धरान । मुलुक स्थानीय निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार देशभरका स्थानीय निर्वाचनमा उमेद्वारी मनोनयन सम्पन्न गरेको छ ।
दलहरु तामझामका साथ मनोनयन गर्न निर्वाचन कार्यालय पुगेका थिए । यसै क्रममा सुनसरीको धरानमा समेत पब्लिक स्कूलको प्रांगरणमा रहेको निर्वाचन अधिकारीको कार्यालयमा दलबलसहित मनोनयन दर्ता पुगेका थिए ।

मनोनयन दर्ता गर्न पुगेका दलहरु अधिकांशले नगरको विकासमा आफू प्रतिबद्ध रहने बताएका थिए । दुई दिन मनोनयन दर्ताको समय भएपनि आइतबार साना दल तथा स्वतन्त्र दलले मात्र उमेद्वारी दिएका थिए । सोमबार भने सत्ता गठबन्धन तथा एक्लै अस्तित्व जोगाउन उमेद्वारी दर्ता गर्न गएको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्टिूय प्रजातनन्त्र पार्टी लगायतले उमेद्वारी दर्ता गराएका थिए ।
उमेद्वारी दर्ता गराएकाहरुले आफ्नो जित सुनिश्चित भएको बताएका थिए । सबै्र भन्दा अगाडि उमेद्वार दर्ता गर्न गएको नेकपा एमालेका तर्फबाट तत्कालीन धरान उपमहानगरपालिकाकी उपमेयर तथा मेयरको प्रतिष्पर्धी मञ्जु भण्डारी सुवेदीले यस पटक नेकपा एमालेको जित सुनिश्चित भएको बताउनुभयो । उहाले स्व. तारा सुब्बाको निधनपछि थोरी कावा मेयर भएर नगरपालिका हाक्दा धरानमा गर्नुपर्ने धेरै कुराहरु देखेको भएपनि ०७६ को उपनिर्वाचनबाट मेयरको रुपमा काँग्रेसका तर्फबाट तिलक राई आएपछि आफूले चाहेको काम गर्न नसकेको बताउनुभयो । उहाले धरानमा खानेपानी समस्या समाधानदेखि लिएर धेरै काम गर्न बाकी रहेकोले आफू नेतृत्वमा पुग्दा ती सबै काम पूरा हुने बताउनुभयो ।
यता गठबन्धनका तर्फबाट मेयरका उमेद्वार बनेका किशोर राईले धरानलाई पर्यटक, खेलकुदको हवसँगै धरानमा रहेको खानेपानी समस्या समाधानमा आफू लाग्ने बताउनुभयो । उहाले विगतमा पनि काँग्रेसले नेतृत्व धेरै गर्न नपाएको बताउदै धरानको विकासकै लागि गठबन्धनका तर्फबाट आफू उमेद्वार बनेको बताउनुभयो ।
तर साना दलहरुले भने ठूला दलहरुभन्दा फरक मत राखेका छन् । ठूला दलहरुले आफ्नो स्वार्थभन्दा अरु केही नहेरेको धरानको विकासमा माखो केही नमारेकोले अब विकल्पका रुपमा आफूहरुलाई धरानेहरुले जिताउनुपर्ने बताएका छन् । उनीहरुले धरानको विकास चाहने धरानेहरुले आफूहरुलाई भोट दिएर जिताउन आग्रह समेत गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् मेयरका प्रत्यासी ताजुव लिम्बुले ठूला दलहरुले पटक पटक उपमहानगरपालिकाको जनप्रनिधिको हैसियतले काम गर्दा पनि धराने जनताको आंकाक्षा अनुरुप काम गर्नसकेको बताउनुभयो । यस्तै राष्टिूय प्रजान्त्र पार्टीका तर्फबाट मेयरका प्रत्यासी नरेश शाक्यले यस पटक स्थानीय तहमा परिवर्तनको खाचो रहेकोले स्थानीय तहमा विकास लिएर राप्रपा आएको बताए ।
नगरको जिम्मा पाइसकेकाहरुले कोरोना संक्रमणका कारण सोचेजस्तो काम गर्न नपाएको बताउदै आएको र कोरोनाकै कारण थाँति रहेका विकास निर्माणका कामहरु आफू विजेता भएमा निरन्तता दिने बताएका छन् भने साना दलहरुले जिम्मेवार पदहरुमा नेपाली काँग्रेस र एमालेले नै भएपनि विगतमा धराने जनताको लागि केही नगरेको आरोप लगाउदै आफ धराने जनताले आफूहरुलाई विकल्पको रुपमा जिताउनुपर्ने बताएका थिए ।
