झोलमा डुब्ने भए
वैसाख ३० गते हुने स्थानीय चुनावपछि गतिला चोक्टा खान गएका माकुन्याउ, प्रचण्डाउ झोलमा डुब्ने भएका छन् । अस्तिका दिन झालेमालेका अध्येक्षे खप्रओले त्यस्तो कुराको खुलासा ग¥या हुन् । उन्ले हाक्काहाक्की भन्दिए वैसाख ३० गतेपछि चोक्टा खान गएकाहरुलाई झोलमा डुबाइन्छ । खप्रओले भन्या सत्य होला होला पो छ । । माकुन्याउको तलतिर मान्छे नै छैनन् प्रचण्डाका भएका अलि अलिले पनि मरेको मुर्दालाई जुम्राले छेडेर हिडेझै दनादन हिँड्दैछन् । विचराहरु दुवैको वैसाख ३० गते पछि वेहालै हुने भयो । यसो तानतुन गरेर दुई चार वटालाई जिताउन सकिन्छ कि भनेर अपानवायु आउने गरी कन्दैछन् । तर पार लाग्ला जस्तो छैन । हेरम वैसाख ३० गते पछि झोलमै डुब्छन् कि दुई चार वटा चोक्टा पनि पाउँछन् ।

मुखिनीको दाउ
वाल्वाटारे मुखिनी आगामी संघीय संसदको निर्वाचनमा कैलालीबाट चुनाव लड्ने रे । पहिला पनि लडेकै हो क्यारे । पहिला लड्दा गुल्टिङ खाएको पीडा अझैसम्म छ विचरीलाई । फेरि पनि गुल्टिङ खाने भइन् । यसपटकचाहिँ जसरी नि चुनाउ जितेरै छाड्ने रे । तीनै तहको निर्वाचनमा माकुने र प्रचण्डाउका पार्टीसँग तालमेल गरेरै भएपनि चुनाउ जित्ने रे । भन्नेलाइ भन्दा सुन्नेलाई
कुरी कुरी भनेझै । आफै सिद्धिएकाहरुसँग तालमेल गरेर फुइøयाँ हुन्छ ? उनीहरु नै काँग्रेससँग तालमेल गर्न पाए इज्जत जागिन्थ्यो कि भन्ने ध्याउन्नमा लगौटी कसेर लाग्या छन् । जसको आफ्नै ठेगान छैन ऊसँग तालमेल गरेर केही लछारपाटो लाग्ला जस्तो छैन । मुखिनीलाई जसरी नि निर्वाचित सांसद बन्नु छ । पार्टीमा फुट्टीकौडी योगदान नगरे के भयो त ? शेरबहादुर ब्राण्ड मुखिनीको आफ्नै हो । टिकट नपाइला भन्ने पिरोलो पटक्कै छैन । बाँकी कुरा त्यस्तै हो ऐजन ऐजन….।
उत्तानै परेछ
राजाले सत्ता छाडेपछि देशले कोल्टे फेर्छ भन्थे अहिले त देश पुरै उत्ताने परेछ । फुइøयाँको कोल्टे फेर्नु ? कुलंघारहरुले दुहेका छन दुहेका छन् । कमल थापा झै १२÷१५ बर्षसम्म गाई दुहेर खाए । पछि बुद्धि भएर दूधको थोपा भने छोडेपछि गाइनै बेच्देछन् । कमल थापाले गाई दुहेर एक्लै हसुरेझै गठबन्धनको नाममा हसुर्नेहरुले मुलुकलाई पुरै उत्तानो पार्देका छन् । हैन हौ दुहुन पनि कति साह«ो दुहेको हँ ? रगत, पिप थुनबाट झर्दा पनि छोड्दैनन् । जन्ता महंगीको मारले थिचिएका छन्, युवाहरु बेरोजगार भएर अपराध कर्ममा लागेका छन्, वैदेशिक रोजगारमा जानेहरुको पार्थिव शरीर दैनिक बाकसमा मुलुक भित्रिएको छ, बालिकाहरु बलत्कृत भएका छन् । अब मुलुक यहाँभन्दा बढी कति उत्तानो पर्नु र ?
झलुको बर्बराहट
माकुन्याउको एस पार्टीका तथाकथित बरिष्ठ नेताको पगरी गुथेका झल्लाझलु माने सर्पनाथ खनालको छटपट्टाहट भयंकर बढेको छ । नबढोस पनि किन ? माकुनेको पछि लाग्दा बँचेखुचेको राजनीत नै चिलिम हुने भएपछि बर्बराउने मात्र होइन विचरा बहुलाउनै आँटे । कहिले माकुने भन्दा ओली ठीक भनेर बर्बराउछन्, कहिले मलाई हराउन कँग्रेस एमाले बोरामा पैसा बोकेर आउँदैछन्, कहिले आउने निर्वाचनमा एमालेले दुई तीन सिट मात्र जित्छ भन्छन् । विचराको होस ठेगानमा छैन कि क्या हो ? सिकिस्त विरामी बर्बराएझै बर्बराएका छन् । झन अस्तिका दिन सर्पनाथको क्षेत्रमा पुगेर खप्रओले एकैजना बाँकी नराखी कार्जेकर्ता आफ्नातिर हुल्देछन् । त्यसपछि त सर्पनाथको टेन्सन अझ बढेर गएको छ ।
देउवा शेखर दन्तबझान
आफैसँग विश्वास नभएपछि मान्छेले टेको खोज्छ भन्थे हो कि क्या हो ? अब हेरम न नेपाली लाँग्रेसका सभापति श्यालबहादुर टेको विना थंग्रिन समेत नसक्ने अवस्थामा पुग्या छन् । लाँग्रेसलाई मजतुब, बलियो, हष्टपुष्ट बनाउँछु भनेर खुब डिंङ हाक्थे । अन्तेमा वैसाखी टेक्ने अवस्थामा पु¥याउन लागे । जसको वैसाखी भए पनि हुन्छ स्यालबहादुरलाई । बस त्यो वैसाखी टेकेर वाल्वाटार छिर्न पाए पुग्यो । स्थानीय निर्वाचनमा पनि उनी अछुतहरुको वैसाखी टेकेर हिड्न खोज्दैछन । अछुतहरुको वैशाखी टेक्नु हुँदैन भनेर काँग्रेसका बरिष्ठ नेताले धेरै पटक भनिसके । अहिले त स्यालबहादुरको हुन्छ र बरिष्ठ नेता शेखराउको हुदैन भन्ने भनाईले दुवैको दन्तमझानले राम्रै मार्केट लिएको छ ।
देछन् दनक
नेप्लिज लाँग्रेसक महामन्त्री गनगने थापाले अस्तिका दिन माकुने र प्रचण्डाउलाई गतिलै दनक दिएछन् । ती दुईको चुरीपुुरी निक्कै बढ्न थाल्या थियो । काँग्रेसलाई सत्तामा पु¥याउने हामी नै हो । स्थानीय चुनावदेखि संसदको चुनावसम्म सँगसँगै जानुपर्छ भनेर मच्चिदै आएका थिए । गनगने थापाले दनक दिएपछि यतिबेला ती दुवैको अपानवायु निस्किएको छ । थापाले बेपत्ता भएर सडकमा पुगेर हामी यता छम भनेर छातीमा पम्प्लेट भिरी बसेकालाई काँग्रेसले उद्वार गरी सत्तामा पु¥याएको के भन्या थिए दुवैका थुतुनो बन्द भयो । अझ उपसभापति गुरुङ्गले माकुने र प्रचण्डाउलाई काँग्रेस हात्ती हो । हात्तीको ठूला कानमा चमेराहरु ओत लागेर चुरीफुरी देखाउँदैछन् भनेर जवाफ दिएपछि विचराहरुको अनुहार हेर्नलायक भा’थ्यो । चुरीफुरी गर्नुपरेपछि आफ्नै बलबुता र दममा पो गर्नुपर्छ त अरुको बुइ चढेर पनि कही गर्ने हो ।
सांसदलाइ बजाएछन्
जसपाका एक सासदलाई सर्लाहीमा जनताले मादल बजाए झै बजाएछन् । जन्ताले बजाएपछि विचराको तालुमा गतिलै टुटुल्को उठेछन् । टुटुल्काको रनाहा खप्न नसकेपछि उपचार गर्न काठमाण्डौतिर लगियो रे । झिना मसिना टुटुल्का भए त प्राथमिक स्वस्थ्य केन्द्रले नै यसो मल्हमपट्टी गरेर ठीकठाक पार्थे । अब जसपाका मात्र होइन अरु पार्टीका सांसदहरुले पनि ज्यानचाहिँ जोगाएरै हिडनुपर्ने
भयो । सकभर हेल्मेट लगाएरै घरबाट निस्किए जाति । नत्र घरैबाट ननिस्किेकै जाति । पाँच बर्ष अगाडि यो गर्दिन्छु र त्यो गर्दिन्छु भनेर सांसद मन्त्रीहरुले कम्ता ढाँट्या छन् ? अब तिन्लाई जनताले बजाउने दिन आए जस्तो छ ।
अन्तेमा
राप्रपाका अध्येक्षे राजेन्द्र लिंगदेनको क्रेज हिजोआज ह्वात्तै बढ्या छ । देशैभरिका युवाहरु बीचमा उनी सेलीबे्रटी भा’छन् । अस्तिका दिन तिन्ले ख्याल चोटिलो भाषन ठोक्देनन् । काँग्रेस, एमाले, माउवादीले देश बनाउछु भन्नु र साँढेको टाङमुनी बाल्टिन थाप्नु उस्तै हो रे । क्या काइदाको भाषन ? जहिले सत्तामा तिनै छन् मुलुक झन झन टाँट पल्टदै गएको छ । दूध आउने आशामा साँढेको टाङमुनि बाल्टिन थापेर केहीचाहिँ झर्छ र ? झर्ने उही मुत्र त हो । दूध त झदैन् । यसपटकको स्थानीय निर्वाचनमा जनताले साँढेको टाङमुनी बाल्टिन थापेर दूध दिन्छु भन्दै बारम्बार सत्तामा बसेका ऐøयासी जीवन विताउनेहरुलाई सबक सिकाउलान् जस्तो छ । त् सैले अब साँढे दोहन गर्ने काम बन्द गरेकै वेश ।
