धरान । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस धरान वडा नं. १६ को वडा कमिटीले टोल कमिटी गठनसँगै अन्य राजनैतिक पार्टीका सैयौ कार्यकर्तालाई नेपाली काँग्रेसमा प्रवेश गराउने अभियान नै चलाएको छ ।

धरान उपमहानगरपालिका वडा नं. १६ को वडाध्यक्षको दाबेदार समेत रहेका नेपाली काँग्रेस वडा नं. १६ का वडा सभापति किरण आचार्यले १४ औं महाधिवेशन पश्चात टोल कमिटी गठनलाई तिब्रता दिएका हुन । हालसम्म दुई दर्जन भन्दा बढी टोल कमिटी गठन गरिसकेका आचायले बाहिर प्रचारमा नआउने ढंगले केही युवाहरुको समूह बनाई अन्य दलका युवाहरुलाई नेपाली काँग्रेसमा समाहित गराउने अर्को अभियान नै चलाएका छन् ।
सोमबारमात्र आचार्यले अन्नपूर्ण चौक समिति गठन गरेका छन् । जिल्ला, नगर, क्षेत्र र प्रदेशसभाका सभापतिहरुको उपस्थितिमा गठन गरिएकोे अन्नपूर्णचौक कमिटीले निर्वाचत लक्षित कार्यक्रमहरुलाई अगाडि बढाउने सभापति आचार्यले बताए । सो अवसरमा अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा सैयौ कार्यकर्ताहरु प्रवेश गरेका थिए ।
