नेपाली काँग्रेस बीपीको आदर्शबाट स्थापित पार्टी हो । देशभरमा यसका लाखौ मतदाता र सक्रिय कार्यकताहरु छन् । काँगेसको आफनै स्थापित मान्यताहरु छन् जसले काँग्रेलाई ७०÷७१ बर्ष देखि जोगाइ राखेको छ ।
तर काँग्रेसभित्रका पदलोलुप नेतृत्वहरुका कारण इतिकासमै सबैभन्दा कमजोर देखाउन खोजिदैछ । काँग्रेस कमजोर भएर कमजोर देखाउन खोजिएको होइन । सत्ता विना बाँच्नै नसक्ने लोभीपापीहरुको झुण्डले बलियो काँग्रेसलाई कमजोर बनाउने सुनियोजित षड्यन्त्रमात्र हो ।
सत्ता गठबन्धन गरी प्रधानमन्त्री बनाइएको गुण तिर्न काँग्रेसका सभापति तथा प्रधानमन्त्रीले जनताबाट तिरस्कृत भइसकेका संगठन नै नभएका दलसँग गठबन्धन गर्ने जुन राग अलापेका छन् त्यसले देशभरिका काँग्रेसका कायकर्ताको मनोबल खस्किएको छ । स्थानीय चुनावदेखि प्रदेश र संसदको चुनावसम्मको गठबन्धनको जुन तयारी भइरहेको छ त्यो वैसाख ३० गतेको चुनावका लागि मात्र होइन अन्य दुई निर्वाचनका लागि पनि काँग्रेसका लागि प्रत्युत्पादक हुनेछ ।

संसदमा आजसम्म कुनै वर्चस्व कायम गर्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने निर्णय गरिरहँदा सबैभन्दा बढी समय सत्ताको नेतृत्व गरेको काँग्रेसले आज गठबन्धन गर्नु कत्तिको सान्दर्भिक हुन्छ ? पार्टी सभापतिको गठबन्धन मोहले काँग्रेसका आम मतदाता, कार्यकर्ता चिढिएका छन्, रुष्ट बनेका छन् । खाइ नखाई पार्टीको संगठनमा अहोरात्र खटिएका कार्यकर्ताको भावना नेतृत्वले बुझ्न नसक्नु विडम्बना हो । गठबन्धनको औचित्य किन प¥यो ? एमालेलाई सत्तामा आउन रोक्न नै गठबन्धन गर्न खोजेको हो भने त्यो सर्वसत्तावादी चरित्र हो ।
आजका नेपाली काँग्रसका कार्यकर्ता नेतृत्वको हरेक गलत निर्णयको साक्षी बस्न तयार छैनन् । हुदैनन् पनि । मुलुकभरि माओवादीको संगठन रित्तो भइसकेको छ । ऊ एक्लै निर्वाचनमा जान सक्ने ल्याकतमा छैन । एमालेबाट फुटेको माधव नेपालको भुलुकभरि ५ हजार मत समेत छैन । उपिन्द्र यादव तराईमा सबैभन्दा कमजोर देखिएको छ । जनमोर्चा एक दुई जिल्लाबाहेक अन्यत्र उपस्थिति समेत छैन । यो अवस्थमा तिनैसँग गठबन्धन गर्दा काँग्रेसलाई नोक्सानबाहेक केही हात लागि हुने छैन । निर्वाचनमा कसैले कसैलाई रोक्ने कुरा हाँस्यास्पद हो । सदैव मेरै वर्चस्व हुनुपर्छ भन्ने सोच अझ गलत हो । गठबन्धनको सवाललाई लिएर काँग्रेसभित्र कतिससम्म हर्कत देखिन थालेको छ भने नेतृत्वमा बसेका र तिबाट लाभ लिएकाहरु गठबन्धनको विरोध गर्दा पार्टीबाटै निस्केर जा भन्न थालेका छन् । आफ्ना चिढ्याएर पराई खुशी पार्दा त्यसले कतिञ्जेल ओत दिन्छ ?
मोरङ काँग्रेसले भने अत्यन्तै राम्रो निर्णय गरेको छ । मोरङमा नेपाली काँग्रेस एक्लै निर्वाचन लड्ने कोहीसँग गठबन्धन नगर्ने जुन निर्णय भएको छ त्यसले काँग्रेसका मतदाता र कार्यकर्तामा रक्तसञ्चार भएको छ । कञ्चनपुरमा पनि यस्तै निर्णय भएको छ । विस्तारै अन्य जिल्लाहरुमा पनि यस्तै निर्णय हुँदै जालान् । नेतृत्वले केन्द्रबाट लादेको निर्णय अब नेपाली काँग्रेसका कार्यकर्ताहरुले विगतको जस्तै शिरोपर गर्दैनन् । विचार नमिल्ने, आदर्श नमिल्नेहरुसँग गठबन्धन गर्दा भोलिका दिनमा काँग्रेसका मुलुकभरिका कार्यकर्ता विद्रोह गर्दैनन् भन्न सकिदैन । आफ्ना बाहेक अरुलाई मतदान गर्नुपर्छ उनीहरु अन्तै पनि मतदान गर्न सक्छन् । त्यसले एमाले, राप्रपालाई फाइदा पु¥याउँछ । त्यसैले काँग्रेसले यो कुरालाई मनन गर्नुपर्छ । अन्यथा भोलि पछुताउनुको विकल्प रहँदैन । निर्वाचनमा हार र जीत स्वभाविक हो । गठबन्धनको नाममा आफ्ना मतदाता चिढ्याउने कार्यकर्तालाई पलायनको बाटो रोज्न बाध्य पार्ने प्रयास नेतृत्वबाट नहोस् ।
