गोरखा डिपार्टमेन्ट स्टोरको कृषि फर्ममा बोयर जातका बोका, पाठापाठी किन्ने कृषकको भीड

इटहरी । गोरखा डिपार्टमेन्ट स्टोर इटहरीले डिपार्टमेन्ट स्टोरका अलावा विगत केही बर्षदेखि कृषि फार्मसमेत सञ्चालन गर्दै आएको छ ।
स्टोरले इटहरी उपमहनगरपालिका वडा नं. १७ एकम्बास्थित सञ्चालन गर्दै आएको कृषि फार्ममा बोयर जातका खसी, बोका, पाठापाठी किन्ने कृषकहरुको भीड नै लाग्ने गरेको छ । कृषकहरुलाई उन्नत जातका खसी, बोका पाठा पाठी पु¥याउन नै मुस्लिक भएको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक एवम् प्रबन्ध निदेशक बलराम आचार्यले बताउनुभयो ।


एउटा बोयर जातको खसी एक डेढ बषमै डेढदेखि २ लाख सम्म बिक्री भएपछि कृषकहरुको माग यसमा बढी भएको आचार्यको अनुमान छ । उन्नत जातका एक सय गाइँसगै स्टोरले बोयर जातका खसी बोका पाठापाठी बिक्री वितरण गर्दै आएको छ । अझ विउका लागि बोयर जातको एउटा बोका २ लाखदेखि २ लाख ५० हजारसम्म विक्री भएको आचार्यले सुनाउनुभयो ।
खास गरेर बोका र पाठापाठीका लागि स्थानीय कृषकहरुसँगै तराईका सिराहा, सप्तरी, मोरङ, झापासम्मका किसानहरु र पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरसम्मका कृषकहरु आउने गरेका छन् । अत्यन्तै छिटो समयमा एउटा बोयर जातको खसीले १२० केजीदेखि २ सय केजीसम्म मासु दिन सक्ने भएकोले आम्दानीको हिसाले पनि यो जातका पाठपाठी कृषहरुको रोजाईमा परेको हुन सक्ने प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो । यसका अलवा गोरखा डिपार्टमेन्ट स्टोरको कृषि फार्ममा उन्नत जातका एकसय गाईहरु रहेका छन । प्रत्येक दिन ३० देखि ६० लिटर सम्म दुध दिने गाइहरुबाट दैनिक ५देखि ६ सय लिटर दुध उत्पादन हुने गरेको छ । स्टोरले उत्पादित दुध स्थानीय ग्राहकहरुलाई स्टोरको उत्तरी गल्लीमा ल्याएर विक्री वितरण गर्नुका साथै बाँकी रहेको दुधबाट दही, घ्यु आफना अन्य स्टोरहरुमा पठाउँदै आएको छ । खास गरेर गोरखा बेकरी उद्योगका लागि स्टोरले आफैले उत्पादन गरेको सुद्ध घ्युको प्रयोग गर्दै आएको छ । जसका कारण गोरखा बेकरीका उत्पादनहरु स्वादिष्ट भएकै कारण बजारमा यसको उच्च माग रहेको छ । कहिलेकाहीँ त स्टोरलाई ग्राकहरुको माग धान्नै धौ धौ पर्ने गरेको प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो ।
यसका अलावा गोरखा कृषि फार्मले प्रांगरिक मलको समेत उत्पादन गर्दे आएको छ । गाइवस्तुकोे ताजा गोवरलाई ड्राइमेसिनबाट प्रोसेसिङ्ग गरी चियापत्तिको धुलोको रुपमा र आलो गोवरबाट निस्किएको तरल पदार्थलाई ग्यालेनमा प्याकेजिङ्ग गरेर उसले विक्री वितरण गर्दै आएको छ । दुवै प्रकारको मलको यतिबेला कृषहरुको उच्च माग गर्न थालेका छन् । यो मलको उत्पादन पश्चात कतिय कृषकहरुले युरिया, डिएपी मल बाली विरुवामा लगाउनै छाडेका छन् । खासगरी पहाडी क्षेत्रका कृषक, तराईका तरकारी खेति गर्ने किसानहरुले यो मल खरिद गर्ने गरेको आचार्यले बताउनुभयो ।

गोरखा होटलमा अग्रिम बुक

गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएको गोरखा होटल आगन्तुकहरुका लागि यतिबेला आकर्षणको केन्द्र बनेको छ । होटल सञ्चालनमा आए लगत्तै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण तीन महिना पनि सञ्चालनमा आउन नपाउँदै सरकारले गरेको लकडाउनले बन्द भएको थियो ।


तर यतिबेला पुनः सञ्चालनमा आएसँगै होटलमा आउने पाहुनाहरुले अग्रिम बुक गर्ने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतम बताउनहुन्छ । उहाँ भन्नुहुन्छ गोरखा होटलले आफ्ना पाहुनाहरुका लागि पाँचतारे होलटको सेवा सुविधा प्रदान गरेको छ । सभाहलदेखि लिएर बार लगायतका सम्पूर्ण सुविधा उपलब्ध भएकै कारण होटल गोरखामा आउने पाहुनाहरुको आकर्षण बढेको गौतम बताउनुहुन्छ ।
परिवार तथा साथी भाइसँग राम्रो खानाका लागि गोरखा लउन्ज तथा रेष्टुरेन्टमा आउने पाहुनाहरु समेत उत्तिकै रहेका छन् । झण्डै ४२ करोडको लागतमा सञ्चालनमा ल्याएको गोरखा होटलमा नेपाल घुम्न आउने भारत सिक्किम राज्यका विभिन्न स्थानका बासिन्दाहरु, पश्चिम बंगालको दार्जीलिङ्ग, कालिम्पाङ, खर्साङ्ग, आसामको डिम्मापुर, मणिपुर पश्चिम बंगालकै सिलगुढीदेखिका पाहुनाहरुले विभिन्न माध्यमबाट सम्पर्क गरी कोठा बुक गने गरेको गौतमले बताउनुभयो । पाँचतारे होटलमा लामो समयसम्म काम गरिसक्नु भएका अनुभवि कुक, वेटर रहेको गोरखा होटलमा नेपालका दूरजराजबाट समेत पाहुनाहरु आउने गर्नुभएको छ । खासगरी व्यापारिक प्रयोजनका लागि पश्चिम वा काठमाण्डौै, पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर आदि ठाउँका पाहुनाहरु पूर्व आउँदा गोरखा होटल नै रोज्ने गरेको पनि उहाँले बताउनुभयो ।

शान्त मनोरम दृष्यमा रमाउदै किचनमा भीड

विगतका बर्षहरुको तुलनामा यस बर्ष अत्याधिक गर्मी बढेको आम सर्वसाधारणको भोगाइ रहेकोमात्र हैन मौसम विदहरुले समेत यसको पुष्टि गरिसकेका छन् । अत्याधिक गर्मीका कारण सर्वसाधारण बाहिर घुमफिर गर्न समेत हिच्किचाउँछन् । तर यस्तो प्रतिकूल मौसममा समेत गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आफ्ना सबै शाखाहरु एसीयुक्त बनाइएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरको दमक, पथरी, विराटचौक, इटहरी र धरानमा समेत उपभोक्तालाई बाहिरको उखरमाउलो गर्मीको कुनै वास्ता हुँदैन । पाँचौ शाखाको रुपमा धरानमा सञ्चालनमा आएको गोरखा किचन सोमबारदेखि पूर्ण रुपले एसीयुक्त भएको छ । अब कुनै पनि परिकारको स्वाद लिन जाने ग्राहकहरुले गर्मीको प्रवाह गर्नु नपर्ने भएको छ । धरानमा रहेको गोरखा किचनमा आरामदायी बसाइर्सँगै बाहिरको मनोरम दृश्यको अवलोकन गर्न पाउने भएपछि किचनमा ग्राहकहरुको अत्याधिक भीड बढेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
हरेक मानिसको चाहना गर्मीले अस्तव्यस्त बनाएको अवस्थामा चिसो पिउनु र शितल ठाउँमा बस्ने हुन्छ । बजारका अन्य ठाउँमा गर्मी मेटाउनकै लागि चिसो खाँदा त्यसले सन्तुष्टि दिन सक्दैन । गर्मी ठाउँमा बसेर चिसो खानुको कुनै अर्थ रहँदैन । तर एसीमै बसेर चिसो खानुको मज्जै अर्को हुन्छ धरान १५ का हर्कध्वज राईको कथन छ । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो पाँचौ शाखाको किचनलाई सोमबारदेखि पूर्ण रुपले एसीयुक्त बनाएपछि गोरखा किचनमा परिवारसहित पुग्नेहरुको संख्या ह्वात्तै बढेको छ स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यको कथन छ । उहाँ भन्नुहुन्छ ग्राहकले मेनु हरेर जुनसुकै सामान वा परिकारको स्वाद लिन सक्नु हुन्छ । सिद्धार्थ टेम्पो संघका चालक सुधिर राई भन्नुहुन्छ हामी मजदुर मान्छे यस्तो गर्मीमा एसीमा बसेर सादा खाना रु ५० र चिकेन खाना रु ९० मा खान पाउनु ठूलो कुरा हुन्छ । अन्यत्र त्यही खाना खादा १५० देखि २०० तिर्नुपर्छ अनि गर्मीले सम्पूर्ण शरीर नै भिज्छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ गोरखा किचनमा कार्यरत कुकहरु तारे होटलमा काम गरिसकेका अनुभवि रहेका छन् । काठमाण्डौको पाँचतारे होटल, पोखराका तारे हाृेटलबाट कुकुहरु मगाएको पनि उहाँले सुनाउनुभयो । साधारण खानाको र चिकेन खानाको अलावा अनुभवि कुकहरुबाट थकाली खाना समेत तयार गरिने भएकोले किचनमा ग्राहकहरुको भीड बढ्नु स्वभाविक हो ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया