३० चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्ऽ शाहले विगतको बर्ष सार्थक र उत्साहप्रद नभए पनि नयाा बर्ष सुखद हुने विश्वास व्यक्त गरेका छन् । नयाा बर्षको शुभकामना सन्देश दिादै उनले नेपालीहरुबीच कटुता नदोहोरियोस् भन्दै राष्ट्रको भविष्यका लागि जागरुक बन्नेबेला आएको बताएका छन् ।
नयाादिल्लीबाट नयाा बर्ष २०७२ सालको शुभकामना सन्देश दिादै शाहले भनेका छन्, ‘वितेका वर्ष देशका निम्ति आशा अपेक्षा मुताविकको सुखद, सार्थक र उत्साहप्रद रहन सकेन । सबै मिलेर सबैमा समान्जस्य ल्याएर र सबैलाई समेटेर जानुपर्ने आजको यस्तो संगीन क्षणमा परस्पर निषेध, विभेद र अनमेल भैराख्नु निश्चय पनि सुखद विषय होइन ।’
अहिलेको राजनीतिक परिस्थितिका कारण नेपाली जनता चिन्ता, निराशा र वितृष्णाको स्थितिमा रहेको उनले दाबी गरेका छन् । राष्ट्रको समुन्नतिलाई निरन्तर अघि बढाउादै जानुपर्नेमा उनले जोड दिएका छन् ।
‘नियम र नियतिले जति नै निराशा, कुण्ठा तथा वेदना बनाए पनि स्वाभिमानी नेपाली जनताले अब आफ्नो राष्ट्र, राष्ट्रिय भविष्यका निम्ति जागरुक बन्नुपर्ने वास्तविकता अहिलेको काल वेलाले देखाएको छ,’ शाहको सन्देशमा भनिएको छ, ‘अतीतका कटुता अब फेरि नदोहोरिउन, अबको आगत स्वागत गर्ने शैलीमा आवस् ।’
त्र
