धरान । विगत केही बर्षदेखि भारत तथा नेपालका प्रसिद्ध पर्यटकीय एवम् धार्मिक स्थलहरुको ग्रुप टुर प्याकेज सञ्चालन गर्दै आएको धरान ९ स्थित अमना टुर्स एण्ड ट्राभल्सकी ब्राण्ड एम्बेस्डर विद्या भुसाल ‘Star Of the Year’ बाट सम्मानित हुनु भएको छ ।
आरके इन्टरटेनमेन्ट समूहले आफ्नो २२ औं बाषिकोत्सवको अवसरमा सामाजिक क्षेत्रमा भुषालले पु¥याएको योगदानको उच्च कदर गर्दै चैत्र २४ गते काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आले मगरले भुषाललाई सम्मान गर्नुभएको हो ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ की भुसालले रुपन्देहीको बुटवलाई कर्म क्षेत्र बनाई माइती नेपाल लगायत विभिन्न सामाजिक संघ सस्थामा आवद्ध भई सामाजिक कार्य गर्दै आउनु भएको छ । भुषाललाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ लामो समयदेखि अत्यन्तै निष्ठा र समर्पणका साथ समाजसेवाको क्षेत्रमा विभिन्न संघ संस्थामा रही क्रियाशील तपाई एक कुशल अनुकरणीय एवम् प्रेरणादायी यक्तित्वको रुपमा सु–परिचित हुनुहुन्छ । आरके इन्टरटेनमेन्ट समूहका अध्यक्ष एवम् डाइरेक्टर र संस्थापक संरक्षक राम केसी लक्की र किशनराज सिंहको हस्ताक्षर रहेको सम्मान पत्रमा अगाडि भनिएको छ तपाईले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ प्रथम र दोस्रो लहरले देशभरिका नागरिकमा भयंकर सन्त्रास फैलिएको समयमा आफ्नो स्वास्थ्य र परिवारको समस्यालाई समेत प्रर्वाह नगरी जनतालाई सहयोग पु¥याउँदै अहम् भूमिका निर्वाह गरी समाजसेवामा समर्पित भई पु¥याउनु भएको योगदान प्रशंसनीय र चीरकालसम्म सदा
स्मरणीय अनि सम्मानित रहने छ । सम्मान पत्रमा भनिएको छ नेपाली समाजको समग्र रुपान्तरणका लागि तपाईले गरिब, सहाय तथा निमुखा वर्गलाई सहयोग गरी आफ्नो क्षेत्रबाट निभाउनु भएको भूमिकाले आगामी दिनहरुमा अझ प्रभावकारी उपलब्धी हुने अपेक्षा रहेको छ । तपाईको अतुलनीय योगदानको प्रशंसा गर्दै उच्च मुल्यांकनका साथ ‘क्तबच इा तजभ थ्भबच’ सम्मान प्रदान गर्दै आगामी दिनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
