दोस्रो स्थानीय निकायको निर्वाचनसँगै धरान उपमहानगरपालिकामा एमालेको विरासत गुम्ने संकेत काँग्रेसको मेयरमा शानदार ‘इन्ट्री’ को सम्भवना, राईको उमेद्वारीसँगै मतदाता र कार्यकर्ता उत्साहित

धरान । दोस्रो स्थानीय निकायको निर्वाचन अन्तर्गत वैसाख ३० गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा यसपटक नेपाली काँग्रेसले प्रमुख पदमा शानदार ‘इन्ट्री’ गर्ने सम्भावना देखिएको छ ।
गणतन्त्र स्थापना भएपछि र त्यस भन्दा अगाडि एकलौटी वर्चस्व कायम गर्दै आएको नेकपा एमालेको विरासत गुम्ने संकेत देखिएको हो । एमालेमा यतिबेला प्रमुख पदको उमेद्वारी चयनलाई लिएर उक्त दलभित्रै व्यापक असन्तुष्टि देखिनुले उसको विरासत गुम्ने आंकलन स्थानीय राजनेतिक विश्लेषकहरुको रहेको छ ।


स्थानीय राजनीतिक विश्लेषकका अनुसार प्रमुख पदमा पाँच बषसम्म देखिएको एउटै अनुहार पुन ः दोहोरिनु, विगतमा कार्यपालिकामा बसेर धराने जनताको हितमा कुनै काम गर्न नसक्नु, धरानको खानेपानी लथालिंग बनाउन तत्कालीन एमाले सरकारको आडमा काम गर्नु, स्थानीय करमा अत्याधिक बृद्धि गर्नु, नगरपालिकालाई आफ्नो आसेपासे भर्ती केन्द्र बनाउनु, अनावश्यकका भ्रमणमा लाखौ खर्च गर्नु सुकुम्बासी समस्याको स्थायी समधान गर्नुको सट्टा बर्षौदेखि भोट बैंकका रुपमा प्रयोग गर्नु लगायतका दर्जनौ आरोपहरु धरानका मतदाता र स्वयम् एमालेका इमान्दार कार्यर्काहरुले लगाउँदै आएका छन् । यस्तो अवस्थामा धरान उपमहानगरपालिकाको आसन्न निर्वाचन एमालेका लागि फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।
यसपटक नेपाली काँग्रेसले धरान उपमहानगरपालिकाको प्रमख पदको प्रत्यासी छनौटमा सुझबुझपूर्ण निर्णय गरेपछि धरानका आम मतदाता र नेपाली काँग्रेसका कार्यकर्तासँगै अन्य शुभेच्छुक दलहरु उत्साहित देखिएका छन् । उमेद्वार छनौटमा केन्द्रले यस पटक स्पष्ट भिजन भएका, सांगठनिक कुशलता र अन्य दलहरुसँग पनि संयोजनकारी भूमिका निर्वाह गर्न सामाथ्र्य राख्ने किशोर राईलाई उमेद्वार बनाएपछि नेपाली काँग्रेस धरानको राजनीतिमा थप रौनक आएको नेपाली काँग्रेसका नेता विश्वराज शर्माको कथन छ । उहाँ भन्नुहुन्छ राईसँग एउटा स्पष्ट भिजनमात्र नभएर आगामी दिनमा धरान उपमानगरपालकालाई नयाँ शिराबाट धरानबासीको माग र चाहना बमोजिम अगाडि बढाउने सामाथ्र्य छ ।
ऊर्जाशील नेपाली काँग्रेसका युवा नेता राईप्रति अन्य दलका स्थानीय नेताहरु पनि आशावादी रहेको शर्माको कथन छ । निर्वाचनको माहोल क्रिएट गर्न सक्ने, सबै वडामा सबैप्रति सदव राख्न सक्ने, स्वयम् एमालेका कार्यकर्ताहरु पनि यतिबेला राईको उमेदवारीप्रति उत्साहित भएको मैले पाएको छु । धरान उपमहानगर पालिकामा राईको जित सुनिश्चित भएको मैले देखेको छु । धरान उपमहानगरपालिकाका केही वडाहरुमा केही अड्चन आएको छ । बागी उमेद्वार भएका छन् । कोही काँगेसबाट राप्रपामा गएका छन्, त्यसलाई उमेद्वारले मिलाएर लैजान सक्नुपर्छ ।
नेपाली काँग्रेसका सशक्त प्रत्याशी किशोर राई पार्टीको कुनै जिम्मेवार निकायमा नरहँदा पनि त्यतिकै सक्रिय रहनु भएको थियो । आफ्नै सीमित स्रोत र साधनको परिचालन गरी उहाँले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई विभिन्न प्रकारकाले सहयोग पु¥याउँदै आएको शर्माको कथन छ । हरेक समय काँग्रेसका कार्यकर्ताका माझ रहन रुचाउने राईले विगतका दिनमा असशक्त विरामीहरुलाई औषधोपचार वापत खर्च प्रदान गर्ने, हस्पिटलमा आफै पुगेर विरामीको अवस्थाको जानकारी लिने, आइसियु, सिसियुको लागि आवश्यक भनसुन गरिदिने जस्ता दर्जनौ कार्यले वास्तवमा राइर्को धराने जनताका बीचमा छुट्टै परिचय बनाएको शर्माको बुझाइ छ । पदमा नहरँदा समेत काम गर्न सदैव उत्साहित हुने राईले पदमा पुगेपछि अझ उत्साहपूूर्ण काम गने शर्माको विश्वास छ । उहाँ भन्नुहुन्छ, नेतृत्वले यसपटक नेपाली काँग्रेसका युवा नेता राईलाई धरान उपमहानगरपालिकामा उमेद्वार बनाएर धरानको काँंगेसलाइ न्याय गरेको छ ।

तपाईको प्रतिक्रिया