धरान । भारतीय सविधानका जन्मदाता डा.भिमराव रामजी अम्बेडकरको १३१ औं जन्मजयन्ति काठमाण्डौमा विशेष कार्यक्रमका साथ गत हप्ता मनाइएको छ ।

सन् १८९१ मा जन्मनु भएका कानुनविद एवम अर्थविद एवम दलित नेता डा.अम्बेडकरले भारतको संविधानको ड्राफट गर्नुभएको थियो । जवाहरलाल नेहरुको मन्त्री मण्डलमा न्याय तथा कानुन मन्त्री समेत रहनु भएका अम्बेडकरको जन्मजयन्ति काठमाण्डौ विश्व विद्यालयसँग सहकार्य गर्दै भारतीय राजदुतावास अन्तर्गत रहेको बीपी कोइराला भारत–नेपाल फाउन्डेशनले मनाएको हो ।
नेपालका पूर्व सभामुख दमननाथ ढुंगाना, काठमाण्डौ विश्व विद्यालयका उपकुलपति डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बराल, बीपी कोइराला
भारत नेपाल फाउन्डेशनका सचिव नविनकुमार लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा डा. यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा जस्ता विद्वत वर्गहरुले डा. अम्बेडकरका बारेमा आफ्ना धारणा राख्नु भएको थियो । प्रमुख अतिथिका रुपमा रहनु भएका प्रथम राष्ट्रपति डा. रामवरण यादवले भन्नुभयो सामाजिक न्याय र समावेशीकरणका लागि डा. भीमराव अम्बेडकरको योगदान अतुलनीय रहेको छ । भारतको संविधान निर्माणमा अम्बेडकरको उल्लेखनीय नेतृत्व र दुरदृष्टिको स्मरण यादवले गर्नुभएको थियो । यसैगरी पूर्व सभामुख दमननाथ ढुंगाले नेपाल सहित दक्षिण एसियाभरि नै अहिलेको परिप्रेक्ष्यमा बाबा साहेव अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकतामाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा काठमाण्डौ विश्व विद्यालय नेपाल सेन्टर फर कन्टेम्पररी स्टडिजको समेत उद्घाटन गरिएको थियो ।
त्र
