धरान । धरानको खानेपानी समस्या अहिलेको होइन । बर्षौदेखि सुख्खा मौसम आएपछि धरानका सर्वसाधारण खानेपानीको अभावमा कष्टकर जीवन विताउने गर्छन् । खानेपानीको दीर्घकालीन समस्या समाधानमा नेपाल सरकारको सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडिवी) ऋण तथा अनुदानमा आएको परियोजना पूरा भई धरान खानेपानी बोर्ड बन्दा समेत धरानमा विगतको भन्दा अझ भयावह अवस्था बन्दै गएको छ ।
विगतमा बोर्डले पानी खुवाउन नसकेको विषया भलिभाती जानकारी भएका राजनीतिक दलहरु चुपचाप थिए । तर चुनाव नजिकिदै जादा भोट आफ्नो पक्षमा पार्नकै लागि भएपनि खानेपानीमा चासो देखाउन थालेका छन् । वर्षाै देखिको खानेपानी समस्या समाधान गर्न सन २०१२ मा एशियाली विकाश बैंकको ऋण तथा अनुदान सहयोगमा २ अर्ब ६० करोडको लागतमा सन् २०३१ सम्मका लागि खानेपानी परियोजना आयो । परियोजना ल्याउनमा स्थानीय राजनीतिक दलहरुले पहल कदमी गर । तत्कालीन सहरी विकास मन्त्री नारायण खड्काको पालामा धरानमा परियोजना आयो र परियोजना पूरा भएर नगरप्रमुख तिलक राईको अध्यक्षमा खानेपानी बोर्ड समेत गठन भएको छ । तर पनि धराने जनताहरु काकाकुल जीवन विताउन बाध्य छन् । विगतमा खानेपानी संस्थानले मात्र पानी खुवाउदा यस्तो हाहाकार नदेएिको तर अहिल झन भयावह अवस्था देखिएको गुनासो आइरहेको बेला चुनावको मुखम आएर राजीतिक दलहरुले चासो देखाउन थालेका हुन् ।
दिनप्रतिदिन खानेपानीको चरम अभाव जादा धराने सर्वसाधारणले काकाकुलको जीवनयावन विताउन बाध्य भएपछि नेकपा एमालेका धरानमा रहेका प्रदेश, जिल्ला सहित धरानका नेता तथा कार्यकर्ताहरुको टोलिले पम्पिङ साइडमै पुगेर कर्मचारीहरुसँग उत्पादनका विषयमा छलफल समेत गरेको थियो । खानेपानी सम्झौता अनुरुप नै उत्पादन भएको पाइएपछि अवैज्ञानिक वितरण प्रणालीका
कारण खानेपानी अभाव भएको ठहर एमालेले गरको छ ।


बोर्डका प्राविधिक चुडामणि गुरागाईले परियोजना अन्तर्गतका वेलहरुबाट उत्पादन हुने पानीमा कुनै कमी नभएको बताउनुभयो । उहाले पम्पबाट जति उत्पादन हुनुपर्ने हो त्यो भएको यहा कुनै समस्या नभएको बताउनुभयो उहाले ७ वटा पम्पमा दुईवटा पम्प सञ्चालन नहुँदा पनि अहिले प्रतिदिन १ करोड ५२ लाख लिटर पानी उत्पादन भएको बताउनुभयो ।
पम्पिङ साइडको अनुगमनमा पुगेका नेकपा एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुवेदीले डिजाइन अुनसार पर्याप्त पानी आएको पनि वितरणमा समस्या देखिएका बताउनुभयो । उहाले भूमिगत स्रोतबाट बोर्डले प्रतिदिन १ करोड ५२ लाख लिटर उत्पादन गरेको र जलाधार क्षेत्रबाट ४० हजार लिटर गरी १ करोड ९२ लाख लिटर पानी उत्पादन हुदा धरानेहरुलाई पुग्ने बताउनुभयो ।
चुनाव केन्द्रित अनुगमनका क्रममा उहाले नेकपा एमालेले धरानका टोलटोलमा कमिठी गठनलाई तिब्रता दिएको र सोही क्रममा टोलबासीले पानीको अभाव रहेको गुनासो पोखेपछि आफूहरुले अनुगमन गरेको बताउनुभयो ।
तर धरानमा प्रतिदिन ३ करोड पानीको आवश्यकता रहेको प्राविधिकहरुले बताइरहेका छन् । अरबौ रकम खर्च गरेर दुई करोड पानी पनि उत्पादन गर्न नसक्दा यो परियोजना असफल भएको स्वयम् राजनीतिक दलहरुले भन्ने गरेका छन् । विगतमा स्थानीय सरकारमा जनप्रतिनिधि नहुदा राजनैतिक संयन्त्रबाट नगरपालिका सञ्चालन हुने गर्दथ्यो । त्यसबेला परियोजना ल्याउनमा राजनीतिक दलहरु कम्मर कसेर लागेका थिए । अहिले त्यही
राजनीतिक दलका नेताहरु परियोजना असफल भएको माओवादीका स्थानीय नेता चोत्लुङ बताउनुहुन्छ । समग्रमा यो परियोजना फेलर भएको सर्वत्र चर्चा छ । अरबौको लगानीमा भूमिगत स्रोतबाट पानी खुवाउने परियोजनाको लक्ष्य परियोजना सफल भएर बोर्ड गठन हुदा समेत खुवाउन सकिएका छैन । दीर्घकालीन सोच नल्याई हचुवाको भरमा परियोजना आएको कारण धरानको अवस्था झन दिनप्रतिदिन भयावह बन्दै गएको सर्वसाधारणको बुझाई छ ।
पानीको अभाव भएका भन्दै जनप्रतिनिधिले नै पानी खरिद गरेर खुवाउदैसुख्खा मौसम लागेसँगै धरानमा खानेपानीको चरम अभाव भएको छ । अभावकै कारण सर्वसाधारणको दिनचर्या कष्टकर बन्दै गएको छ । अभाव सिर्जना भएसँगै एकगाग्री पानीका लागि दिन माया मार्दा समेत पाउन नसकेका अवस्था छ । धरानका सर्वसाधारणलाई खानेपानी खुवाउने जिम्मा खानेपानी बोर्डले लिएको छ । तर बोर्डले समेत पानी खुवाउन नसक्दा धराने जनता काकाकुल अवस्थामा जीवन विताई रहेका छन् ।
एक साता अगाडि धरान ९ मा बोर्डले ट्यांकरमार्फत पानी वितरण गर्दा पानीको अभावमा बाँच्न बाध्य सर्वसाधारण पानी थाप्न तछाडमछाड गरेको दृश्यले समेत धरानमा खानेपानीको अवस्था कस्तो छ भनेर भन्नै पर्दैन । ट्यांकर आएर पानी वितरण नगर्दै तछाडमछाड गरेका उनीहरुले ट्यांकरले पानी वितरण गर्दा कतिले पानी पाए कतिले पाएनन् ।
नेपाल खानेपानी संस्थानलाई हटाएर धरान खानेपानी बोर्ड गठन गर्दा समेत विगतमा खानेपानी संस्थान रहँदा भन्दा भयावह अवस्था हुनु विडम्बना भएको स्वयम् जनप्रतिनिधिहरु बताउछन् । धरान उपमहानगरपालिका ९ नं. वडाध्यक्ष रत्न कटुवालले बोर्डले खानेपानी खुवाउन नसकेपछि आफूहरुले वडाबाट खानेपानीका लागि टेन्डर आवहान
गरेको बताउनुभयो । उहाले पटक पटक खानेपानी खुवाउनका लागि बोर्डमा डेलिकेशन जादा पनि खानेपानी खुवाउन नसकेको आरोप लगाउनुभयो । उहा भन्नहुन्छ, हामीले ०७९ सम्मका लागि ९ लाख लिटर पानीका लागि टेन्टर आवहान गरेका छौै, बोर्डले खुवाउन नसकेका कारण वडाबाटै हामीले पानी खुवाउन लागेका हौ ।’
उहाले भन्नुभयो विगतमा खानेपानी संस्थालाई बोर्डमा ल्याउनुपर्छ भनेर आवाज उठाएको बताउदै खानेपानी सस्थानलाई र्बार्डमा समाहित नगर्दा कार्यपालिकाको बैठक, नगरसभा बहिष्कार ग¥यौ, बोर्डमा आइसकेपछि धरानमा खानेपानीको अभाव हुँदैन भन्ने हामीलाई लागेको थियो, तर अहिले आएर त्यसको ठीक उल्टो भयो । वडामा पानीको चरम अभाव भएपछि बोर्डलाई नै भनेर केही समय अगाडि पानी खुवाउदा सर्वसाधारणले तछाडमछाड गरेर पानी थापेको वडाध्यक्ष कटुवाल बताउनुहुन्छ् । उहाले मंगलबार पनि खानेपानी अभाव भएका स्थान गौतमपथ, पूर्णपथ, आचार्यलाइन, विनायकपथमा पानी वितरण गरेर वितरण गरिएको बताउनुभयो । उहाले सम्झौता अनुसार पानी नआएकोले आयोजना असफल भएको बताउनुभयो । उहो भन्नुभयो, बोर्डका व्यवस्थापक राजु पोख्रेलले कुम्भीआलमा सात सेकेन्डमा २ सय लिटर पानी आएको देखाए, अहिले दुई घण्टामा पनि त्यति पानी आउदैन ।’
उहाले बोर्डले पनि खानेपानीकै संरचनालाई सुधार्न नसक्दा सुख्खा मौसममा विगतको भन्दा भयावह अवस्था बताउनुभयो । उहाले भन्नुभयो खानेपानीको ४० बर्षदेखि गाडिएको ख्या लागेको मर्मत नभएकोले खानी पानी पर्याप्त आउन नसकेको हो । सम्झौता अनुरुप एक दिनमा १ करोड ५२ लाख पानी आउछ, १६ घण्टा सर्वसाधारणको धारामा पानीआउछ भनिएको थियो, हामीलाई १६ घण्टा चाहिएन २ घण्टा मजाले पानी आए पुग्छ ।
