नवोदय उच्च माविमा अभिभावक दिवससंगै पुरस्कार वितरण

धरान/अनुशासन नै शिक्षाको मेरुदण्ड हो भन्ने मूल उद्देश्यका साथ वि.सं. २०४५ सालमा धरान १६ लेखनाथ चौकमा स्थापना भएको नवोदय उच्च माविमा अभिभावक दिवससागै पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
एक हजार भन्दा बढी विद्यार्थी रहेको नवोदय उच्च मावि प्रारम्भदेखि नै गुणस्तरीय शिक्षाका लागि धरानमा मात्र हेन पूर्वाञ्चलमै चर्चामा रहादै आएको छ । आफ्नै भौतिक संरचनामा रहेको उक्त विद्यालय वि.सं. २०६३ सालदेखि मावि हुादै उच्च मावि र कलेज सञ्चालनको अवस्थामा पुगेको छ । हाल उक्त विद्यालयले धरान १६ अन्नपूर्ण मार्गमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट संकाय सञ्चालन गर्दै आएको छ ।
सोमबार आफ्नै प्रांगरणमा अभिभावक दिवसागै कक्षा नर्सरी देखि कक्षा ९ सम्मको बार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको थियो । ठूलो संख्यामा उपस्थिति भएका अभिभावकहरुका बीचमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गरेकोमा पुरस्कार मात्र थापेनन् आकर्षक, मनमोहर मनै छुने गीत संगीत र नृत्य समेत प्रस्तुत गरेका थिए । सो अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि एवम् ब्लाष्ट टाइम्स दैनिकका सम्पादक
राजकुमार कार्कीले भन्नुभयो, नवोदय विद्या मन्दिर उच्च मावि हुादै कलेज सञ्चालनको अवस्थासम्म आइपुग्नु विद्यालय सञ्चालकको मेहनत, विद्यार्थीहरुको अनुशासन र लगनशीलता नै हो । यसैगरी विद्यालयका प्रिन्सिपल निरकुमार राईले विद्यालयको विगतको अवस्था कोट्याउदै भन्नुभयो आज हामी जुन स्थानमा आइपुगेका छौं त्यसको सम्पूर्ण श्रेय अभिभावक, शिक्षक, शिक्षिका र विद्याथीहरुमा जान्छ । उहााले थप्नुभयो वि.सं. २०६३ सालदेखि मावि तह सञ्चालन भएपछि प्रत्येक बर्ष सतप्रतिशत रिजल्ट ल्याउन विद्यालय सफल रहादै आएको छ । विगतमा जसरी सबै क्षेत्रबाट विद्यालयले सहयोग प्राप्त गर्‍यो आगामी दिनमा पनि त्यसै प्रकारको सहयोग प्राप्त हुने उहााले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले विज्ञान सम्बन्धी प्रदर्शन राखेका थिए भने शिक्षक शान्त दाहाल, विद्यार्थी मेघा गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया