धरान । धरानमा ट्राफिक अस्तव्यस्तताका कारण हुने दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सरोकारवालाहरुसंग मिलेर न्यूनिकरण अभियान शुरु गर्ने भएको छ ।
चितवन जिल्ला ट्राफिक कार्यालयका कार्यभार सम्हालेर जिल्ला ट्राफिक कार्यालय सुनसरीमा सरुवा भएर आएका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक श्याकुमार बस्नेतले कार्यभार सम्हाल्ने वित्तिकै सम्बन्धित सहकार्यका लागि छलफल शुरु गरेका छन् ।

उनले कार्यभार सम्हालेपछि पहिलो पटक शुक्रबार सञ्चारकर्मीहरुसंग धरानको ट्राफिक व्यवस्थापनका सम्बन्धमा राय सल्लाह लिएका छन् । सञ्चारकर्मीहरुले धरानको मुख्य समस्या धरानको भानुचौकमा हुने गरेका ट्राफिक जाम, सोही ठाउमा हुने विभिन्न सामाजिक संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम लगायतले अझ समस्या भएकोले यसलाई सुझाउनुपर्ने सञ्चारकर्मीले बताएका थिए । धरानको अर्को समस्या सिटी सफारी तथा टेम्पोको जाम बढी हुनेमात्र हैन कतिपयलाई ट्राफिक नियम थाहा नहुने, धरानका सडकमा जथाभावि निर्माण सामाग्री राखेर बाटो जाम गर्ने, सडक नै छेकेर वैवाहिक कार्यक्रम गर्ने लगायतका समस्या भएको सञ्चारकर्मीले बताएका थिए ।
सञ्चारकर्मीको सल्लाह सुझाव सुनिसकेपछि प्रहरी निरीक्षक बस्नेतले यी यावत कुरालाई निराकरण गर्न सबै पक्षसंग बसेर छलफल गर्ने र ट्राफिक जाम, दुर्घटन युनिकरणमा काम गर्ने बताए । उनले भने
‘धरानको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी एक्लैले सम्भव छैन, सबै सरोकारवालाहरुसंग सहकार्य र समन्वय गरेर जाने मेरो उद्देश्य छ ।’
उनले अधिकांश दुघटना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएकै कारण हुने गरेकाले मापसे चेकजाचलाई कडाइ गरिने बताए । उनले भने(‘मापसे गरेर सवारी साधन चलाउनार्कै कारण दुर्घटनाको जोखिम बढ्दै गएको पाइएको छ, मापसे चेकजाचलाई हामी कडाई गछौ्र्र ।’
ट्राफिक प्रहरीले तथ्यांक अनुसार नेपालमा प्रत्येक दिन ७ देखि ८ जना सडक दुर्घटनामा मृत्यु हुने, प्रत्येक महिना दुई हजार पाचसय २० जना र बार्षिक २५ हजार २ सय जनाले सडक दुर्घटनाकै कारण मृत्यु हुने गरेको पाइएको छ ।
