश सरकार, संघीय सरकारसँग सहकार्य गरेर धेरै किसिमका भौतिक विकास गर्दैगर्दा खेरि पूरा गर्न अझै धेरै थिए । नेपाली काँग्रेससँग मैले अरु केही मागिन मैले क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि जान्छु पनि भनिनँ । तर जनताको सेवा गर्न पाउँ भने । म त विजयपुरको छोरा हुँ , म यही जन्मिएको हुँ । मलाई एकपटक जनताको आवश्यकतालाई सहजीकरण गर्नको लागि पुनः टिकट दिनुस भने । वडाबासी बुबा, दिदी, भाइको सेवा गर्छु राज्यको सेवा सुविधा नलिइकन म अगाडि बढ्छु भन्दा पहिला हुन्छ भनियो । त्यसपछि निश्चिन्त भएर बसे । मेरो विश्वासमाथि अन्तरघात भएकोले मेरो भावनामाथि खेलबार्ड
गरियो, मेरो स्वाभिमानमाथि खेलबार्ड गरियो । मलाई काँग्रसले टिकट दिएन । त्यसपछि मलाई त्यहाँका जनताले तपाई आउनुपर्छ कुनै पनि हालतमा भन्नुभयो । तपाईजस्तो मानिसले पछि हँट्नु हुँदैन भन्नुभयो । त्यहाँका बृद्धबृद्धा, युवा, युवतीहरुले कुनैपनि चुनाव चिन्ह लिएर आउनुस् हामी साथमा छौ भन्नुभयो र मैले राप्रपाबाट उमेद्वारी दिएँ । जनताका आधारभूत आवश्यकता पूरा गर्न नै म उमेद्वार भएको हुँ । आज करको सही सदुपयोग भएको छैन ।
करको सही सदुपयोग गर्नुपर्छ । कर उहाँहरुले तिरेको पैसा हो । जनताको आधारभूत आवश्यकता पूरा गर्न हलो चुनाव चिन्ह लिएर उमेद्वारी दिएको हुँ । अहिले पनि मलाई के विश्वास छ भने सम्पूर्ण वडा नं. १४ का जनताले मलाई रुचाउनुु भएको रहेछ, मनमा राख्नु भएको रहेछ । त्यसैले मे अहिले घर दैलो कार्यक्रम गर्दा सबैले हामी कहाँ भोट हाल्ने भनेर अन्यौल भएका थियौ, अब ढुक्क भयौ भन्नुहुन्छ ।
अन्तिममा आएर तपाईले नेपाली काँग्रेसप्रति विश्वासघात गरे जस्तो लाग्दैन ?
–म काँग्रेसको मान्छे थिएँ । पार्टीले पनि कामको मूल्यांकन गर्नुपर्छ । मैले विद्रोह गरेर निस्केको भए त मैले आफ्नो टिम पनि ल्याउँथे । तर मैले टिमबाट मनोनयन दर्ता गरेको पनि फिर्ता
गराएको थिएँ । सिस्टमको मैले विरोध गरेर उमेद्वारी दिएको हुँ । कस्तो मान्छेलाई टिकट दिनुपर्छ भनेर नेतृत्वमा बस्ने मान्छेले बुझ्नुपर्छ । मैले धरान वडा नं. १४ मा सर्भेक्षण गर्नुस् भने । त्यसपछि जनताले जसलाई रुचाइएका छन् त्यसलाई दिनुस्सम्म भने । उनीहरुले सर्भेक्षण पनि गरेनन् । एक्कासी टिकट फलानोलाई दियौ भने । अहिले टिकट पाउनु भएका श्याम श्रेष्ठ मेरा आदरणीय काका हुनुहुन्छ । चाडपर्व,दशैमा हामी त्यहाँ जान्छौं । उहाँसँग मेरो व्यक्तिगत कुनै दुराभावना छैन म सम्मान गर्छु । मैले हिजो काँग्रेसबाटै टिकट पाएर त्यहाँ पुगेको हुँ । मेरो काँग्रेस विरुद्धको लडाई नै होइन । मेरो लडाई सिस्टमको मात्र हो । १४ नं. वडामा हिजो र आजको अवस्था सबैले देखेका छन् । कति काम भएको छ सबैले देखेका छन् । राज्यले दिएको सेवा सुविधाको लोभले मैले उमेद्वारी दिएको होइन । मैले हिजो पनि त्यस्ता सेवा सुविधा लिइन अब पनि निर्वाचित भएँ भने लिन्नँ ।
धरानमा एउटै मात्र त्यस्तो वडा हो जहाँ नागरिकताको सिफारिस, पञ्जिकरणमा शुल्क लाग्दैन । मैले त्यो आफनै सेवा सुविधाबाट दिएको छु । हरेक बर्ष १५ देखि २० जनाको मोतिया विन्दुको निःशुल्क अप्रेशन गराएको छु, बालविकास केन्द्र्र खुलेको छ । बाल पस्ताकाय खुलेको छु । हरेक जेष्ठ नागरिकलाई समान गरेका छौं । हरेक क्षेत्रबाट हामीले राम्रो काम गर्दैै गर्दा पार्टीले पनि यो कुरा बुझ्नुपथ्र्यो । पार्टीले मलाई आरोप लगाएको छ सहकार्य गरेन भनेर । मैले जानिन होला । म राजनीतिक प्राणी होइन, सामाजिक प्राणी हुँ । मेरो लागि सबै समान हुन् । यस मामलामा पार्टीले किन बुझेन ? मेरो भावना माथि किन खेलवार्ड ग¥यो त ? मेरो स्वाभिमानमाथि ठेस लगायो ? यी कुरा अब आउने दिनमा पार्टी नेतृत्वले यस्ता काम नगरुन् नेतृत्वमा बस्नेले यस्ता काम गर्नुहुदैन भन्ने उद्देश्यले मैले राप्रपाबाट उमेद्वारी दर्ता गराएको हुँ ।
तपाईले आफ्नो कार्यकालमा वडामा बसेर महत्वपूर्ण काम के के गर्नुभयो ?
–मैले रेडक्रसदेखि बुढासब्बासम्म मापदण्ड अनुसारको सडक निर्माण गरे । १० किमी बाटो धरान १४ मा निर्माण भएका छ । कही कालोपत्रे हुन बाँकी छन् । धरान उपमहानगरपालिकको वडा नं. १४ भनेको ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र हो । त्यसलाई हामीले क्यास गर्न सकेका छैनांंंै । त्यसका लागि सूचना बोर्डको स्थापना गरिएको छ । अहिले त्यो धरानको पहिलो सूचना बोर्ड हो । वाह्य पर्यटकलाई धरान उपमहानगरपालिकाको वडा नं. १४ मा यस खालका मठमन्दिर छन् भनेर जानकारी गराइरहेका छौं । अर्को कुरा शिक्षा सम्बन्धी कुरा पनि जोड्न चाहन्छु । आइटी शिक्षा लिनुपर्छ भनेर त्यहाँका भित्तापाखाका विद्यार्थीहरुलाई पढाउन शुरु गरेका छौं । स्वास्थ्य शिविर राखेर समय समयमा वडा नं. १४ का जनता असाध्यै रोगबाट ग्रसित हुन नपरोस भनेर काम गरिरहेको थिएँ । धरान वडा नं. १४ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर ४६ प्रकारका औषधि वितरण गरिरहेका छौं । कोरोनाको समयमा हामीले हरेकको घर घरमा गएर जनता भन्दा ठूलो हामी हैन भनेर ज्यानको बाजी राखेर एन्टीजेन परीक्षण गर्ने, पिसिआर चेक गर्ने, औषधि पु¥याउने, डेंगो लाग्दा आषधि छर्ने काम ग¥यौं । यो जीवन भनेको राम्रो काम गर्नका लागि हो । रामो काम गर्न अगाडि बढियो तर राम्रो काम गर्नेलाई पार्टीले पछाडि पार्ने काम गर्दोरहेछ । हामीले धेरै यस्ता काम गरेका छौं जसको प्रत्यक्ष रुपमा जनमानसलाई लाभ पुगेको छ । महिला विकासका कुरा, महिला शीपका कुराहरु भए, सामाजिक, शिक्षा, स्वास्थ्यका कुराहरु जुन म अहिले सम्झन पनि सक्दिनँ । अहिले पनि जनता भन्छन् तपाई जस्तो काम गर्ने मान्छे हामी भेट्दैनौं । उहाँहरु भन्नुहुन्छ अब वडा नं. १४ लाई पछाडि धकेल्ने हो कि अगाडि बढाएर सम्बृद्धिको वडा बनाउने हो भनेर उहाँहरुको आग्रहमा मैले उमेद्वारी दिएको हुँ ।’
टिकट वितरण गर्दा नेपाली काँग्रेसले तपाइप्रति जुन अन्याय ग¥यो त्यसमा आर्थिक चलखेलपनि जोडिएको हो ?
–मसँग कसैले त्यस्तो कुराचाहिँ गरेका छैनन् ।
त्यस्तो कुरा सुन्नमा आएको छ नि ?
–मेरो बुझाईमा मसँग भएको छैन अरुसँग गरिएको भए मलाई थाहा छैन ।
यति राम्रो गर्दागर्दै तपाईलाई वाइपास किन गरियो ?
–वाइपास भन्दा पनि प्रेसर प¥यो होला उहाँहरुलाई । म उहाँहरुलाई सम्मान गर्छु । मलाई एउटा शिक्षा दिनुभयो । म अहिले सिकाइकै क्रममा छु । पार्टीलाई पनि चुनौति भएको छ अहिले ।
तपाई आफ्नो जीतप्रति कत्तिको सुनिश्चित हुनुहुन्छ ?
–म ढुक्क छु । म नउठेको भए त्यहाँ समस्या आउँथ्यो होला । मेरा अधूरा सपना पूरा गर्नुपर्छ भनेर लागेको मान्छे हुँ । मलाई कुन क्षेत्रबाट
कसरी बजेट आउँछ, कसरी काम गर्नुपर्छ भन्ने कुर्रा राम्रोसँ थाहा भयो । धरान उपमहानगरपालिकाले दिएको सिलिङ बजेटबाट मात्र काम गर्न सकिदैन । यसका लागि सोत र सोर्ष दुवै चाहिने रहेछ । मैले बुझ्दाबुझ्दै मलाई रोक लगाउने काम भयो । मेरो ठाउँमा अरु भएपनि यही गर्ने थिए । मैले पार्टीलाई अन्तरघात पनि गरेको होइन । नराम्रो भनेको छैन । म नेपाली काँग्रेसलाई सम्मान गर्छु । तर पार्टीले गरेको निर्णय गलत हो भन्ने नै हो ।

