बराहक्षेत्र नगरपालिकाले उल्लेख्य रुपमा विकास गर्न सकेन

धरान । बराह क्षेत्र नगरपालिका । धार्मिक पर्यटकीय हिसाबले नेपालमै चिनिएको स्थान हो । चारधामध्ये एक धाम बराहक्षेत्र धाम बराहक्षेत्र नगरपालिकाभित्रै छ । तर पनि नगरपालिकाले सोचेजस्तो विकास गरेको भने पाइदैन । बराहलाई सुगम जिल्लाको दुर्गम नगरपालिका भन्दा खासै फरक नपर्ला । संघीयता आएपछि हरेक क्षेत्रको विकासमा खासै प्रगति नगर्ने पालिकामध्ये बराहक्षेत्र नगरपालिका पनि पर्दर्छ
पाँच गाउपालिका मिलेर बनेको बराहक्षेत्रको पुरानो बराहको विकासमा नगरपालकाले ध्यान दिएन
सुनसरीको सदरमुकाम इरुवादेखि उत्तरमा धनकुटा, पश्चिममा उदयपुर, पूर्वमा घरान उपमहानगरपालिका र दक्षिणमा रामधुनी नगरपालिका, भोक्राहा गाउँपालिका , कोशी गाउँपालिकाको सीमानामा अवस्थित छ बराह नगरपालिका ।२०७३ साल फाल्गुन २७ गते नेपाल सरकारले भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवन ५ गाविसहरु मिलाएर नगरपालिका घोषणा नगरपालिकाको कार्यालय चकरघटीमा राखिएको छ । तर चतरामा रहेको साविकको बराक्षेत्र गाविस र अहिलेको बराहक्षेत्र १ र २ वडा भने विकासका लागि उपेक्षित वडा पर्छन् । जुन गाविसबाट नगरपालिका बन्यो त्यही वडाको भने विकास भएको पाइदैन ।
स्थानीयहरुले ११ वटा वडामध्ये पनि पुरानो बराहक्षेत्रको तथा हालको १ र २ वडा विकासको क्षेत्रमा पछाडि रहेको बताउँछन् । सडक जीर्ण अवस्थामा छ भने अन्य भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यको दृष्टिले पछि परेको स्थानीयहरु गुनासो पोख्छन् । उनीहरु साविकको बराहक्षेत्र गाविस नै बराहक्षेत्र नगरपालिकाभित्र उपेक्षित भएको बताउँछन् ।
तर नगरपालिकाले वराहको अन्य वडा सरह १ र २ मा पनि विकास निर्माणको काम गरेको दाबी गर्दै आएको छ । उपप्रमुख कमला मगरले अन्य वडाजस्तै वराहको १ र २ मा पनि विकास निर्माणका कार्यहरु गरेको बताउनुहुन्छ । उहाँले विगतमा सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचना निर्माण, सडक निर्माण, शिक्षा स्वास्थ्यमा बराहले उल्लेख्य काम गरको दाबी गर्नुभयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबै वडामा भवन निर्माणदेखि लिएर शिक्षा, स्वास्थ्यमा समेत विकास भएको दाबी गर्नुभयो ।
धरानबाट १७ किमी उत्तरमा पर्ने साविकको बराहक्षेत्र गाविस र हालको वडा नं. १ र २ को बाटो भएर सिधा नेपालकै एक धाममध्ये बराहक्षेत्र धाम पुग्न सकिन्छ । त्यहाँ पुग्ने बाटोमा खाल्डाखुल्डी हुदा सवारी साधन पु¥याउन नै मुस्किल हुने गर्दछ । यी यावत कुराहरु नगरपालिकाले गर्न नसकेको सर्वसाधारणको गुनासो छ ।२२२.९ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नगरपालिका सुनसरीको सबैभन्दा ठुलो नगरपालिका पनि हो । २०६८ को जनगणना अनुसार यस नगरपालिकाको कुल जनसंया ७७ हजार ४ सय ८ रहेको छ ।
बराह क्षेत्रका धेरै पर्यटकीय क्षेत्र अझै ओझेलमा


यस नगरमा विभिन्न धार्मिक, सास्कृतिक, पर्यटकीय क्षेत्रहरू पर्छन् । धार्मिक, सास्कृतिक क्षेत्रहरूमा प्राचीन हरिद्वार चतराघाम जहाँ १२ वर्षमा एक पल्ट कुम्भ मेला समेत लाग्ने गर्द्छ । त्यस्तै बराहक्षेत्र मन्दिर, कृष्ण मन्दिर, राधाकृष्ण मन्दिर, कुटी, चन्द्र मैन धामी मन्दिर, सरदार थान मन्दिर आदि छन् भने पर्यटकीय क्षेत्रहरूमा अमाहा सिमसार, गहने पोखरी, टेकाने कुन्ज, कोशी टप्पु, कोसी नदी, चारकोसे झाडी आदि पर्छन् तर प्रचार प्रसारको कमीले यी पर्यटकीय क्षेत्र अहिले पनि ओझेलमा परेका छन् ।
यी नै मध्ये अमाहा सिमसार पनि एक हो । बराहक्षेत्र नगरपालिका वडा नं. ४ र ५ मा पने अमाहा सिमसार प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक तथा जैविक विविधिताको हिसाबले समेत महत्वपूर्ण स्थान रहे पनि ओझेलमा परेको छ । निर्वाचनताका प्रदेश र स्थानीय तहको घोषणापत्रमा अमाहको विकास महत्वपूर्ण बुदामा राखिए पनि निर्वाचित जनप्रतिधिले खासै ध्यान नदिएको अमाहा सिमसार संरक्षणमा लागेकाहरु बताउँछन् ।
अमाहा वन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष भोजराज घलेले अमाहा एतिहासिक, धार्मिक र जैविक पर्यावरणयुक्त सिमसार क्षेत्र भएपनि यसमा स्थानीय सरकारको आखा पुग्न नसकेको बताउनुहुन्छ ।अमाहा चौधरी समुदायको नामबाट नामाकरण भएको मानिन्छ । चौधरीले आमालाई अमाह भन्ने गर्छन् । यस क्षेत्रमा बीचको टापुमा अमाहदेवी थान रहेको छ । भगवानको आस्था
राख्नेहरु्रले त्यहा दर्शन गर्न सक्ने अध्यक्ष घले बताउनुहुन्छ । धार्मिक, सांस्कृतिक तथा जैविक हिसाबले महत्वपूर्ण मानिएको अमाहलाई स्थानीय सरकारले पटक्कै सहयोग नगरेको उहा बताउनुहुन्छ ।
यहा सिमसारको दृश्यवलोकनसंगै वनभोज खानेहरु प्रसस्त आउने गरेका छन् । यहाँ आउनेहरुका लागि डंगा सयर सबैभन्दा महत्वपूर्ण पाटो हो ।
समुदायले संरक्षण गरेको घना जंगल र मानव वस्तीको बीचमा अवस्थित छ, अमाह पोखरी । पोखरी मात्र डेढ हेक्टर क्षेत्रफल(करिब २ बिघा)मा फैलिए पनि सिमसार क्षेत्र भने ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । शनिबार र विशेष पर्वमा छुट्टीको दिन त यहाँ घुइचो लाग्छ। गरेको अध्यक्ष घले बताउनुहुन्छ । दिनमा डेढ, २ सय पर्यटकहरू पनि आउने गरेको उहा बताउनुहुन्छ । स्थानीय सरकारले यसको पूर्वाधार निर्माणमा सहयोग पु¥याए अझ धेरै पर्यटक आउने उहा बताउनुहुन्छ ।
यता स्थानीय सरकार भने नजिकै रहेको यस्तो पर्यटकीय क्षेत्रमा आखा पु¥याएको पाइदैन । नगरपालिकाकी उपमेयर कमला मगरले यस क्षेत्रमा सोचेजस्तो विकास गर्न नसकेको स्वीकार्नुहुन्छ । विकास नभएकै कारण अमाहा भन्दा नजिकै रहेका अन्य पालिकाका ताल तलैयामा सर्वसाधारणको घुइचो लाग्ने बताउनुहुन्छ ।
उपमहानगरपालिकाले यस्ता आकर्षक ठाउको विकासमा खासै ध्यान नदिएकै कारण सोचेजस्तो आन्तरिक तथा वाहय पर्यटक आउन सकेका छैनन् । जसले गर्दा उपमहानगरपालिकाको लाखौ आम्दानी गुमेको अवस्था छ ।
बोट सञ्चालक र नगरपालिकाको तालमेल नमिल्दा समस्या


सुनसरीको बराहक्षेत्रको पर्यटक तान्ने अर्को माध्यम चतरादेखि भोजपुरसम्म चल्ने पानी बोट नै हो । बोट सञ्चालन हुदा यस क्षेत्रमको बराहक्षेत्र खण्डमा मात्र ८० भन्दा बढी टेम्पो, २० भन्दा बढी होटल व्यसायीको रोजीरोटी चलेको छ भने भोजपुर खण्डमा झण्डै ४० भन्दा बढी ल्याण्डरोवरको जीविकोपार्जन भएको छ ।अरुलाई रोजगारी प्रदान गर्ने बोट सञ्चालक कमाई नभएको भन्दै स्थानीय सरकारको कर नै तिर्दैनन् । जलक्षेत्रको पर्यटन प्रवद्र्धन गर्न कोशीमा चलाइएको बोटबाट अहिलेसम्म बोट सञ्चालकले कर नतिरेको नगरपालिकाले बताउने गरेको छ ।
यस विषयमा कार्यपालिका बैठकमा समेत छलफल भयो तर समस्या कहिल्यै सुल्झेन । बोटका सम्बन्धमा कार्यपालिकाको वैठकबाट कार्यविधि बनाउने भने पनि अझै बन्न नसक्दा उपमहानगरपालिकाले कर उठाउन नसकेको उपमेयर मगर बताउनुहुन्छ । उहाले बोट सञ्चालक जिम्मेबार नहुदा दुर्घृटनाको जिम्मा कस्ले लिने भन्ने सम्बन्धमा अन्यौलता रहेका उहा बताउनुहुन्छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहको कोशी नदीमा सञ्चालन भएको सो बोटबाट भोजपुर लगायत अन्य स्थानबाट दैनिक आवातजावत गर्ने गर्छन् । भोजपुर सिम्लेसम्मको एकतर्फी प्रतिव्यक्ति भाडा ६ सय तोएिको छ भने सिम्मेबाट चतरासम्मको ५ सय पुगेको छ । यति हुदा पनि उपमहानगरपालिकालाई कर नतिर्नुको कारण बोट विग्रिदा प्राविधिक र सामान भारतबाट ल्याउनुपर्ने र सञ्चालनमा सुरक्षा नभएकोले कर नतिरेको बताउँछन् । स्थानीय सरकारकै जनप्रतिनिधिले जबरजस्ती मान्छे लैजा भन्ने भाडा नदिने, अरुलाई पनि पैसा बाड्नुपर्ने लगायतका कुराहरुलाई स्थानीय सरकारले निराकरण नगरिदिएकोले आफूहरुले कर नतिरेको व्यवसायी बताउछन् । सुरक्षा लगायत यी कुराहरुको प्रत्याभूति भएमा कर तिर्ने उनीहरु बताउछन् । कोरोना महामारीका समयमा धरासय बनेको पर्यटन व्यवसाय ठप्प भएको बेला कसैले सहयोग नगरेको व्यवसायी दिनेश पौडेल र विमलमान श्रेष्ठ बताउछन् ।
जल पर्यटनको माध्यमबाट कोशीलाई अन्य पर्यटनसंग जोड्न सञ्चालन भएको बोट व्यवसायी र स्थानीय सरकारबीच तालमेल नमिल्दा जल पर्यटनमा बराहक्षेत्र नगरपालिकाले सोचेजस्तो उपलब्धी हासिल गर्न सकेको छैन । निर्वाचनका समयमा राजनीतिक दलको घोषणापत्रमा प्राथमिकतामा राखको जल पर्यटनको प्रवद्र्धनमा व्यवसायी र उपमहानगरपालिका हातेमालो गरेर जानुबाहेक अर्को विकल्प छैन ।

तपाईको प्रतिक्रिया