राजालाई झापामा भव्य स्वागत

विर्तामोड । राजा ज्ञानेन्द्रवीर विक्रम शाह र रानी कोमल राज्य लक्ष्मी देवी शाहलाई झापामा सर्वसाधारणले भव्य स्वागत गरेका छन् । शुक्रबार बुद्ध एयरको जहाजबाट झापाको भद्रपुर उत्रनु भएका
राजदम्पत्तिको सर्वसाधारणले भव्य स्वागत गर्दै राजा आउ देश बचाउ, राजसंस्था जिन्दावाद जस्ता नारा लगाएका थिए ।


झण्डै एक महिने बसाईका लागि राजदम्पत्ति झापा आउनु भएको हो । उहाँहरु भद्रपुर विमान स्थलबाट नीजि सवारी साधनमा आफ्नो स्वमित्वमा रहेको दमक स्थित हिमालय टि स्टेटभित्र रहेको मिनी दरबार पुग्नु भएको थियो । विमान स्थलमा स्वागत गर्न पुगेका समर्थक र शुभचिन्तकहरुको भीडलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । दमकमा रहँदा राजा शाहले सर्वसाधारणसँग, प्रदेश नं. १ का महत्वपूर्ण राजनैतिक व्यक्तित्वसँग भेटघाट गर्ने जनाइएको छ । राप्रपाकी नेतृ राधा कार्कीका अनुसार राजदम्पतिसँग राजनैतिक भेटघाटसँगै उद्योगी, व्यवसायी विभिन्न पेशामा आवद्ध पेशाकर्मीहरुले समेत समय माग गरेका छन् । दमक बसाईका क्रममा राज दम्पतिले विभिन्न शक्तिपीठ एवम् धार्मिक स्थलहरुको भ्रमण गर्ने कार्कीको कथन थियो ।

तपाईको प्रतिक्रिया