भारत सरकारको ३ करोड ५१ लाखको सहयोगमा विराटनगरमा गुरुकुल नाट्यशाला

विराटनगर । भारत सरकारको ३ करोड ५१ लाखको आर्थिक सहयोगमा विराटनगर महानगरपालिकामा निर्माण सम्पन्न आरोहण गुरुकुल नाट्यशालाको समुद्घाटन भएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले गत मंगलबार संयुक्त रुपमा समुदघाटन गर्नुभएको हो ।


सो असरमा महानगरपालिकाका अन्य निर्वाचित जनप्रतिनिधि, प्रशासन, प्रहरी, नाट्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । मंगलबार उद्घाटन गरिएको आरोहण–गुरुकुल नाट्यशाला भारत स्वतन्त्र भएको ७५ बर्ष उत्सव मनाउन भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सव अन्तर्गतको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भई उद्घाटन
गरिने ७५ वटा परियोजनामध्ये संस्कृतिको क्षेत्रमा आरोहण–गुरुकुल नाट्यशाला पहिलो हो । विराटनगरमा रहेको यो नाट्य समूहले नेपाली रंगमञ्चको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ । यो समूह भारतको नेशनल स्कुल अफ ड्रामा लगायतका आधा दर्जन नाट्य समूहसँग सुमधुर सम्बन्ध रहेको छ । नव निर्मित संरचनाले आरोहण गुरुकुल नाट्यशालाले राम्रो वातावरण सिर्जना गर्नुका साथै मोरङ जिल्लामा नविन तथा विशेष कार्यक्रम गर्न र शिक्षा तथा साँस्कृतिक विकासमा सहयोग हुने अपेक्षा विराटनगर महानगरपालिकका प्रमुख भीम पराजुलीले गर्नुभयो ।
सन २००३ यता भारतले नेपालमा ५ सय २३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियाजनाहरु अगाडि बढाएकोमा ४ सय ६७ वटा सम्पन्न भइसकेका छन् । मोरङ जिल्लामा मात्र १५ त्यस्ता परियोजना रहेका छन् ।यसका अतिरिक्त भारत सरकारले विभिन्न स्वास्थ्य चौकी तथा विद्यालयलाई २० वटा एम्बुलेन्स, ८ वटा स्कुल बस प्रदान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया