राजनीतिमा आरामको जीन्दगी बाच्ने उदेश्यले आएको होइन–लिंगदेन

धरान । हरेक तह र तप्काका मतदाताहरुका लागि मात्र नभएर युवाहरुका बीचमा आकर्षणको केन्द्र बन्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले आफू
राजनीतिमा आरामको जीन्दगी बाँच्ने उद्देश्यले नआएको बताउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा सुनसरीको चकरघट्टीमा सोमबार आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिंगदेनले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो म भुईबाट उठेर नेतृत्व तहमा आएको हुँ । भुइँका मान्छेका यावत समस्यासँग आफू परिचित रहेका,े उनीहरुका समस्या राम्ररी बुझेको र त्यही समस्या समाधान आफ्नो एकमात्र उद्देश्य हो ।उहाँले अन्य पार्टीप्रति इंगित गर्दै भन्नुभयो अन्य राजनैतिक पार्टीहरुले राजनीतिलाई नै दुषित बनाएका छन् राजनीति सेवा हो भन्ने कुरालाई बिर्सिएर पेशा बनाएका छन् । राजनीति पेशा होइन सेवा हो । राजनीति देश र जनताको लागि हुनुपर्छ । तर यहाँ राजनीतिलाई विकृत बनाएकाहरुले राजनीतिमा आरामको जीन्दगी पाइन्छ । सम्पत्ति जोड्न सकिन्छ, आफन्तहरुलाई राज्यका महत्वपूर्ण ठाउँमा पु¥याउन सकिन्छ भन्ने सोचमात्र अन्य राजनैतिक पार्टीमा रहेको अध्यक्ष लिंगदेनको आरोप थियो । उहाँले भन्नुभयो अरुको देखासिखी गर्न म राजनीतिमा आएको होइन । म बंगला जोड्न, गाडी जोड्न राजनीतिमा आएको होइन । भ्रष्टाचार गर्नु आमाको रगत खाए सरह हो भनेर आफूले बारम्बार भन्ने गरेको उहाँले दोहो¥याउनुभयो ।


राजनीति भनेको देश र जनताको सेवा गर्ने एउटा सर्वोत्तम माध्यम हो । यही माध्यम प्रयोग गरेर नेपाललाई पनि अन्य देश जस्तै संमृद्ध बनाउन सकिन्छ, हाम्रै पालामा नेपाललाई समृद्ध देश बनाउने अठोटका साथ आफू राजनीतमा आएको अध्यक्ष लिंगदेनले बताउनुभयो । इमान्दारिता र सफा नियत भएमा राजनीतिले मुलुकलाई समृद्धितर्फ डोहो¥याउने स्पष्ट गर्दै आफू यी दुवै नियतले राजनीतिमा आएकोले आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिंगदेन पनि चोरै रहेछ भन्ने वातावरण आफूले नबनाउने बताउनुभयो ।
सुनसरीको चकरघट्टीमा भएको आमसभामा जिल्लाका १२ वटै स्थानीय निकायबाट लिंगदेनको अभिव्यक्ति सुन्न २०र्आैं हजार मानिसहरु एकत्रित भएका थिए । पार्टीका प्रवक्ता समेत रहेका सामाजिक अभियन्त ज्ञानेन्द्र साहीले वर्तमान गठबन्धनको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनुभएको थियो । सम्बोधनका क्रममा उहाँले भन्नुभयो वर्तमान सरकारले जनभावना विपरीत एमसिसी पास ग¥यो । एमसिसी पास गर्नुमा यसै क्षेत्रका सांसद तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सबैभन्दा ठूलो भूमिका छ । प्रवक्ता शाहीले कार्कीलाइ मञ्चबाटै देशद्रोहीको संज्ञा पनि दिनुभयो । उहाँले अब अन्य पार्टीका नेतालाई भोट नदिन आग्रह गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनामा जोड दिँदै आएको स्मरण पनि गराउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७ सय भन्दा बढी राप्रपामा प्रवेश गरेका थिए । राप्रपाका जिल्ला सचिव अनिल सुब्बा र युगप्रिय निरौलाले सञ्चालन गनुभएको उक्त आमसभालाई पूर्वमन्त्री रामकुमार सुब्बा, महामन्त्री भुवन पाठक, राजेन्द्र गुरुङ, प्रहलाद साह, सह प्रवक्ता दिनेश साह, केन्द्रीय सदस्य अमर विष्ट, केदार कोइरालाले पनि सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया