काँग्रेसद्वारा रकम नउठाउन चेतावनी

काठमाण्डौ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले स्थानीय तहको निर्वाचनमा उमेद्वारी सिफारिस गर्दा नगर, क्षेत्र, प्रदेशसभा र प्रदेशलाई कुनै प्रकारको रकम नउठाउन चेतावनी दिएको छ ।
वडा स्तरसम्म गरिएको सिफारिसमा नगर, प्रदेशसभा, क्षेत्र र जिल्ला तहमा बसेका एकथरि व्यक्तिहरुले पार्टीको टिकट दिलाइदिन्छु भन्दै रकम बार्गेनिङ्ग गरेको, रकम असुलेको उजुुरी पार्टीको केन्द्रीय कार्यालयमा परेपछि त्यस्तो चेतावनी दिएको हो ।
पार्टीले एक विज्ञप्ती प्रकाशित गरी काँग्रेसको विधान र नियमावली विपरीत त्यस्ता कार्य नगर्न चेतावनी दिएको हो । पार्टी सदस्यले बुझाउनुपर्ने सदस्यता शुल्क वा लेबीबाहेक रकम उठाएको पाइएमा त्यस्ता व्यक्तिलाई कार्वाही गर्ने समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया