धरान । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जानु हुने भएको छ ।
चैत्र १८ गते देखि २० गतेसम्म भारतको औपचारिक भ्रमणमा प्रधानमन्त्री पत्नी एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवा साथै रहनु हुने भएको छ । नेपालका प्रधानमन्त्रीको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो । सन् २०२१ जुलाईमा आफ्नो पदभार ग्रहण गरेका देउवाका साथ उच्च स्तरीय प्रतिनिधि मण्डल समेत रहने छ ।

नेपालका प्रधानमन्त्री देउवाले चैत्र १९ गते भारतका उपराष्ट्रपतिसँगको भेट लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक वार्ता गर्नुहुने भएको छ । त्यसैगरी EAM र NSA ले नेपालका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । नयाँदिल्लीको औपचारिक कार्यक्रम पश्चात प्रधानमन्त्री देउवा उत्तर प्रदेशको वाणारसी भ्रमणमा जानु हुने भएको छ ।
