फोहोर पानीका व्यवस्थापनका लागि चार करोड एघार लाख सहयोग

सोलुखुम्बु । प्रदेश नं. १ को सोलुखुम्बु जिल्लाको खुम्जुङ खुम्दे फोहोर पानी व्यवस्थापनका लागि भारत सरकारले ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने भएको छ ।
उक्त परियोजना निर्माणका लागि भारतीय दुतावास र नेपाल सरकार संघीय मामहिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिकाबीचमा समझदारी पत्रमा चैत्र २२ गते हस्ताक्षर भएको छ ।


भारत नेपाल विकास सहकार्य अन्तर्गत उक्त परियोजना निर्माण हुन लागेको हो । परियोजना निर्माण सम्पन्न भएपछि सोलुखुम्बुको खुम्जुङ गाउँ तथा आसपासका स्थानीय बासिन्दाले स्वच्छ र सफा पिउने पानी पाउने भएका छन् । यसले स्थानीयको स्वास्थ्यमा सुधार ल्याउनुको साथै सुरक्षित पानी तथा सरसफाई व्यवस्था समेत गने क’रा भारतीय दुताबासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया