युरेका उच्च मावि तहमा स्थापना कालदेखि नै उच्च नतिजा ल्याई पूर्वाञ्चलमै ख्याति आर्जन गरेको तथा रियल स्कुल अफ २०१३ का विजेता युरेका उच्च माविमा शनिवार ननतिजा प्रकाशनसागै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा १ देखि कक्षा ९ सम्म उच्च अंक ल्याई प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण
गरिएको थियो । कोशी अञ्चल प्रहरी कार्यालय प्रमुख एवम् एसएसपी ज्ञानविक्रम साह, विद्यालयका निर्देशक राजेन्द्र गुरुङ्ग, विद्यालयका प्रिन्सिपल सुदिप एल्मो, नेपाली कााग्रेस सुनसरीका सहसचिव विकास आचार्यले लगायतले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रमाणपत्र एवम् पुरस्कार वितरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै कोशी अञ्चल प्रहरी प्रमुख एवम् एसएसपी ज्ञान विक्रम साहले भन्नुभयो गुणस्तरीय शिक्षा नै देश निर्माणको मुख्य आधार हो । युरेका उच्च माविले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको हुनाले एसएलसी परीक्षा र उच्च माविको तर्फबाट विज्ञान, व्यवस्थापनमा राम्रो नतिजा ल्याउन सफल भएको हो । शिक्षाको स्तर खस्कन नदिन पनि उहााले विद्यालय सञ्चालकसाग आग्रह गर्नुभयो । नतिजा प्रकाशन र पुरस्कार वितरण समारोहमा आफ्ना बालकबालिकासागै सैयौ अभिभावक विद्यालयमा उपस्थित भएका थिए ।
