आफै गलेर फर्केछन्
भरतपुर महानगरपालिकालाई विरासतको दिन लागेपछि स्वतन्त्र उमेद्वार भएका जगन्नाथ पौड्याललाई फकाउन, धम्क्याउन, गलाउन गएका स्यालबहादुरका हुक्के, ढोके वैठकेहरु अन्तेमा आफै हत्तु हैरान भएर गलेर फर्किएछन् । नामै जगन्नाथ लत्तरो मुढाले जल्नेवाला नै होइनन् । स्यालबहादुरले यस भन्दा अघि पनि चितउन माउवादीलाई विरासतमा द्या थिए । यसपालि पनि दिने निर्नय गरेपछि चितौन काँग्रेले वाल्वाटारका मुखियाको कुरी कुरी लाग्ने गरी सर्वाङ्ग नांगै बनाइद्या छन् । आफ्नालाई जोर लात्ती बजाएर पराईलाई अंगालो हालेर म्वाई खाएपछि देशैभरि काँग्रेसका कार्जेकर्ता तितरवितर भएका छन् । वाल्वाटारे मुखियाको ठाडो निर्देशनलाई धोती लगाएर स्वतन्त्र उमेद्वारी द्या छन् । प्रचण्डाउपुत्री रेनुलाई जिताउने ठेक्का लिएर चितौन दूत पठाए पनि जगन्नाथका अधिल्तिर विचराको केही गरी चलेन । कुनै प्रलोभनले गलाउन नसकेपसी यतिबेला वाल्वाटार मुखलटारतिर रुवाबासी चलेको छ । जय जगन्नाथ ।

मतपत्र चपाउने कि च्यात्ने तालिम
चितौनतिर यतिबेला मतपत्र च्यात्ने र चपाएर घुटुक्क निल्ने तालिम चल्दैछ रे । होला पनि पहिला पनि तालिम प्राप्तहरुले चपाउने र च्यात्ने गरेकै हुन् । यसपटक उक्त कार्य व्यापक बनाउन दक्ष प्रशिक्षकहरुले माउवादीका कार्जेकर्तालाई भकाभक तालिम दिँदैछन् रे । प्रचण्डाउकी पुत्रील्े मतपत्र नचपाई नच्याति चुनाउनै नजित्ने भएसी यो भन्दा अर्को उपयुक्त बाटो केही हुनै सक्दैन । पहिला जस्तो मतपत्र च्यात्न र चपाउन भने यसपटक त्यति सहज भने छैन । निर्वाचन अयोगले भन्या यसपटक कडा कागजमा मतपत्र छापिएको छ रे । चपाउनै सक्दैनन् रे । च्यात्नै सदैनन् रे । हैन त्यस्तो कडा पनि कही कागज हुन्छ ? आयोगले यसो तर्साएको होला । च्यात्नै नसक्ने चपाउनै नसक्ने कस्तो खालको कागज होला ? हेरम यसपटक चितौनमा पहिला जस्तै च्यातिएन र चपाइएन भने निर्वाचन आयोगको कुरा पत्याउला । फेरि त्यस्तो कडा मतपत्र बनाएर निर्वाचन आयागले रेनु दाहालप्रति अन्याय त पक्कै गदैैन होला ?
कति साह«ो भन्न सक्या होला ?
झालेमालेका अध्येक्षे खप्रओ कहिलेकाहीँ त साह«ै अपाच्य कुरा गर्छन् । त्यसरी पच्नै नसक्ने वात पनि कहीँ गर्नुहुन्छ ? अब हेरम न अस्तिका दिन तिन्ले भन्या प्रचण्ड र माकुनेलाई शेरबहादरको जिम्मा लगाइदिम बाँकीलाई एमालेमा भिœयाउने रे । यो त हदै भएन र ? माकुने र प्रचण्डाउलाई शेरबहादुरको जिम्मा कस्ले लगाइदिने ? जिम्मा लगाउन पनि त हुनुप¥यो ? थुतुनोमा जे आयो प्याच्च नबोल्नु बस्न पाए भन्दैमा थ्याच्च नबस्नु भन्ने उखान खप्रओलाई थाहै रै’नछ । कस्ता कस्ता बडे मियाहरु त साइजमा आउँछन् ।
राप्रपा बलियो रे
केही दिनदेखि केही काइते युटुवे अनलाइनेहरुले जथाभावि लेख्या देख्दा घण्टाघरको नतातिएको पारो पनि त्यसै त्यसै तातिन थाल्या छ । लेख्दा पनि यसो भाँती पु¥याएर पढ्नेले पनि पचाउन सक्ने खालको लेख्नु पर्दैन ? अहिले मुलुकमा माउवादी भन्दा राप्रपा बलियो छ रे । हैन हौ दिउँसै सपना देख्छन् कि क्या हो ? माउवादी भन्या लत्तरो पार्टी त होइन त गाँठे । त्यत्रो जनयुद्ध लडेर आएको हो । जस्लाई पायो त्यसलाई सत्तामा विराजमान गराउने ल्याकत राख्छ । मन नलागेकालाई सत्ताबाट सडकमा पु¥याइदिन्छ । कहाँको राजाराम कहाँको गंगुतेली । राजाराम र गंगुतेलीको तुलनै हुँदैन । अनि माउवादी भन्दा राप्रपा बलियो भनेर फुइ लगाएरर पनि कही हुन्छ ? युटुवे र अलाइनेहरुले के गर्न खोज्या होलान् ? जबरजस्ती गधालाई गाई बनाएर त भएन नि । फेरि को बलियो भन्ने कुरा त निर्वाचनपछि थाहा भैहाल्छ । विना सित्तिमा जथाभावि त लेख्नु भएन नि । कि कसो हौ ?
खा“टी कुरा गरेछन्
नेप्लिज लाँग्रेसका उपसभापति धनराज गुरुङले अस्तिका दिन साह«ै चोटिलो कुरा गरे । हुन त गुरुङ जहिल्यै पनि चोटिलै गफ गर्छन् । चोटिला गफ गर्नेलाई अरुले पचाउँदैनन् । तर अरुले पचाउन कि नपचाउन गुरुङलाई वाल मतलब पनि छैन । तर उन्ले अस्तिका दिन हानेको गफचाहिँ चोटिलै हो । अब हेरम न माउवादीका अध्येक्षे प्रचण्डाउले आफनै पार्टीलाई अहिलेसम्म सात टुक्रा बनाए रे । नेकपा फुटाए रे । एमाले चौटाइदिए रे । अहिले आएर नेपाली काँग्रेसललाई देशैभरि धुजा धुजा बनाइदिए रे । मतलब प्रचण्डाउको लीला अरम्परा छ । प्रचण्डाउको कलाचाहिँ मान्नैपर्छ । आफै राँण देशै भाँड भन्या यही हो । बलियालाई नफुटाई आपूm सत्तामा पुग्नै सकिदैन भन्ने कुरा प्रचण्डाउलाई भलिभाँति ज्ञान छ । यतिबेला देशैभरि आफ्नो संगठन लगभग शून्य भएको बेला चाणक्य नीति नअपनाई पनि त भा’छैन ।
घरमा आगो लगाएर डेरा खोज्ने
नेपाली काँग्रेस यतिबेला आफनो घरमा आगो लगाएर डेरा खोज्न भौतारिएको छ रे । नेपाली काँग्रेसका नेता डा. चन्द्र्र भण्डारीले भन्या । कुरो त गज्जबकै गरे । आफ्नै आलिशान घर, परिवार हुँदाहुँदै घरमा आगो लगाएर डेरा खोज्नु पनि त भएन । यतिबेला देशैभरि काँग्रेसका परिवारजनले स्वतन्त्र, बाँगी उमेद्वारी दिएका छन् । उनीहरुमाथि वाल्वाटारे मुखियाले धमाधम कार्वाहीको डण्डा चलाएका छन् । विद्रोही भएका स्वतन्त्र भएका, बागी भएकाहरुलाई कार्वाहीको सट्टा सम्मान गर्नुपर्छ भनेर भण्डारी उफ्रिएका उफ्रिए छन् । तर वाल्टारे मुखियाले वात सुने पो ? एकोहोरो लौरो घुमाएर कार्वाही ग¥या छन ग¥या छन् । भोलि बलियो र शक्तिशाली घर बनाउन तिनै घरपरिवार चाहिन्छ भन्ने कुरा मुखिया बा’ले कस्तो नबुझेका होलान् ?
का“ग्रेस एक्लै चुनावमा लड्न सक्दैन रे
लुम्बिनी प्रदेशको मुखमन्तरीबाट चिलिम भएका झालेमालको नेता शंकर पोख्रेलले अस्तिका दिन भन्या काँग्रेस एक्लै एमलोसँग चुनाउ लडनै सक्दैन रे । झालेमाले बलियो भएकोले एक्लै लड्न सक्ने भएको रे । मुखमा हान्नुजस्तो । हैन हौ पोख्रेलललाई पनि ओलीकै प्यारप्यरे रोगले गाँजेको रै’छ । देशैभरिकबाट आफूहरु सोत्तर हुन लागेसी विचारा हड्बडाउन लाग्या रै’छन् । देशैभरि कही जित्ने छनक छैन । विचराले रुवाबासी नगरेर के गरुन त । आफ्नै गृह जिल्ला दाङमा उत्तानो पर्ने अवस्था आएको छ । आफ्नै अध्यक्षेको गृहजिल्ला क्लिनसीप होला जस्तो छ । यस्तो अवस्थामा मान्छेले के बोल्छ भन्ने कुराको पत्ता हुँदैन भन्थे हौ रै’छ । उन्को बोली पराजयको हठात मनसिकता भएको त होला नत्र आफ्नो खाएर अरुको गफ किन हान्दिन्थे । जस्तो कर्म ग¥यो त्यस्तै फल पाउने त हो ।
अन्तेमा
आफ्नै सन्तानको कोखामा दाँत उम्रिएपछि अरुलाई के दोष दिनु ? अब होरम न एकाताका वाल्टारे मुखियाका अत्यन्तै विश्वासपात्र अमरेश कुमार सिंहले सर्लाही काँग्रेसमा भाँडभैलो मच्चाएका छन् । काँग्रेसका आधिकारिक उमेद्वारविरुद्ध दर्जनौ ठाममा बागी उमेद्वार हाल्न लगाएछन् । हुन त अमरेश कुमारको धन्दै त्यस्तै हो । तिन्ले गर्ने काम त्यस्तै हो । त्यसै त बुहारी भटमास खाएकी । गठबन्धन भएसी काँग्रेसका हजारौ कार्यकर्ताहरुले विद्रोह ग¥या छन् । तिनलाई सम्हाल्ने नसक्ने अवस्था भा’छ । फकाउदा नि हुन्न, फुलाउँदा नि हुन्न । अन्तेमा केही सीप नचलेसी वाल्वाटारे मुखिया बाले कार्वाहीको डण्डा चलाएका छन् । मुखिया बाकै विश्वासपात्र सिंह भन्ने त्यस्तैलाई बोकेर हिँड्या छन् । यसो भएसी फुइøयाँ हुन्छ ?
