मोरङ । मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकाश माध्यमिक बिधालयमा भएको घटना सम्वन्धमा एक नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी कार्यालयले सोमबार अनुगमन गरेको छ ।

प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी., सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति
मोरङको टोलीले स्थल गत अनुगमन तथा जानकारी लिएको हो । चैत्र ६ उक्त बिधालयमा अध्ययनरत छात्रालाई सोही बिधालयका शिक्षकले दुव्र्यवहार गरेको बिषयमा वाद विवाद हुँदा विधार्थी तथा धिार्थीका अभिभावक अन्दाजि ४÷५ सय जनाको संख्याले विधालयमा तोडफोड गरेकोमा प्रहरीले भिड तितर वितर गर्ने क्रममा घाईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।
