माकुनेको अपमान
हिजोआज माकुने आच्या नेकपा एसका अध्यक्ष भइपल्टेकाको चौतर्फी व्यापक अपमान हुन थाल्या छ । आफ्नै घरमा आगो लगाएर महान काम गरेर आएका माकुनेको अपमान गर्नु घोर निन्दनीय कार्य हो । देशका कुनैपनि ठाममा २०÷२५ भोट भन्दा ज्यादा नभएका माकुनेको वास्तविक हैसियत थाहा पाएसी’ गठबन्धनका अन्य दलले विचराको अपमान ग¥याग¥यै छन् । काँग्रेसको लगौटी अँठ्याएर स्थानीय निर्वाचनको केही ठाममा बाजी मारमला भनेर दिउँसै सपना देखेर बस्या थिए । तर विचराको छेस्के दललाई गाउँ, नगर जिल्लातिर कसैले वास्तै गर्न छाड्या छन् । वास्ता नगरेपछि माकुनेले आफ्नो घोर अपमान भएको भन्दै नाकका पोरा फुलाउँदै सरकारबाट बाहिरिने धम्की दिन थाल्या छन् । माकुने सरकारबाट बाहिरिए पनि भित्रिए पनि जनतालाई बाल मतलब । अरु दलका कार्जेकर्ताले माकुनेको हैसियत समयमै चाल पाएछन् । गठबन्धन दलको सल्लाहमा यिन्को एसलाई नवोलाएसी’ विचारालाई औडाहा भएको छ । सम्झौता वराबरका बीचमा हुन्छ । बलियाले लुते, लांग्रासँग सम्झौता गर्ने कुरा पनि आउँदैन । माकुनेले खै कुरा बुझ्या ?
संवेदनशील अंगबाट पसिना
स्थानीय निकायको निर्वाचन जति जति नजिक आउँदै जान्छ त्यति त्यति आफूलाई तीसमार खाँ बताउदै आएका राजनैतिक पार्टीहरुको संवेदनशील अंगबाट पसिना चुहुन थाल्या छ । किन नचुहोस् त ? राप्रपाका राजेन्द्र लिंगदेन देशैभरि आमसभा गर्दै हिड्या छन तर तिसमार खाँहरु गठबन्धनको मन्त्र जपेर वाल्वाटार, भैसपार्टी, कोटेश्वरतिर बस्या छन् । गठबन्धन विना तिसमार खाँहरु बाहिर निस्कनै नसक्ने असक्त अवस्थामा पुग्या छन् । आमसभा गर्न सक्ने यिन्को लुर, ल्याकत हैसियत छैन । यसो स–साना पार्टी यालेस, स–साना सभाहल, चोक, चिया पसलमै तिनीहरु खुम्चन थाल्या छन । जनताले पत्याए पो तिन्ले ठूलो ठाउँमा आमसभा गर्नु ? गठबन्नका नेतालाई कसैले चोर भनेका छन्, कसैले भ्रष्ट भन्या छन् कसैले ज्यानमारा भन्या छन, कसैले के भन्या छन् । तर
राप्रपाका अध्येक्षे देशैभरि ठूला ठूला आमसभा गर्दे हिड्का छन्, जनता ह्वारह्वार्ती पछि लाग्या छन् तिनले भाषण गर्दा गडगडाहट ताली पिट्छन् । जनता एकोरिएपछि विचराहरुको सवेदनशील अंगबाट पसिना बग्नु त स्वभाविक हो । कि कसो हौ ?

झुसे बाजे अनुगमन संयोजक
तन्नेरी भएपछि हुटीट्याउको बचेराले आकाशमा उडदै आमालाइ भनेछ आमा आमा आकाश त मैले नै थामेको छु । प्रतिउत्तरमा आमाले भनिछन् हो नि बाबु तेरा खुट्टी हेर्दै पत्याए । हुटिट्याउको बचेराको यो उखान यतिबेला नेप्लिज लाँग्रेसका झुसे बाजे रामचन्द्रे पौड्याललसँग ठ्याक्कै मेल खाएको
छ । आप्mनै जिल्लामा निर्वाचन जित्न नसक्ने, परिर्वनको नारा दिएर महाधिवेशनबाट कुले ठोक्ने सित्तिमा पाए जति हसुर्दा पनि नाई नभन्ने बाजेलाइ आफ्नो खातिरदार गरेपछि देउवाले बरिष्ठ नेताको पगरी गुथाइदिए । यतिबेला त अझ पाँच दलीय गठबन्धनले तयार गरको निर्वाचन तयार तथा अनुगमन समितिको संयोजक बनाइद्या छन् । अब झुसे बाजेले के तयारी गर्लान् ? अनुगमन गर्लान् ? लाँग्रेसमा युवाहरुको खडेरी नै परेछ कि क्या हो । आफै थिग्रिन नसक्नेहरुबाट काँग्रेस खै कसरी दौडेला ?
गठबन्धनका दलालहरु
नेप्लिज लाँग्रेसभित्र गठबन्धनको दलाली गर्दै आएका दलालहरुमा छटपटाहट शुरु भएको छ । किन नहोस् त ? एक्लै चुनाव जित्ने ल्याकत नभएका वाल्वाटारे मुखिया, गणेशमानसिंहका भेडे पुत्र, तनहुँका लुइरे बाहुन, प्रदेश नं. ३ का प्रदेशसभा सभापति इन्द्र बानियाँ, भोजपुरबाट सुनसरी आएका पर्यटक नेता मुर्खबहादुर कार्कीहरु यतिबेला छटपटिएर हिरिक्क भएका छन् । गठबन्धन गरमला, चुनाव जितमला, सत्ताको मडिया गरमला, कुष्ट लुटमला भन्ने सपना चकनाचर हुने भएपछि छटपटाहट शुरु हुनु स्वभाविक हो । सत्तामा पु¥याउन सघायो भन्दैमा अपवित्र गठबन्धन नमान्ने भनेर दशैभरिका लाँग्रसका कार्जेर्काहरु नन्दी, भृंगी बन्न थालेसी’ काँग्रेसभित्रका गठबन्धनका दलालहरु के गरौ र कसो गरौको स्थितिमा पुगेका छन् । हुन त गीतामा भनिएको छ जे हुन्छ राम्रै हुन्छ, जे हुँदैछ राम्रैका लागि हुँदैछ । सत्ता कसैको सधैका लागि हुँदैन । हिजो कसैको थियो आज तिम्रो छ भोली कसैको हँुदैन बस कर्म गर, गठबन्धन नगर । कि कसो हौ ?
जसपाले नि आट गरेछ
सत्ता गठबन्धनमा रहेको उपिन्दर जादवको छातावाला पार्टी जनता समाजवाीले सुदुर पश्चिममा कसैसँग गठबन्धन नगर्ने निर्नय गरेछ । साह«ै काइदाको निर्नय गरेछ । जसपाको निर्नयले वाल्वाटारे मुखिया र मुखनीको अनुहार लाल लाल भा’छन् रे । यस भन्दा अगाडि पनि झण्डै झण्डै चिप्लेटी खेलेका मुखिया बाले यस्तै अवस्थामा आए आफ्नो निर्वाचन क्षेत्र नै परिवर्तन गर्लान् जस्तो छ । मर्ता क्या नही करता त्यसै भन्या त होइन नि † चुनावमा एक्लै जाने हुति नै नभएपछि जस्तोुकै मति भएकाहरुको समेत वैसाखी अँठ्याउने बानीले लाँग्रेस ओरालो लाग्यालाग्यै छ । जसपा जस्ताले त आफ्नो छाता आफै ओढने अरुलाई ओढ्नै नदिने निर्नय गरेपछि वाल्वाटारे मुखिया बाको अलिकति बुद्धि फिर्ला कि ? आफूले हुर्काएको मलजल गरेको रुखको छायाँमा अरुलाई ओत दिन सकिदैन भनेर किन भन्न नसक्या होलान् खै के खै के विनास काले विपरीत बुद्धि भन्या यही हो ।
सर्पनाथको चम्काई
हिजोआज सर्पनाथ माने झल्लाझलु अलि उत्ताउलो बन्न थाल्या छन् । केही दिन अगाडि भालेमालेका अध्येक्षे खप्रओले पाँच दलीय गठबन्धन एक एक किल्लाका ढक हुन् एमाले एक्लै क्विन्टल हो भनेर घुएँत्रो हानेका थिए । ओलीले हानेको घुएँत्रो सर्पनाथको टाउमा गएर बजारिएछ कि क्या हो ? घुएँत्रो लागेर टुटुल्को नउठेको भए सर्पनाथ उत्ताउलो त बन्ने थिएनन् । अब हेरम न अस्तिका दिन तिनले भन्या झालेमाले क्विन्टलको हो भने नेकपा (एस) टनको हो रे । कति साह«ो हास्नु हौ ? हेर्दा नि टनकै जस्तो छ । टनको भए एक्लै चुनावमा जान सर्पनाथले किन आँट नग¥या होला ? अरुको वैसाखीको भर किन प¥या होला । खप्रओले जे बोल्यो त्यो भन्दा ठूला गफ नहाके त इज्जतै नरहने इज्जत जोगाउनकै लागि सर्पनाथले त्यसरी बोल्या होलान् । अरुका जडौरी मागेर निर्वाचनमा लाज छोप्ने धन्दामा लागेका एस निर्वाचन पछि नो हुने निश्चित छ । मुलुकै निर्वाचनक्षेत्र इलाममा झलुको एस पार्टी ठन्डाराम हुने निश्चित छ । सबै क्विन्टलको तौल भएका खप्रओका पछि पछि लाग्या छन । हुन त झलुले मुखको तीतो फेर्न त्यसरी बोल्या होलान् । बाँकी कुराचाहिँ झलु नै जान है ।
छेपारे कमलाउ
आफ्नै गृह जिल्लामा वडासदस्य समेत जित्न नसक्ने नयाँ न्वरान गरिएको राप्रपा नेपालको भुईफुट्टा अध्येक्षे कमलाउलाई हिजो आज सूर्य चिन्ह अत्यन्तै प्यारो लाग्न थाल्या छ । मान न सान मै तेरे मेहमान भनेझै एमालसँग गठबन्धन गरेर सूर्य चुनाव चिन्हमा चुनाव लड्ने रे कमलाउ । छेपारे प्रवृत्तिका कमलाउलाई एमालेले सूर्य चुनाव चिन्ह छुन पनि दिँदैन लड्ने करा त दुरको भयो । निर्वाचन आयोगले तिनलाइ तीर तेस्याईदिएकै छ त्यसबैबाट लड्नु नि । एमालेले छेपारे कमलाउलाई घाँस हालेको छैन । अनि सूर्य चुनाव चिन्हबाट लड्छु भनेर किन बलडीबुडी ग¥या होला ? पार्टीभित्रको चुनाव हार्ने विीत्तकै परिणाम स्वीकार्नुको सट्टा अर्को पार्टी खोल्ने कमलाउ प्रवृत्तिहरु यसपटक शिव हुने भएका छन् । अब धेरै छैन छेपारेहरुको फूर्तिफार्ति ।
अन्तेमा
झालेमालेका अध्येक्षे खप्रओले पाँच दलीय गठबन्धनलाई स्यालको जत्था भन्दिएछन् । बुढाले कुरा त ठीकै ग¥या हुन् । गठबधन स्यालकै जत्था जस्तो देखिन थाल्या छ । एउटा स्याल भरतपुरतिर गएर हुइँøयाँ गर्छ । माने आफ्नी छोरीलाई भरतपुरमा नसघाए ठीक हुन्न । अर्को स्याल सम्मानजनक बाँडफाँड नभए गठबन्धनमा बसिन्न भन्छ । अर्को स्याल आवश्यक भन्दा बढी हुइँøया गरेर चिच्याउँछ । स्यालको चिच्याहटले देशैभरिका मतदाताहरु यसपटक स्याल खेदाउ अभियानम भित्रभित्रै लाग्या छन् । स्यालहरु एक्लै गाउँ, नगर पनि जान सक्दैनन् । समूहमा बसेर चिच्याउनुबाहेक अर्थोक गर्न पनि सक्दैनन् ।
