बीपी संग्राहालय तथा अनुसन्धान केन्द्रमा भण्डारी

धरान । बीपी कोइराला संग्राहालय तथा अनुसन्धान केन्द्रको अध्यक्षमा नेपाली काँग्रेसका नेता एवम् समाजसेवी विश्वराज शर्मा भण्डारी सर्वसम्मतले चयन हुनु भएको छ ।
नेपाली काँग्रेसका सस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको धरानमा पूर्ण कदको शालिक निर्माणमा अहम् भूमिका निर्वाह रहेको परिवर्तनशील समाजका अध्यक्ष समेत रहनु भएका भण्डारीलाई शनिवार पञ्चकन्यामा आयोजित भेलाले सर्वसम्मत चयन गरेको हो ।


परिवर्तनशील समाजसँग आवद्ध सदस्यहरु कार्यसमितिका सदस्यहरु एवम् पदाधिकारीहरुको वनभोजसँगै धरान वडा नं. १३ र वडा नं. २० को सीमामा बीपी सग््राहालय निर्माणसँगै अनुसन्धान केन्द्र स्थापना गर्ने यस अगाडि नै सहमति भइसकेको छ । संग्राहालय निर्माण तथा अनुसन्धान केन्द्रको बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद सुवेदी, उपाध्यक्षमा राजकुमार थोप्रा, सचिवमा पूर्ण राइर्, कोषाध्क्षमा मनोज घिमिरे रहन भएको छ भने सदस्यहरुमा सागर प्रसाई, श्रीधर न्यौपाने, अनुपमा सुनुवार , निर्मला अधिकारी, गोविन्द बस्नेत, विनोद घिमिरे र उमेश थापा रहनु भएको छ ।
भेलालाई सम्बोधन गर्देै नेपाली काँग्रेसका युवा नेता तथा पूर्व धरान उपमहानगर समितिका सभापति किशोर राईले बीपीको नाममा परिवर्तनशील समाजले संग्राहलय र अनुसन्धान केन्द्र निर्माणको लागि जुन अग्रसरता देखाएको छ त्यो अत्यन्तै सह्रानीय रहेको बताउनुभयो । उहाँले स्थानीय निकायको निर्वाचन नजिकिएको र धरान उपमहानगरपालिकको मेयरको प्रत्यासीमा आफू पनि आकांक्षी रहेको सुनाउदै पार्टीले आफूलाई अगाडि सारेमा नगरपालिकको नेतृत्व लिन सफल हुने बताउनुभयो । आफू नगरको नेतृत्वमा आएमा नगरपालिकाबाट संग्राहालय निर्माण र अनुसन्धान केन्द्रका लागि गुरुयोजना बनाएरै बजेट विनियोजन गर्ने प्रष्ट पाुर्नभयो । बीपी संग्रहायल तथा अनुसन्धान केन्द्रका अध्यक्ष विश्वराज शर्माले संग्राहालय र अनुसन्धान केन्द्रका लागि धरान उपमहानगरपालिका वर्तमान प्रमुख तिलक राईसँग पटक पटक छलफल भएपनि निराशाबाहेक केही हात नलागेको बताउनुभयो । उहाँले भन्नुभयो नेपाली काँग्रेसका केन्द्रीय स्तरका नेताहसँग पनि यस बारेमा छलफल भइरहेको छ । बीपी संग्राहालय सुन्दरीजलले सक्दो गर्ने आश्वासन दिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता अर्जुन नरिसंह केसीले निर्माणका लािग आपूmले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष भण्डारीले सुनाउनुभयो । कार्यक्रमको सञ्चालन बीपी संग्राहालय तथा अनुसन्धान केन्दका नव निर्वाचित सचिव पूर्ण राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया