नेपाली का“ग्रेसको घर घर जाउ“ अभियान

आगामी वैसाख ३० गते घोषित स्थानीय गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको निर्वाचनलाइ मध्यनजर गरी यतिबेला नेपाली काँग्रेसले घर घर जाउँ अभियान चलाइरहेको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार यो अभियान सञ्चालन भएको हो । यसका लागि हरेक जिल्लामा काँग्रेसका केन्द्रीय सदस्यहरु पुगेका छन् वडा कार्यसमिति देखिको गाउँ, नगर क्षेत्र जिल्ला र प्रदेश स्तरका कार्यकर्ताहरु अभियानमा सामेल भएका छन् । उनीहरुले गाउँमा जाँदा नेपाली काँग्रेसको टोल कमिटी समेत गठन गरी आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।
नेपाली काँग्रेसका कार्यकर्ता गाउँ गाउँ टोल टोलमा पुग्दा मतदाताहरुमा एक प्रकारको उत्साह देखिएको छ । अभियान लिएर जानेहरुसँग उनीहरुले जिज्ञासा पनि राख्ने गरेका छन । काँग्रेस एक्लै निर्वाचन लड्छ कि लड्दैन ? गठबन्धन गरे काँग्रेस र कम्युनिस्टमा फरक के भयो ? राष्ट्रघाती एमसिसी काँग्रेसले किन पास गरेको ? मतदाताका यस्ता प्रश्नले अभियान लिएर गाउँ गाउ पुगेकाहरु कतिपय ठाउँमा अवाक हुने गरेका छन् भने कतिपय ठाउँमा गोलमोटल जवाफ दिएर हिड्ने गरेका छन् । वास्तवमा मतदाताहरुको जिज्ञासा पनि स्वभाविक हो । केन्द्रमा सत्ता सञ्चालन गर्न काँग्रेसले कम्युनिस्टसँग गठबन्धन्न गरेको हो तर निर्वाचनमा गठबन्धनको औचित्य नभएको उनीहरु बताउँछन । गाउ घर टोलमा बस्ने सामान्य मतदाताहरुले त यतिको कुरा बुझेका छन् भने काँग्रेसको केन्द्रीय नेतृत्वले पक्कै नबुझेको छैन होला ।
गठबन्धन गर्नुपर्ने अवस्थामा के काँग्रेस पुगेकै हो ? के नेपाली काँग्रेस इतिहासमा सबैभन्दा कजोर भएकै हो ? केन्द्रीय नेतृत्वको बुझाई नै गलत देखिन थालेको छ । जसरी भएपनि जोसँग सम्झौता गरेर भएपनि सत्ता र सक्तिमा आसिन भइरहनु भन्ने मानसिकताले वास्तवमै काँग्रेसलाई इतिहासमै कमजोर बनाउँदै लगेको छ । नेपाली काँग्रेस कजमार छैन भन्ने हेकका पहिला नेतृत्वमा हुनुपर्छ । केही दिनको सत्ता रामछायाँमा माओवाद र एसले साथ दियो भन्दैमा निर्वाचनमा समेत उनीरुलाई साथमा लिएर हिँडन खोजे त्यो नेतृत्वका महाभूल हुनेछ । नेपाली काँग्रेसको आफ्नै इतिहास छ, मुलुकभरि मजबुत संगठन छ । उसले स्थनीय तहमात्र हैन निकट भवियमा हुने प्रदेश र संघीय निर्वाचनमा समेत कसैसँग गठबन्धन गर्नपर्ने अवस्था नै छैन ।
स्थानीय तहक कार्यकर्ताहरु गठबन्धनको औचित्य नरहेको बताइरहेका छन् । तर केन्द्रीय नेतृत्व गठबन्धन गर्ने तयारीमा अगाडि बढ्नु काँग्रेसका लागि आगामी निर्वाचन अभिषाप बन्ने छ । काँग्रसका मतदाताहरु काँग्रेस एक्लै निर्वाचन लड्नुपर्ने कुरामा जोड दिइरहेका छन् । नेतृत्वले मतदाताहरुको चाहनाको सम्मान गर्नुपर्छ । कसैको राजनीति जोगाइदिने ध्याउन्नमा काँग्रस लाग्दा भोलि आफ्नै अस्तित्व संकटमा पर्ने कुरालाई पनि हेक्का राख्नुपर्छ । नेपाली काँग्रेसका इमान्दार कार्यकर्ता, काँग्रेसलाई आजसम्म आँखा चिम्लेर मतदान गर्दै आएको परम्परागत मतदाताको चाहना विपरीत नेतृत्व जानु हुँदैन । अन्यथता निर्वाचनको बेला नेपाली काँग्रेसभित्र डरलाग्दो अन्तरघात हुन्छ । यो अवस्था आयो भने मुलुकभरिका अधिकांश ठाउँमा नेपाली काँग्रेस पराजित भएमा त्यसको सम्पूर्ण अपजस नेतृत्वमा जान्छ ।

तपाईको प्रतिक्रिया