सशस्त्र प्रहरी र भन्सार कर्मचारीको ओपन सेटिङमा रानी र भाण्टाबारी भन्सारबाट डरलाग्दो तस्करी राजस्व अनुसन्धान कार्यालय इटहरीद्वारा धरानका व्यापारीबाट तस्करीको चिनी बरामद, गोदाम शिल

धरान । प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभाग अन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले धरानका व्यापारीबाट तस्करीको चिनी बरामद गरी गोदाम शिल गरेको छ ।
गोप्य सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय इटहरीले धरानका व्यापारीहरुबाट ५६ बोरा चिनी बरामद गरेको हो । शुक्रबार अनुसन्धान कार्यालयका कर्मचारीहरुले धरान १२ स्थित गुप्ता किरान पसल, धरान १ छाताचौकस्थित ओम शान्ति, धरान १ सिद्धिचरण मार्गस्थित क्वालिटी विकुटमा छापा मारी राजस्व छली गरी भारतबाट ल्याएको चिनी बरामद गरेको हो ।


राजस्वले छापा हान्दा धरानका अन्य ठूला किराना पसलहरुलाई तस्कर समूह र सशस्त्र प्रहरीबाटै अग्रिम जानकारी दिँदा उक्त दिन दिनभरि अन्य किराना पसलहरु बन्द थिए । भन्सार छली गरी ल्याइएको चिनी गुप्ता किराना पसलबाट ३० बोरा, ओम शान्तिबाट १५ बोरा क्वालिटी विस्कुटबाट ११ बोरा राजस्वले बरामद गरेको थियो । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा धरानका एक व्यापारीले भने
धरानमा दैनिक तीन देखि चार ट्रक राजस्व छलीको चिनी भित्रिने गर्छ । चिनीका अलावा काँकडभिट्टा नाकाबाट अवैध कपडा, विराटनगर र भाण्टाबारी भन्सारबाट मोटर पार्टस लगायतका सामान भित्रिन्छ । उनले भने आन्तरिक राजस्व कार्यालय धरानका कर्मचारीलाई सेक्टर छुट्याएको छ । उनीहहरु ती व्यापारीबाट हप्तावारी या मासिक रकम असुल्ने गर्छन् । अवैध चिनीको कारोबार गदै आएका रोहित मित्तल हाल फरार रहेका छन् । राजस्व कार्यालय इटहरीले धरान १ स्थित पवन अग्रवालको घरमा गोदाम लिएका निज मित्तलको गोदामा शुक्रबारै शिल गरिदिएको छ ।
नेपालमा चिनी प्रतिकेजी ८८ रुपैया रहेको छ । ८३ रुपैयाले दिन्छु भन्दै रोहित मित्तलले ३० बोरा चिनी आफ्नो दोकानमा झारिदिए । विल र पैसा लिन एकछिन पछि आउछु भनेर हिडेका तस्कर मित्तल गएको केही मिनेटमै राजस्वले छापा हान्यो गुप्ता किराना पसलका प्रोपाइटर राजेन्द्र गुप्ताले भने । म तस्करीको भारतीय चिनी लिन्न भन्दाभन्दै झारेर गएको उनले सुनाए । यस भन्दा अगाडि पनि तस्करीको चिनी लगायत अन्य सामान बेचखिन गर्दै आएको होला नि भन्ने सवालमा उनी केही बोलेनन् । यसै सम्बन्धमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हामीले गोप्य सूचना पाएकोले त्यतिको सामान बरामद गर्न सक्यौ । अवैध रुपमा आएको सामानको सुचना पाए हामी जतिबेला पनि जहाँ पनि जान्छौं । उहाँले भन्नुभयो धन्न ड्राइभर कोअरेटिब रहेछ उसले थाहा छैन भनेको भए पत्ता लाग्ने थिएन । धरानमा मात्र दैनिक तीन चार ट्रक अवैध चिनी भित्रिन्छ त्यत्रो भन्सारका कर्मचरीले प्रहरीले चेक गर्छन । आउँदा बाटोमा पनि ठाउँ ठाउँमा चेक हुन्छ तर तस्करी निर्वाध चलेको छ नि भन्ने जिज्ञामा प्रमुख खनालले भन्नुभयो यो सबै भन्सार कर्मचारी र सशस्त्र प्रहरीको ओपन सेटिङ हो । उहाँले सुनाउनुभयो आइतबार आपूmकहाँ राजविराज भन्सारका हाकिम आउनु भएको थियो । उहाँले मेरो लक्ष्य प्राप्ति नहुने भयो भनेर गुनासो गर्नुभयो ।
राजविराज भन्सार कार्यालयका प्रमुखको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो जहाँ जहाँ सशस्त्र प्रहरीको विओपी छ त्यहीबाट तस्करी हुने गरेको छ । भन्सारबाट किन लैजान्छस यताबाट लैजा भनेर
तस्करलाई सशस्त्र प्रहरीले नै भन्ने गर्छन् । त्यसवापत रकम लिएर गन्तव्यसम्म पु¥याउन उनीहरुले नै सहयोग गर्छन ।
प्रमुख खनालले भन्नुभयो सुनसरीको अवस्था पनि त्यस्तै हो । सशस्त्रका डिआइजी साहेव नै लाइन मिलाउन माहिर हुनुहुँदो रहेछ । उहाँले सबैलाई लाइनमा राखिदिनु भएको छ । हामी बाहिर निस्कदा सशस्त्र प्रहरी हाम्रा अगाडि हुन्छन्, कुरा लिग भइहाल्छ । त्यसैले हामीले सूचनाका आधारमा प्रहरी नै नलिइ हिड्नुपर्ने अवस्था भएको छ । प्रहरी लिएर हिँड्दा कहिल्यै सामान समात्न पाएका छैनौं । एकदम पर्फेक्ट सूचना आउँछ प्रहरी लिएर गयो खाली हात फर्कनुपर्छ । उहाँको गुनासो थियो राज्यको राजस्व यसरी गायव भएपछि कसरी देश विकास हुन्छ ? सशस्त्र प्रहरीले आपूm कर्तव्यच्युत भएर सबैतिर तस्करीलाई बढावा दिएको गुनासो समेत उहाँले गर्नुभयो ।

तपाईको प्रतिक्रिया