घण्टाघरबाट हेर्दा

गठ्ठे मखुका आदेश
गठ्ठे मखु आच्या प्रकाशमान सिहले अस्तिका दिन गठबन्धन नमान्ने काँग्रेसहरुलाई काँग्रेस छाडेर जान सुझाएछन् । गठ्ठे मखुले त्यसो भनेपछि देशैभरिका कँग्रेसका काजेकर्ता अरिंगल भएर तिन्लाई डस्न थाल्या छन् । निर्वाचनका बेला अरुका कार्जेकर्ता फकाएर आफ्नो पोल्टामा पार्नुपर्ने बेलामा गठ्ठे मखुले उल्टै छाडेर जा भनेपछि कार्जेकर्ता अरिंगाल बन्ने नै भए । बाबु गणेशमानको बिँडो थाम्लान भन्या त बाबुको बिँडो नै बेचिखाने कुलंघार पो भएछन । देशभरिका कार्जेकर्ताले गठ्ठेमखुले नै पार्टी छोडेर जाँदा उत्तम हुन्छ भन्दै सक्तो सराप ग¥या छन् । नाम मात्रको सिंह भएर के गर्नु स्यालको खोल ओढेपछि ? महाधिवेशनमा खुबै के नै लछार्छु भनेर सभापतिमा खडा भएका थिए । बल्ल तल्ल मरेर दुईसय भोट पाएछन् । यस्ता दुई सय भोेटेले अरुलाई जा भन्नु भन्दा पनि आफै बाटो लाग्दा उत्तम हुने थियो । अबचाहिँ गठ्ठे मखुको राजनीतिमा फुलिस्टप लागेजस्तो छ । त्यसैले हाम्रा बूढापाकाले भन्या हैनन् थुतुनो र खै के जाति जोगाउनु भनेर । त्यी थुनुताले पान खुवाउँछ त्यही थुतुनोले बंगारो नचाउँछ । यति कुरा त गठ्ठे मखुलाई थाहा हुनुपर्ने हो ।


कसैस“ग गठबन्धन नगर्ने
हिजो आज जताततै राष्ट्रिय प्रजातन्त्र पार्टीको क्रेज देखिएको छ । युवा, युवती, बुढापाका सबै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनको प्रशंसा गर्न थाल्याछन् । काँग्रेसका एक ठूलै नेताले त राजेन्द्र लिंगदेन जस्ता सभापति नेपाली काँग्रेले कहिले पाउला सम्म भन्न भ्याएका छन् । आफूलाई तीसमार खाँ सम्झने राजनैतिक पार्टीहरु एक्लै स्थानीय निर्वाचन लड्न नसक्ने अवस्थामा पुग्या छन् । गाउँ छिर्न सक्दैनन् । जता गयो उतै ठक्कर भनेझै जहाँ पुग्यो त्यही गाली खान्छन् । कोठा, पार्टी प्यालेस, सभाहलमा कार्जेक्रम गर्दा नि कुर्सी खाली हुन्छन् । यो के को संकेत होला ? आमसभा गर्ने त ल्याकतै पुग्दैन । तर राप्रपाका लिंगदेन मुलुकभरि बढे बढे आमसभा गर्दै हिड्या छन् । तीसमार खाँहरु सबै एक अर्काको वैसाखी अँठ्याएर हिड्या छन्, गठबन्धन नगर्दा चिलिम हुने भन्दैछन् । लिग्देन कसैसँग गठबन्धन नगर्ने, आफ्नै बलबुतामा निर्वाचनमा जाने भन्दैछन् । कहिले सासूको पालो कहिले बुहारीको पालो भन्थे हो रै’छ ।
पोलियो लागेकै हो ?
नेप्लिज लाँग्रेसजस्तो इतिहास बोकेको पार्टीलाई हिजो आज पोलियोले ग्रस्त बनाएको छ । एमाले फुटेर तीन टुक्रा हुँदा नि निर्वाचनमा एक्लै जान उसका खुट्टा चल्दैनन् । हातखुट्टे लल्याकलुुलुक भएको छ । पोलियो पनि साह«ै नराम्रो खालको लाग्या रै’छन् । भारतमा काँग्रेस आइलाई गठबन्धनको पोलियोले ग्रसित बनाउँदा आज थलिएर गुमनाम भएको छ । नेपालमा नि काँग्रेस त्यस्तै हुने चिन्ताले एकथरिलाई सताउन थाल्या छ । धर्म सँस्कृति रहनसहन भाषा, बोली, व्यवहारमा केही कुरामा मेल नखानेहरुलाई काँधमा बोकेर ठस्ठँस्ती हिँडने जो निर्नय काँग्रेसले गर्दैछ पोलियोको भयानक रुप हो । वाल्वाटारे मुखियाले खै कुरो बुझ्या ? अरुलाई सिध्याउन खोज्दा आफू सिद्धिएपछि बल्ल चेत खुल्ला । न्याउरी मारी पछुतो ।
का“ग्रेसका वहुरुप
नेपाली काँग्रेस यतिबेला बहुरुपी भएको छ । पहिला काँग्रेसको मलुकैभरि एउटै रुप थियो । अहिले वहुरुपीमा परिणत भएको छ । नेपाली काँग्रेस गठबन्धन, नेपाली काँग्रेस माओवादी, नेपाली काँग्रेस नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस राष्ट्रिय जनमोर्चा, नेपाली काँग्रेस जनता समादवादी । आउने स्थानीय निर्वाचनमा नेपाली काँग्रेस गठबन्धन लगायत सबै ठाउँको निर्वाचन चिन्ह पनि फरक फरक हुने भएको छ । पहिला एउटै चुनाव चिन्ह हुँदा कार्जेकर्ताले सर्लक्क भोट हाल्थे । अबचाहिँ त्यसो नहुने भएको छ । गठबन्धन काँग्रेसको हरिविजगोै होला जस्तो छ । गठबन्धन गरेको साखलाई समृद्ध बनाउलान् भन्या त उत्तानोचित्त बनाउने भए । बाबुबाजेले आर्जन गरेको शाख माटोमै मिलाउने भए । हुन त एउटाको जरो नउखेली अर्काको उपचार हुँदैन भन्थे हो कि क्या हो ?
विजयी जुलुसको तयारी गर्नु
झालेमालेका अध्येक्षे खप्रओले वैसाख ३० गतेपछि मुलुकैभरि विजय जुलुसको तयारी गर्न आफना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । हैन हौ ती खप्रओ सद्धे छन् कि तिनका दायाँ बायाँका कन्चटका वल्टुहरु खुस्किए हँ ? स्थानीय निर्वाचनमा मुलुकैभरि गठबन्धनलाई साइसुत्त बनाउने रे । त्यस्ता पाँच दलीय गठबन्धनलाई साइसुत्तै बनाउछु भन्नेको नटबल्टु नखुस्के के खुस्कन्छ त ? बोल्दा नि अलिकति भाँति पु¥याएर बोल्नुपर्दैन ? त्यसै विजय जुलुसको तयारी गर्नु भनेर त भएन नि । गठबन्धनमा त्यत्रा त्यत्रा तीसमार खाँहरु छन् । उनीहरुसँग सिंगौरी खेलेर पराजित गर्नु त टाउकाले पहिरो फोड्नुजस्तै भन्ने कुरा खप्रओ बालाज्ञान त हुनुपर्ने हो । उल्टै गठबन्धनमा भएकाहरु एक एक किलामा ढक हुन झालेमाले क्विन्टल हो भन्दै फलाक्दै हिँड्या छन् । हेरम वैसाख ३० गते आउन अब धेरै दिन छैनन् ।
घरघरमा जाऔ माओवादी एस जिताऔ
स्थानीय निर्वाचन आउन लागेपछि नेपाली काँग्रेसले गज्जबको अभियान सञ्चालन गर्दै आएका छ । घर घरमै जाऔ नेपाली काँग्रेसलाई जिताऔ भन्ने अभियानको विस्तारै स्वरुप परिवर्तन भएको छ । परिवर्तित स्वरुप अनुसार घर घरमा जाऔ माओवादी र एसलाई जिताऔ हुन पुगेको छ । गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेडु । मेहनत काँग्रेसका कार्यकर्ताले घर घर पुगेर, भोक, तिर्खा, प्यास नभनी गरिदिनुपर्ने अनि सत्ताको बुटी सघाइदिएकै घरमा वाल्वाटरे मुखियाले प्रचण्डाउ र माकुनेलाई काँधमा बोकेर हिडेपछि कार्जेकर्ताको मन कुटुक्क खाँदैन होला । कुन दिन प्रचण्डाउ र माकुनेले मुखिया वा को काँधमा विस्ट्याइदिन्छन् अनि चेत खुल्छ । ठक्कर नलागिकन कसैले आमा मरे मरे भन्दैन । ठक्कर लागेर चेत खुल्दा आफन्तहरु लाखापाखा लागिसकेका हुन्छन् । घण्टाघरलाई पनि एकपटक फलाक्न मन लाग्यो काँग्रेसका कार्यकर्ता घर घरमा जाऔ टोल चौक समिति गठन गरौ । वाल्वाटारे मुखियाको आदेश शिरोपर गर्दै माओवादी र एसलाई जिताऔं ।
माकुने झल्लाझुको बर्बराहट
जति जति स्थानीय तहको निर्वाचन नजिकिदै जान्छ त्यति त्यति छलछामे पार्टीका मान न मान मै तेरा मेहमानको पगरी गुथेका झल्लाझलु र माकुनेको बर्बराहट बढ्दै गएको
छ । आत्तिएसी मान्छे बर्बराउन थाल्छ भन्थे हो रै’छ । अस्तिका दिन झल्लाझलुले भन्या सुखी नेपाल समृद्ध नेपालीको नारा उनैले बनाएका रे । त्यस भन्दा अगाडि माकुनेले मनमोहन अधिकारीको इतिहासलाई छोपेर बृद्धभत्ताको शुरुवात मैले गरेको हुँ सम्म भन्न भ्याए । हैन हौ कति साह«ो झुट बोल्न क्या होलान् अब त काँग्रेसँग गठबन्धन गर्न लाग्या छन् । कहिलेकाँही त यसो सत्य पनि बोल्नु नि । हुन त कम्युनिस्ट हुनलाई झुट बोल्नैपर्छ । झुट नबोले कम्युनिस्ट हुनै सकिदैन भन्थे हो रै’छ । अब त उमेरले नि डाँडो काटिसक्या छ यसो सरम धरमको पनि ख्याल राख्नुपर्ने हो । घण्टाघरलाई के को ट्यांस ट्यास ? आफ्नो खाएर किन वित्थामा किन सल्लाह दिनु ? कि कसो हौ ?
अन्तेमा
जनता समाजवाी पार्टीका अध्येक्षे उपिन्दर जादवको अनुहार झनै कालो मैलो भएछ । एक त मान्छे हरेउ नै हुन त्यसमाथि स्थानीय तहको निर्वाचन अगाडि आएपछि त झन विचराको अनुहार चिन्नै गाह«ो । एक्लै निर्वाचनमा जाम भने तराईमा आफ्नैले जुम्राले छोडेझै छोडेर हिडिसके । झालमाले सिके राउतको जनमत पार्टी महन्त ठाकुरको लोसपा बलिया हुँदै गएका छन् । विचराको कहीकतै खुट्टा टेक्ने ठाउँ समेत नहोला जस्तो छ । काँग्रेसले दुई चार ठाममा खरिखान दिएपनि उक्सेर आउलान् जस्तो छैन । यतिविघ्न टेन्सन भएसी विचराको अनुहार हरेउ हुनु त स्वभाविक हो । दुःख छ हजुर दुःख छ, उपिन्दर जादवलाई ।

तपाईको प्रतिक्रिया