धरान । आसन्न स्थानीय निकायको निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय सुनसरीले जिल्लाका १२ स्थानीय निकायमा १ लाख १३ हजार ६०६ मतदाता थप भएको आइतबार प्रकाशित गरेको सूचीमा जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले सार्वजनिक गरेको सूचि अनुसार २०७४ को स्थानीय निकायको निर्वाचनमा जिल्लामा कुल ४ लाख २१ हजार १ सय ५९ मतदाता थिए । पाँच बर्षको अवधिमा १ लाख १३ हजार ६०६ मतदाता थप हुँदा ५ लाख ३४ हजार ७ सय ६५ पुगेका छन् ।

जिल्लामा सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा रहेका छन भने दोस्रोमा धरान उपमहानगरपालिका रहेका छन् । इटहरी उपमहानगरपालिकामा १०१ मतदान केन्द्र र १ लाख ४ हजार ६ सय २६ मतदाता रहेका छन् । जसमा पुरुष ४९ हजार ९ सय २५ र महिला ५४ हजार ७ सय छन् । यता धरान उपमहानगरपालिकामा पनि १०७ मतदान केन्द्र रहेका छन् भने १ लाख ३ हजार २४ मतदाता रहेका छन् । जसमा पुरुषको संख्या ४७ हजार ४ सय ८ र महिलाको संख्या ५२ हजार ९ सय १६ छन् ।
उता इनरुवा नगरपालिकामा ४२ हजार ७ सय ४८ मतदाता पुुगेका छन् । कुल ४७ मतदान केन्द्र निर्धारण गरिएको इनरुवा नगरपालिकामा पुरुषको २२ हजार ९२ र महिला २० हजार ६ सय ५६ मतदाता रहेका छन् । यैसगरी बराहक्षेत्र नगरपालिकामा कुल मतादाता सख्या ६३ हजार ६ सय ८ रहेका छन् । कुल ६७ मतदान केन्द्र रहेको बराहक्षेत्र नगरपालिकामा पुरुष मतदाताको संख्या ३१ हजार ४ सय २९ र महिला मतदाताको संख्या ३१ हजार १ सय ९ रहेको छ । रामधुनी नगरपालिकामा ४१ हजार ४ सय २८ मतदातामा पुरुष मतदाताको संख्या २० हजार १ सय ३ र महिलाको २१ हजार ३ सय ६४ छ भने ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । उता दुहवी नगरपालिकामा मतदान केन्द्र ४२ कायम गरिएको छ भने कुल मतदाता संख्या ३६ हजार ७ सय ३० रहेको छन् जसमा पुरुष मतदाताको १९ हजार २ सय र महिलाको १७ हजार ५ सय ३० रहेको छ ।
यसैगरी गढी गाउपालिकामा २३ हजार ८१७ मतदाता रहेका छन् कुल २७ मतदान केन्द्र निर्धारण गरिएको गढी गाउँपालिकामा पुरुष मतदाता १२ हजार ३ सय ९८ र महिला मतदाता संख्या ११ हजार ४ सय १९ रहेको छ । कोशी गाउँपालिकामा २९ मतदान केन्द्र रहेको र कुल मतदाता संख्या २६ हजार ४ सय ६६ रहेका छन । जसमा पुरुष १४ हजार ६ सय ९१ र महिला ११ हजार ७ सय ७५ छन् । देवानगञ्ज गाउँपालिकामा २६ मतदान केन्द्र निर्धारण गरिएको छ भने मतदाता संख्या २३ हजार ५ सय ७८ छन् । जसमा पुरुष ११ हजार ८ सय ८१ र महिला १० हजार ७ सय ९०
रहेका छन् । बर्जु गाउँपालिकामा २२ हजार ४ सय ६७ मतदाता रहेका छन् भने २५ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा पुरुष मतदाताको ंसंख्या ११ हजार ८ सय ८१ र महिलाको १० हजार ५ सय ८६ छ । उता भोक्राहा गाउँपालिकामा १८ मतदान केन्द्र तोकिएको छ । कुल मतदाता संख्या २४ हजार १६ छ भने पुरुष मतदाताको संख्या १३ हजार ४ सय ५० र महिलाको १० हजार ६ सय ५१ रहेको छ ।
