धरान । आसन्न स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसको तर्पmबाट धरान उपमहानगरपालिका वडा नं. १ र १८ मा वडाध्यक्षद्वय रोशन अधिकारी र नरेन्द्रकुमार राई (प्रवीण) नै दोहोरिने निश्चित भएको छ ।

पाँच बर्षे कार्यकाल विवादरहित ढंगले उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गरी वडाको विकासमा सक्रिय रहेकोले पुनः उनीहरु नै दोहोरिनु पर्ने माग वडाबासीहरुको रहेको छ । वडा नं १ मा हाल २३ जना वडाध्यक्षका आकांक्षीहरु रहेका छन् । तर १३ जनाले वर्तमान वडाध्यक्ष रोशन अधिकारी दोहारिन चाहेमा छोडिदिने भन्दै लिखित सामुहिक प्रतिबद्धता जनाएका छन् । यसै सम्बन्धमा अधिकारीसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो मैले गरेको राम्रो कामको मुल्यांकन गरेर नै हुनुपर्छ वडाबासीहरुले थप एक कर्यकालका लागि आग्रह गरिरहनु भएको छ । वडा नं १ मा अधिकारीबाहेक अन्यलाई नेपाली काँग्रेसले प्रत्यासी बनाए एमालेले क्लिस्पि गर्ने मतदाताहरु बताउँछन । वडा नं १ मा ३१४९ मतदाता रहेका छन । अधिकारीले अघिल्लो स्थानीय निकायको निर्वाचनमा अत्याधिक मत प्राप्त गर्नुभएको थियो ।
उता वडा नं. १८ बाट १४ औं महाधिवेशनबाट धरान उपमहानर समितिको उपसभापतिमा निर्वाचित हुनु भएका नरेन्द्रकुमार राई (प्रवीण) ले २०७४ सालको स्थानीय निर्वाचनमा पहिलो पटक वाम वर्चश्व तोड्नु भएको थियो । विगतका हरेक निर्वाचनमा उक्त वडाबाट एमालेका उमेद्वारहरु अत्याधिक मतले विजयी हुँदै आएका थिए । राईले उपलब्ध सोत साधनहरुको समुचित प्रयोग
गरी वडाको विकास गरेकाले मतदाताहरुको रुचिमा राई रहनु भएको छ । सांगठनिक कुशलता, विनम्रता र सहयोगी मन भएका राईसँग यसै विषयमा सम्पर्क राख्दा उहाँले भन्नुभयो साथीहरु सबैले मलाई नै पुन ः दोहोरिन आग्रह गरिरहनु भएको छ । धरान वडा नं १८ मा २३३२ मतदाता रहेका छन् ।
