भारतीय साँस्कृतिक सम्बन्ध परिषद्को ७२ औं स्थापना दिवस सम्पन्न

राजधानी । नेपालस्थित भारतीय राजदुतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसीसीआर) को ७२ स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
हरेक बर्षको अप्रिल ९ तारेखमा मनाइने परिषद्को स्थापना दिवस काठमाण्डौको नक्सालस्थित होटल मेरियटमा मनाइएको थियो ।


आइसीसीआरका पूर्व विद्यार्थीहरु बीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भारतको ७५ औं स्वतन्त्रता दिवस पश्चात भारत र कुटनीतिक नियोग भएका अन्य मुलुकहरुमा समेत २०२३ सम्म मनाइने आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा भारतीय साँस्कृतिक सम्बन्ध परिषदको स्थापना दिवस मनाइएको हो ।
नेपाली काँगेसका केन्द्रीय सदस्य डा. शशांक कोइराला, प्रशिद्ध अभिनेत्री मनिषा कोइरालासँगै नेपालका आइसीसीआरका पूर्व बरिष्ठ विद्यार्थीहरुको सहभागितामा रहेको उक्त कार्यक्रमको सदमुद्घाटन भारतीय दुतावासका नियोग उप–प्रमुख श्रीमति नामग्य सि खम्पाले गर्नुभएको
थियो । सो अवसरमा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु काठमाण्डौ विश्व विद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभवहरु सुनाउनु भएको थियो । यसैगरी चर्चित अभिनेत्री मनिषा
कोइरालाले आफनो बाल्यकाल र प्रारम्भिक शिक्षा लिँदा बटुलेका अनुभवहरु सुनाउनु भएको थियो ।
विश्वभरि छरिएर बसेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी कार्यक्रम अवधिभरी भिडियो मार्फत पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया