बीपीमा डाइलासिस वार्ड थप

धरान । धरानस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृगौलाका विरामीलाई लक्षित गरी १२ बेडको डाइलासिसको नयाँ युनिट सञ्चालनमा ल्याएको छ । विगतमा ८ वटा सञ्चालनमा रहेको थियो । थपिएसँगै २० पुगेको छ । थपिएका युनिटको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उद्घाटन गर्नुभएको छ, उद्घाटनसँगै सञ्चालनमा समेत आइसकेको छ ।
विगतमा पालो नपाएर राम्रो उपचार नपाएकाहरु डाइलासिसको उपचार विस्तार भएकोमा दंग छन् । विगतमा उपचार गराउनुपर्दा आकस्मिक कक्षबाट रिफर भएर जानुपर्ने बाध्यता हुदा समेत समयमै उपचार नहुदा समस्या भोगेकाहरुले वेड विस्तारसंंगै सहज भएको बताएका छन् ।


५ महिनादेखि लगातार प्रतिष्ठानमा डाइलासिस गर्दै आउनुभएका धरान १४ का पर्शुराम श्रेष्ठले वेड विस्तार भएसँगै सहज भएको बताउनुभयो । उहाँले पहिला आकस्मिक कक्षबाट आउनुपर्ने बाध्यता रहेको बताउँदै त्यसबेला कहिले राती दुई तीन बजे पालो आउने, कहिले कहिले भोलिपल्ट पालो आउने बताउनुभयो । मोरङ पथरीकी कुमारी राईले पनि विगतमा डाइलासिस गर्न धेरै हैरानी व्यहोर्नु परेको वृतान्त सुनाउनुहुन्छ । पाँच बर्ष अगाडिदेखि मृगौलाको डाइलासिस गर्दै आउनु भएकी उहाले विगतमा आकस्मिक कक्षबाट आउदा धेरै समस्या भएको बताउनुभयो ।
यी त त्यहा उपचारमा आएका प्रतिनिधि पात्र हुन् । मृगौलाका उपचारमा आएका नौ सय जना विरामीको समस्या उनीहरुकै जस्तो छ । विगतमा डाइलासिस गर्न पालो पर्खेर बसेकाहरुका लागि यो विस्तारले सहज बनाएको प्रतिष्ठानका प्रवक्ता चुडामणि पोख्रेलले बताउनुभयो । उहाँले मृगौलाको विरामीले डाइलिसिका लागि विगतमा जुन समस्या भोगिरहेका थिए अब त्यो भोग्नु नपर्ने बताउदै ५० बेड पु¥याउने बीपीका लक्ष्य रहेको बताउनुभयो ।
वेड विस्तार गरेसँगै विरामीमात्र हैन उपचारमा संलग्न रहेका चिकित्सक तथा नर्सहरुलाई पनि सहज भएको बताएका छन् । मेडिसिन प्रोफेसर, इन्टर्न मेडिसिन विभागको विभागीय प्रमुख डा.रविन मास्केले उद्घाटन भएर सञ्चालनमा आए पनि अझै केही समस्या भएको बताउनुभयो । उहाँले नेपाल सरकारले विरामीका लागि डाइलासिस फ्रि गरिदिएको भएपनि विगतमा आठवटा मेसिनले महिनाको ९ सय जना विरामीलाई धान्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाले विरामीको चापकै कारण एउटा विरामीलाई हप्ताको दुई पटक वा तीनपटक डाइलासिस गर्नुपर्ने भएपनि प्रतिष्ठानमा हप्तामा दुई पटक डाइलासिस गर्ने विरामी ३० जना मात्र रहेको बताउनुभयो । यता पाच बर्षदेखि लगातार डाइलासिस विभागमै काम गर्दै आउनुभएकी नर्स जोइनकुमारी राईले वेड अभावमा विगतमा उपचार  गराउन कठिन भएको बताउनुभयो । शुरुमा दुवटा वेडबाट सञ्चालन भएको डाइलासिस सेवा विरामीको चापसँगै २ आठ बेड बनाइको थियो । २०६१ सालमा बेलायतको रोयल लण्डन अस्पतालले ११ थान डाइलाइसिस मेसिन सहयोग स्वरूप उपलब्ध  गराएको थियो । त्यसबेलादखेखि मेडिसिन विभाग अन्तर्गतको डाइलाइसिस युनिट स्थापना गरिएको थियो । तर अब वेड विस्तार भएपछि भने विरामी, चिकित्सक तथा नर्सलाई सहज भएको उनीहरु बताउछन् ।

 

तपाईको प्रतिक्रिया