धरान । सत्ता गठबन्धन दलले टुंगो लगाएको स्थानीय निकाय अन्तर्गतको महानरपालिका र उपमहानगरपालिकाको मेयर, उपमेयरको भागबण्डामा मुलुकभरिका काँग्रेस कार्यकर्ताहरुले विद्रोह गर्दै उमेद्वारी दिने भएका छन् । गठबन्धनले टुंगो लगाएको ६ वटा महानगरमा काठमाण्डौमा मेयर काँग्रेस, उपमेयर समाजवादी, ललितपुरमा मेयर, उपमेयर दुवै काँग्रेस, विराटनगरमा काँग्रेस, उपमेयरमा जसपा, भरतपुरमा माओवादी, उपमेयर सहित सबै वडा काँग्रेस,पोखरामा मेयर समाजवादी, उपमेयर काँग्रेस, वीरगञ्जमा मेयर जसपा, उपमेयर काँग्रेसलाई भाग लगाइएको छ ।

यसैगरी ११ वटा उपमहानगरपालिकाहरुमा धरानमा मेयर काँग्रेस, उपमेयर समाजवादी र माओवादीको सहमतिमा, इटहरीमा मेयर समाजवादी, उपमेयर काँग्रेस, जनकपुरमा मेयर काँग्रेस, उपमेयर जसपा, जितपुर सिमरामा मेयर माओवादी, उपमेयर काँग्रेस, कलैयामा मेयर जसपा, उपमेयर काँग्रेस हेटौडामा मेयर समाजवादी, उपमेयर काँग्रेस, बुटवलमा मेयर काँग्रेस, उपमेयर समाजवादी, घोराहीमा मेयर काँग्रेस, उपमेयर जनमोर्चा र माओवादीको सहमतिमा, तुल्सीपुर मेयर काँगेस, उपमेयर समाजवादी, नेपालगञ्चमा मेयर काँगे्रेस, उपमेयर माओवादी र धनगढीमा मेयर काँग्रेस र उपमेयर समाजवादीले पाउने निर्णय गरेका छन् ।
पाँच दलीय गठबन्धनको निर्णयप्रति नेपाली काँग्रेस पोखरा महानगरपालिका,इटहरी उपमहानगरपालिका, चितवनमहानगरपालिका, विरगञ्ज महानगरपालिका लगायतका अधा दर्जन भन्दा बढी स्थानमा नेपालीकाँग्रेसका कार्यकर्ताले चरम असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उमेद्वारी दिने भएका छन् । विगतमा इटहरी उपमहानगरपालिकामा झिनो मतले नेपाली काँग्रेस मेयरमा पराजित भएको थियो । पाँच बर्षको अवधिमा काँगेसले संगठन विस्तारलाई व्यापकता दिएको थियो । यसपटक सात हजार भन्दा बढी मतले काँग्रेस विजय हुने स्थानीय नेताहरुले बताइरहँदा केन्द्रबाट लादिएको गठबन्धनले संगठन तहस नहस हुने अवस्थामा पुगेको काँग्रेसका जुझारु कार्यकर्ता गजेन्द्र ढकालले बताउनुभयो । संगठन गर्ने कार्यकर्ता तर निर्णय गर्ने केन्द्रको परिपाटी ठीक भएन त्यसैले विद्रोह स्वभाविक हुन्छ ।
