सुनसरीको १२ स्थानीय निकायमा नेपाली कांग्रेसबाट को कहा“बाट प्रत्यासी बने ?

धरान । आसन्न स्थानीय निर्वाचन आउन अब १६ दिन बाँकी रहेको छ । लोकन्त्र स्थापनापश्चात हुन लागेको दोस्रो स्थानीय निर्वाचन वर्तमान सत्ता गठबन्धन बीचमा तालमेल भएको छ ।
सुनसरी अन्य जिल्लाको तुलनामा नेपाली काँग्रेसको लागि चासोको रुपमा रहेको छ । सुनसरीमा दुई उपहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । २०७४ सालको निर्वाचनमा नेपाली काँगे्रसले ३ नगरपालिका र ५ गाउँपालिकामा जित हाँसिल गरेको थियो । दुई उपमहनगरपालिका एक नगरपालिकामा वर्तमान प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वर्चश्व जमाएको थियो ।
सत्ता गठबन्धन दलबीच भएको तालमेल अनुसार सुनसरीका दुई उपमहानगरपालिका, तीन नगरपालिकामा नेपाली काँग्रेले प्रमुख (मेयर) पाएको छ भने एक नगरपालिकामा प्रमख र उपप्रमुख दुवै पाएको छ । धरान उपमहनरपालिकामा नेपाली काँग्रसका तर्फबाट प्रमुखको प्रत्यासीमा नेपाली काँग्रेसका युवा नेता किशोर राई, इटहरी उपमहानगरपालिकामा जुझारु युवा व्यक्तित्व हेमकर्ण पौड्याल, दुहवी नगरपालिकामा पुनः देव गच्छदार, रामधुनी नगरपालिका (झुक्का) मा सुदिप अधिकारी बराहक्षेत्र नगरपालिकामा रमेश काकी र इनरुवा नगरपालिकामा नेपाली काँग्रेसका पार्टी जिल्ला सभापति समेत रहनु भएका अधिवक्ता केदार भण्डारी र उपप्रमुखमा विनिता मेहताले उमेद्वारी पाउनु भएको छ ।


यसैगरी गाउपालिकातर्फ हरि नगरा गाउँपालिकाको अध्यक्षमा गफार अन्सारी, कोशी गाउँ पालिकको अध्यक्षमा एयुव अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा अजमल अन्सारी, देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा श्यामलाल मेहता, बर्जुु गाउँपालिकाको अध्यक्षमा रघुनन्दन चौधरी र गढी गाउँपालिकाको अध्यक्षम महेश दत्तले सोमबारै आफ्नो मनोनयन दर्ता गराउनु भएको छ । भोक्राहा नरिसिंह गाउँपालिकामा यसभन्दा अगाडि उपेन्द यादवको जनता समाजवादी पार्टीले जित हाँसिल गरेको थियो । गाउँँपालिका स्तरमा कुनैपनि ठाउँमा पाँच दलीय गठबन्धन हुन सकेन । सत्ता गठन्धन दलबीच अन्तिम समयसम्म छलफल चलेपनि नेपाली काँग्रेसको प्रभाव क्षेत्रमा समेत संगठन नभएका गठन्धन दलभित्रका दलले मुख्य पदम अडान नछाडेपछि गठबन्धन टुटेको थियो । गाउँपालिका स्तरमा मित्रवत प्रतिष्पर्र्धा गर्ने सहमति बमोजिम गठबन्धनभित्रका अन्य दलले आ–आफ्नो उमेद्वार केही ठाउँमा दिएका छन् केही स्थानमा उनीहरुले उमेद्वारी दिन सकेनन् ।

का“ग्रेसका दुई वडाध्यक्षले पार्टी परित्याग गरी राप्रपामा प्रवेश, एक कार्यकर्ता स्वतन्त्रमा उमेद्वार

सबैको चासो र सरोकार रहेको धरान उपमहनगरपालिकाको निर्वाचनमा मनोनयन दर्ताको समयमा काँग्रेसका दुई निवर्तमान वडाध्यक्षहरुले नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् भने केही वडामा काँग्रेसका कार्यकर्ताहरुले स्वतन्त्र उमेद्वारी समेत दर्ता गरेका छन् ।
धरान उपमहानगरपालका वडा नं १ का निवर्तमा वडाध्यक्ष रोशन अधिकारी र वडा न. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले मनोनयनकै दिन नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षमा उमेद्वारी दिएका हुन् । उनीहरु दुवैको जिकिर छ पाँच बर्ष वडाध्यक्ष भएर इमान्दारिताका साथ काम गर्दापनि आफूहरुको पुनः दोहोरिने चाहनालाई पार्टीले समर्थन नगरेपछि बाध्य भएर वडाको विकास गर्न राप्रपामा प्रवेश गर्नुपरेको बताएका छन् । पाँच बर्षमा आफूहरुले गरेको कामम कसैले खोट लगाउन नसक्ने उनीहरुले दाबी गरे ।
उता धरान उपमहानगरपालिका वडा नं. ८ बाट नन्दराज राई (नन्दु) ले विद्रोह गरी बागी उमेद्वारी दर्ता गराउनु भएको छ । जनजाति महासंघ सुनसरीका जिल्ला अध्यक्षको समेत जिम्मेवारी सम्हालीसक्नु भएका राईले विगतमा पनि वडाध्यक्षको लागि स्थानीय नेतृत्वलाई आग्रह गर्नुभएको थियो । इमान्दार कार्यकर्ताका रुपमा चिनिनु हुने राईले भन्नुभयो, आजसम्म आफनो बाबुबाजेको पैतृक सम्पत्ति बेचेर पार्टीमा संगठन गरेर हिँडे । आजसम्म कसैको एक रुपैयाँ खाएको छैन । तर सधै आफूमात्र उपेक्षित हुनुपर्नै ? असैह्य भएपछि स्वतन्त्र उमेद्वारी दर्ता गराएको हुँ, राईले भन्नुभयो ।
धरान उपमहनगरपालिका निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षहरुमा वडा नं. १ मा यज्ञमणि द्वारिका आचार्य, वडा नं. २ मा सुधिरसिंह लिम्बु, वडा नं. ३ बाट विद्या शाक्य, वडा नं. ९ बाट रुपेश आचार्य, वडा नं. ५ बाट सन्तोष लिम्बु, वडा नं. १२ बाट विष्णु तामाङ, वडा नं. १६ बाट मुरारी भट्टराई, वडा नं. १३ बाट पेम्बा तामाङ, वडा नं. १४ बाट श्याम श्रेष्ठ, वडा नं. १८ बाट नरेन्द्रकुमार राई  (प्रवीण), वडा नं. ७ बाट सुवर्ण पलिखे, वडा नं. ८ बाट उत्तम राईले वडाध्यक्षमा मनोनयन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया