धरान । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको मूल्यसूुचि अनुसार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि जारी गरेको छ ।

नेपाल आयल निगमले सोमबार जारी गरेको विज्ञप्ती अनुसार डिजेलमा प्रतिलिटर रु २.२ पैसा र हवाई इन्धनमा ०.३८ पैसा बृद्धि गरेको र पेट्रोलमा ४.७९ पैसा घटेको जनाएको छ ।
पछिल्लो पटक समायोजन भएको मूल्य सूचि अनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ७५ करोड घाटा हुने जनाएको छ । नयाँ मूल्य सूचि अनुसार काठमाण्डौको बिक्री विन्दु सम्मको पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्याँसको घाटा नाफा समेत सार्वजनिक गरेको छ । विज्ञप्ती अनुसार भारतीय आयल कर्पोरेशनबाट पेट्रोल खरिद १७८.१६ पैसा विक्री १६०, प्रतिलिटर घाटा १८.१६, पन्द्र दिनमा ५७.३४ करोड घाटा, डिजेल खरिद मूल्य १७३.५ पैसा विक्री १४३, घाटा ३०.५पैसा, १५ दिनमा घाटा २३२.३८ करोड । मट्टितेल खरिद १३६.३३ पैसा, विक्री १४३, नाफा ६.६७ पैसा, हवाई इन्धन आन्तरिकतर्फ खरिद १३९.२४ पैसा, बिक्री १५६ रुपैया नाफा १६.७६, १५ दिनमा ४.४८ करोड नाफा, हवाई इन्धन वाह्यतर्फ खरिद ११९.६४, विक्री अमेरिकी डलर १.५४५ पैसा नाफा ६८.२१, १५ दिनको ३५.१५ करोड , एलपी ग्याँस खरिद प्रति सिलिण्डर २५५१.४५ विक्री १६ सय, घाटा ९५१.४५, १५ दिनको घाटा ३७३.५३ करोड ।
पछिल्लो मूल्य सूचि अनुसार निगमलाई प्रति महिना ७ अर्ब ४७ करोड घाटा हुने विज्ञप्तीमा जनाइएको छ । वैसाख १० गते अर्थात २३ अप्रिल २०२२ सम्ममा भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नका लागि इन्धन विक्रीबाट प्राप्त रकम, अपुग भएको रकम विभिन्न वित्तीय संस्थाहरुबाट ऋण लिनुपर्ने अवस्था रहेको छ ।
